१.६ राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू

(लोकसेवा आयोगको शाखा अधिकृत (अप्राविधिक)को पाठ्यक्रममा दोश्रो पत्र शासन प्रणाली (Governance System) को खण्ड (क) अन्तर्गत १.५ सँग सम्बन्धित नोट)

राष्ट्रिय सुरक्षाको अवधारणा, क्षेत्र र नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू (Concept of National Security, Areas and Existing Provisions of National Security in Nepal)

{tocify} $title={Table of Contents}

अवधारणा

राष्ट्रिय सुरक्षाको अवधारणाको विकास सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापना पश्चात भएको हो। सन् १९४७ मा अमेरिकामा राष्ट्रिय सुरक्षा परिषद् ऐन जारी भएपछि संसारभर यस अवधारणको विस्तार भएको हो। राष्ट्रिय सुरक्षा वहुआयामिक विषय र दिगो शान्तिको आधारशीला हो।

कुनै पनि मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा एवं नागरिकहरु बीच पारस्परिक सद्भावको प्रवर्द्धन, मानव अधिकारको प्रत्याभूति, डर, त्रास र भय मुक्त जीवनको सुनिश्चितता नै राष्ट्रिय सुरक्षा हो। परम्परागत अवधारणा अनुसार वाह्य आक्रमणबाट मुलुकको भौगोलिक सीमा र सार्वभौमसत्ताको रक्षा एवं नागरिकको जिउ धनको सुरक्षा नै राष्ट्रिय सुरक्षा हो। सन् १९७० को दशकमा राष्ट्रिय सुरक्षाको मानव केन्द्रित अवधारणाको विकास भएको पाइन्छ। मानव सुरक्षा व्यक्तिको भौतिक र मनोवैज्ञानिक पक्षको सुरक्षासँग सम्वन्धित छ।

राष्ट्रिय सुरक्षाको मानव केन्द्रित अवधारणाले मानव सुरक्षा, आर्थिक–सामाजिक सुरक्षा, वातावरणीय सुरक्षा, दिगो विकास एवं गरिबी, रोग, भोक, अशिक्षाको दुष्चक्रबाट उन्मुक्ति र गुणस्तरीय जीवनको सुनिश्चिततालाई जोड दिन्छ। अतः राष्ट्रिय सुरक्षाको परम्परागत र नवीनतम अवधारणाको संयोजन नै राष्ट्रिय सुरक्षा हो। 

हरेक राष्ट्रले आफ्ना मौलिकता र प्राथमिकतामा आधारित राष्ट्रिय आकांक्षा र हितको पहिचान गरेको हुन्छ। जसको संवर्द्धन र प्रवर्द्धन गर्नु नै राष्ट्रिय सुरक्षा हो। राष्ट्रिय सुरक्षा सैन्य बलसँग सम्बन्धित विषय मात्र होइन।

राष्ट्रिय सुरक्षा (परिचय)

राष्ट्रिय सुरक्षाले भौगोलिक, सामाजिक, आर्थिक र राजनीतिक रुपमा देशको पूर्ण सुरक्षालाई बुझाउँछ।

राष्ट्रिय सुरक्षा बहु-आयामिक विषय भएकोले,

  • मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, भौतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र मानवीय पक्षलाई यसले समेट्दछ।
  • यस अन्तर्गत सार्वजनिक र निजी मूल्य मान्यताहरू, राष्ट्रिय सम्मान र गौरव, जिउधन एवम्‌ सामाजिक-सांस्कृतिक मूल्यको सुरक्षा र संरक्षण पनि पर्दछन्‌।
  • वातावरण, सुशासन, विकास र मानव अधिकारको पक्षलाई पनि यसले समेट्दछ।

जातीयभाषिकक्षेत्रीय र धार्मिकअतिवादी र पृथकतावादी द्वन्द्वको स्वरुप र शरणार्थी समस्यासङ्गठित अन्तर्राष्ट्रिय अपराध र आधुनिक प्रविधिको दुरूपयोगजलवायु परिवर्तन र प्राकृतिक प्रकोपले पर्यावरणीय सन्तुलनमा उत्पन्न जोखिमप्राकृतिक स्रोतहरूको अति र अव्यवस्थित दोहनअनियन्त्रित जनसङ्ख्या वृद्धिमहामारी रोगहरूको विस्तारखाद्यान्न असुरक्षा एवम्‌ स्वच्छ पिउने पानीको अभावस्रोतहरूमा सीमित व्यक्ति तथा राष्ट्रहरूको बढ्दो आधिपत्यले सिर्जना गरेको असमानता जस्ता समस्या राष्ट्रिय सुरक्षाका आन्तरिक तथा बाह्य चुनौतिको रुपमा देखा परेका छन्‌।

राष्ट्रिय सुरक्षा व्यवस्थापन

  • मुलुक, जनता, राष्ट्रिय हित, सार्वजनिक सम्पत्तिहरूको सुरक्षा साथै राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक, वातावरणीय लगायत सर्वाङ्गिण पक्षहरूको सवलीकरण गर्दै राष्ट्रिय एकतालाई मजबुद बनाउन अपनाइने बहुआयामिक सुरक्षा रणनीतिलाई नै राष्ट्रिय सुरक्षा व्यवस्थापन भनिन्छ।
  • राष्ट्रिय सुरक्षाका बहुआयामिक क्षेत्रमा उत्पन्न हुने समस्या र जोखिमलाई न्यून गर्दै राष्ट्रिय हितहरूको रक्षा नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो।
  • राष्ट्रिय आकाङ्क्षा र हितका विषयलाई बाह्य आक्रमण वा आन्तरिक दबाब र चुनौतीहरूबाट सुरक्षित गर्दै राष्ट्रिय एकता संवर्द्धन र प्रवर्द्धन गर्ने विषय नै राष्ट्रिय सुरक्षा व्यवस्थापन हो।

राष्ट्रिय सुरक्षा नीति

  • राज्यको सुरक्षा सम्बन्धी मूल नीतिको रुपमा रहने राष्ट्रिय सुरक्षा नीतिको तर्जुमाद्वारा राज्य र नागरिकका लागि राज्यले उपलब्ध गराउने सुरक्षाको समग्र संरचना र कार्यान्वयनको एकीकृत स्वरुप तय गरिन्छ।
  • आन्तरिक र बाह्य परिस्थितिको समयमै विश्लेषण गरी राजनीतिक, आर्थिक, कुटनीतिक, सुरक्षा र सूचना जस्ता शक्ति साधनको समुचित समायोजन गर्दै राष्ट्रिय सुरक्षा लक्ष्य हासिल गर्न अपनाइने नीति नै राष्ट्रिय सुरक्षा नीति हो।
  • यसले वर्तमान र भविष्यसँग घनिष्ट सम्बन्ध राख्दै राज्यको हित र चासोको सम्बोधनसँगै विद्यमान र सम्भावित खतरा एवम्‌ अवसरलाई ध्यानमा राखी राष्ट्रिय सुरक्षालाई दिशा निर्देश गर्दछ।

राष्ट्रिय सुरक्षालाई मार्गदर्शन गर्ने आधारहरू

  • नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान तथा नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि,
  • सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण,
  • नेपाल र नेपालीको रक्षा,
  • दिगो शान्ति, राजनीतिक स्थायित्व र विकास,
  • नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त र नीतिले आत्मसात्‌ गरेका निम्नलिखित अन्य विषयहरू :-
        - समानता, स्वतन्त्रता, लोककल्याणकारी र न्यायपूर्ण व्यवस्थाको प्रत्याभूति,

        - शासन व्यवस्थामा जनताको समानुपातिक समावेशी सहभागिताको प्रत्याभूति,

        - सामाजिक न्याय तथा साधन र सेवाको न्यायोचित वितरणको व्यवस्था,

  • दिगो र समृद्ध राष्ट्रिय अर्थतन्त्रको विकास (सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागितामा आधारित आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील समाजवाद उन्मूख अर्थतन्त्रको विकास),
  • सर्वाङ्गीण मानवीय सुरक्षा, सामाजिक सद्वाव, सहिष्णुता र सामञ्जस्यताको प्राप्ति,
  • राष्ट्रिय सुरक्षा प्रणालीको विकास तथा प्रभावकारी एवम्‌ गतिशील सुरक्षा व्यवस्थापन,
  • सुरक्षा निकायलाई सबल, सुदृढ, व्यावसायिक, समावेशी र उत्तरदायी बनाउने,
  • राष्ट्रको सेवामा तत्पर र सक्षम नागरिक निर्माण,
  • पूर्व राष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय हितमा परिचालन,
  • सङ्घ, प्रदेश र स्थानीत तहबीच सुमधुर र सहयोगात्मक सम्बन्ध विस्तार,
  • प्राकृतिक स्रोतहरूको राष्ट्रिय हित अनुकूल उपयोग,
  • प्राकृतिक प्रकोप जोखिम न्यूनीकरण,
  • देशको क्षमता र आवश्यकता अनुरूप जनसङ्ख्या व्यवस्थापन,
  • संयुक्त राष्ट्रसङ्घको वडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताको मान्यतामा आधारित परराष्ट्र नीतिको सञ्चालन,
  • कानूनी शासन, पारदर्शीता र जवाफदेहिताको सुनिश्चितता,
  • मानव अधिकारको पालना, संरक्षण र संवर्द्धन,
  • राष्ट्रिय पहिचान, स्वाभिमान र गौरवको प्रवर्द्धन,
  • राष्ट्रिय हितको संरक्षण र संवर्द्धन ।

राष्ट्रिय हित, सरोकार र सुरक्षाका विषयहरू

विशिष्ट राष्ट्रिय हितका विषयहरू

  • नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता,
  • स्वाधीनता, स्वाभिमानको रक्षा र जनताको सुरक्षाको प्रत्याभूति,
  • संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धन,
  • राष्ट्रिय एकता, सामाजिक सद्वाव र धार्मिक सहिष्णुताको अभिवृद्धि,
  • राष्ट्रिय पहिचान तथा अस्तित्वको रक्षा,
  • मौलिक मानव अधिकार र जनताको स्वतन्त्रताको रक्षा,
  • दिगो शान्ति सुरक्षा र राजनीतिक स्थायित्व कायम,
  • वातावरण र जलवायु संरक्षण,
  • जलस्रोत लगायतका प्राकृतिक स्रोत र सम्पदाको संरक्षण तथा राष्ट्रिय हितमा उपयोग,
  • अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षामा योगदानद्वारा विश्वशान्तिको प्रवर्द्धन,
  • नेपाली भूमि कुनैपनि मित्रराष्ट्र विरुद्ध प्रयोग हुन नदिने विश्वसनीय स्थितिको निर्माण,
  • कानूनी शासनको संरक्षण,
  • संयुक्त राष्ट्र सङ्घको वडापत्र र पञ्चशीलका सिद्धान्तमा आधारित परराष्ट्र नीतिको सञ्चालन,

रणनीतिक हित सरोकारका विषयहरू

विशिष्ट सरोकारका विषयहरूको रक्षाका लागि उपयुक्त रणनीति र कार्यनीतिको अवलम्बन,

  • सामाजिक विकास, समृद्धि, सद्वाव र सामञ्जस्यता तथा सहिष्ण्‌ नागरिक समाजको निर्माण,
  • राष्ट्रिय क्षमता अभिवृद्धि,
  • नागरिकको जीवनस्तरमा अभिवृद्धि,
  • सुशासन र सार्वजनिक प्रशासनको प्रभावकारितामा अभिवृद्धि,
  • प्रदेश र स्थानीय तहमा रहेको आर्थिक र सामाजिक असन्तुलनको न्यूनीकरण,
  • विज्ञान र प्रविधिको विकास र प्रयोग,
  • आर्थिक समृद्धिको लागि उपयुक्त सुरक्षा प्रणालीको विकास,
  • सङ्गठित अपराध र अवैध आप्रवासनको नियन्त्रण,
  • प्राकृतिक विपद्‌ एवम्‌ ओद्योगिक दुर्घटनाको रोकथाम एवम्‌ न्यूनीकरण,
  • गैरकानूनी गतिविधिको निरोध र नियन्त्रण,
  • आतङ्कवाद र विखण्डनवादको निरोध र नियन्त्रण,
  • अवैध हातहतियार र विष्फोटक पदार्थको प्रयोगमा नियन्त्रण,
  • अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सहयोगको अभिवृद्धि |

राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने तत्वहरू

  • भौगोलिक अवस्थिति र खुल्ला सिमाना,
  • राज्य प्रणालीमा रूपान्तरण,
  • राजनीतिक अस्थिरता,
  • धार्मिक, भौगोलिक तथा जातीय विषयहरू,
  • आर्थिक विकास र अनुशासनको स्तर,
  • तत्कालीन, अल्पकालीन, दीर्घकालीन तथा स्थायी प्रकृतिका राष्ट्रिय हितका विषयहरू,
  • विखण्डनवादी वा पृथकतावादी समूहको गतिविधि र सक्रियता,
  • छिमेकी तथा अन्य राष्ट्रहरूको सरोकार र चासो,
  • राष्ट्रिय, क्षेत्रीय, स्थानीय स्तरका आन्तरिक सुरक्षा सम्बन्धी विषयहरू,
  • विज्ञान प्रविधि र आधुनिक उपकरणको दुरुपयोग,
  • विश्वव्यापी, क्षेत्रीय तथा उपक्षेत्रीय र सुरक्षा सम्बन्धी विषयहरू।

राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्ने स्रोत तथा उपायहरू

  • राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्ने स्रोत
  • नेपाली जनता तथा तिनको सङ्गठित शक्ति,
  • नेपाल राज्यको सुरक्षा संयन्त्र र शासकीय संरचना,
  • राष्ट्रिय आवश्यकता अनुरूप उपयोग भएका नेपालका प्राकृतिक स्रोतहरू,
  • प्रवासी नेपालीहरूले राष्ट्रिय हितमा गर्ने योगदान,
  • नेपालको हितमा परिचालित वैदेशिक सहयोग।

राष्ट्रिय सुरक्षालाई सुनिश्चित गर्ने उपायहरू

  • नेपालको संविधानको प्रभावकारी कार्यान्वयन र पालना,
  • राष्ट्रिय साधन स्रोतको समुचित उपयोग र परिचालन
  • सुरक्षा निकायहरूको व्यावसायीकरण र आधुनिकीकरण,
  • राजनीतिक, आर्थिक, सामाजिक, कुटनीतिक, न्यायिक, सञ्चार तथा सैनिक/सुरक्षा उपायको अवलम्बनद्वारा शान्ति सुरक्षाको प्रत्याभूति,
  • नागरिक कर्तव्यको बोध र परिपालना,
  • विश्वसनीय सूचनाको सही मूल्याङ्कन र निरुपणको आधारमा स्थितिको पूर्व जानकारी तथा प्रतिकारात्मक उपाय अवलम्बन गर्नसक्ने प्रणालीको विकास,
  • सुदृढ यातायात प्रणालीको विकास,
  • सीमा सुरक्षा र व्यवस्थापन,
  • कुटनीतिक सम्बन्धको प्रभावकारी सञ्चालनद्वारा द्विपक्षीय र बहपक्षीय सम्बन्ध र सहयोग वृद्धि गर्दै अन्तर्राष्टिय समर्थन र सहयोगको अभिवृद्धि ।

राष्ट्रिय सुरक्षामा खतरा र चुनौतीहरू

राजनीतिक चुनौती र खतरा

  • शासकीय स्वरूप रूपान्तरण र सङ्क्रमणकाल,
  • राजनीतिक अस्थिरता र विभाजन,
  • अवाञ्छित समूहको ध्रुबीकरण,
  • गैरसंवेधानिक गतिविधि,
  • अवाञ्छित बाह्य प्रभाव ।

कानून व्यवस्था सम्बद्ध चुनौती र खतरा

  • अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण गर्ने प्रवृत्ति,
  • कानूनको शासन र संस्कृतिको विकासमा अवरोध,
  • कानून उल्लङ्घन गर्ने प्रवृत्ति र दण्डहीनता,
  • अपराधमा आधुनिक प्रविधिको दुरुपयोग,
  • हिंसा र सशस्त्र अपराधमा वृद्धि,
  • सङ्गठित अपराधमा वृद्धि,
  • लागु पदार्थको अवेध ओसार पसार,
  • हतियार र विष्फोटक पदार्थको अवेध पैठारी,
  • समुदायमा बढ्दो हिंसा,
  • लुटपाट, अपहरण, सफेदपोश अपराध र साइवर अपराध,
  • भ्रष्टाचार,
  • मानव बेचबिखन,
  • संकीर्ण साम्प्रदायिकता र क्षेत्रीयता ।

सामाजिक-आर्थिक चुनौती र खतरा

  • कमजोर अथर्तन्त्र र परनिर्भरता,
  • अशिक्षा, बढ्दो बेरोजगारी र गरिबी,
  • स्वदेशी उत्पादनको न्युनता,
  • आर्थिक असमानता,
  • जनसङ्ख्या वृद्धि तथा अव्यवस्थित बसाइ सराइ,
  • राष्ट्रिय स्रोत र साधनको बाँडफाँड तथा उपभोग र उपयोगमा राष्ट्रिय हितप्रतिको उदासिनता,
  • आर्थिक अपराध र राजस्व चुहावट, बाह्य आर्थिक सङ्कट र विकृतिको प्रभाव,
  • लगानीमा प्रतिकूल प्रभाव पार्ने असुरक्षित वातावरण,
  • औद्योगिक अशान्ति,
  • नागरिक अधिकारको दुरुपयोग,
  • विभिन्न वर्ग, क्षेत्र, जाति र समुदायबीचको द्वन्द्व र सामाजिक सद्वावमा प्रतिकूल असर पार्ने क्रियाकलाप,
  • सामाजिक र नैतिक मूल्यप्रतिको उदासिनता,
  • विपन्न समुदाय र क्षेत्रको लागि आवश्यक सहयोग र स्रोतको न्युनता,
  • एच.आई.भी./एड्स, महामारी र अन्य सङ्क्रामक रोगहरूको वृद्धि,
  • सङ्कीर्ण जातीय र क्षेत्रीय प्रवृत्ति र क्रियाकलाप,
  • धार्मिक अतिवादको प्रभाव ।

विपद्‌ र प्राकृतिक स्रोतको क्षति सम्बद्ध चुनौति र खतरा

  • अव्यवस्थित बसोबास, वन विनाश, प्रदूषण जस्ता मानव सिर्जित समस्याबाट उत्पन्न विपद्‌,
  • भूकम्प, भू-क्षय, बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद्‌,
  • प्राकृतिक स्रोतको अव्यवस्थित र अनियमित दोहन,
  • जलवायु र पर्यावरणीय ह्रास,
  • रासायनिक, विकिरण र प्रविधिजन्य विपद्‌।

अतिवादका कारण उत्पन्न हुने चुनौती र खतरा

  • अराजकता, असुरक्षा, आतङ्क र अन्योलको कारण समाजमा सृजित त्रास,
  • अवैध हातहतियार, विष्फोटक पदार्थ र लागू पदार्थको ओसारपसारमा आतङ्कवादीको सम्भावित संलग्नता,
  • पर्यटन, लगानी र वैदेशिक मुद्रा आर्जनका क्षेत्रमा अवाञ्छित र गैरकानूनी क्रियाकलाप,
  • बाह्य घुसपैठ र चलखेल,
  • अन्तरदेशीय र अन्तरसीमा अपराध,
  • विभिन्न प्रकारका अतिवाद र त्यसबाट उत्पन्न अराजकता,
  • मुद्रा अपचलन र तस्करी जस्ता क्रियाकलापमा अतिवादीहरूको संलग्नता।

बाह्य चुनौती र खतरा

  • खुला अन्तर्राष्ट्रिय सिमाना,
  • सीमा अतिक्रमण,
  • इन्धन र उर्जा सङ्कट,
  • क्षेत्रीय सुरक्षा वातावरण,
  • प्रतिद्वन्द्वात्मक/प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय सुरक्षा वातावरण (राष्ट्रिय हितहरूको समायोजन, हित वा स्वार्थहरूबीचको अन्तरसङ्घर्ष र सामरिक प्रतिस्पर्धा),
  • राजनीतिक अस्थिरता,
  • बाह्य हस्तक्षेप।

चुनौती र खतराको सामना

  • संविधान र कानूनको प्रभावकारी कार्यान्वयन र यसका लागि राज्यका सम्बन्धित अङ्ग र निकायहरूको सुदृढीकरण,
  • विदेशीहरूको नेपालभित्र प्रवेश र बहिर्गमन नियमन,
  • नेपालको हवाई र स्थल क्षेत्रको सुरक्षा सुदृढीकरण, अनुगमन र नियमन,
  • सुशासन र प्रभावकारी प्रशासन प्रणालीको विकास,
  • अपराध रोकथाम र नियन्त्रण,
  • भ्रष्टाचार नियन्त्रण,
  • सङ्गठित अपराध सञ्जालको निरोध र नियन्त्रण,
  • सूचनामा पहुँच, सूचना सङ्कलन, विश्लेषण र उपयोगमा प्रभावकारिता,
  • विपद्जन्य जोखिमको सम्बोधन र विपद्‌ व्यवस्थापन,
  • सुदुढ र स्वस्थ अर्थतन्त्रको निर्माण,
  • सबै प्रकारका अपराध विरुद्ध जुझ्ने सामर्थ्यको विकास।

राष्ट्रिय सुरक्षा नीतिका मूलभूत उद्देश्यहरू

  • नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान, हित र स्वार्थको रक्षा गर्ने,
  • नेपाली जनता, नेपालको सीमा, भूमि, जल, अर्थतन्त्र, प्राकृतिक र सांस्कृतिक सम्पदा र पर्यावरणको सुरक्षा गर्ने,
  • मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने,
  • संयुक्त राष्ट्र सङ्घको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्तका आधारमा स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्दै नेपालको हितमा बाह्य सम्बन्धको विकास गर्ने एवम् विश्व शान्ति स्थापनामा योगदान गर्ने,
  • नेपाली जनताको सर्वोत्तम हित अनुकुल आर्थिक समृद्धि, भौतिक सुरक्षा तथा सर्वाङ्गीण विकासका लागि राष्ट्रिय सुरक्षा प्रणालीको विकास र सुरक्षित वातावरणको प्रत्याभूति दिने र नेपाललाई समृद्ध र समुन्नत बनाउने ।
  • अन्तर्राष्ट्रिय सन्धि र सम्झौताहरूको राष्ट्रियहित अनुकुल समुचित प्रयोग गर्ने ।

राष्ट्रिय सुरक्षाका प्राथमिकताहरू (राष्ट्रिय सुरक्षाका क्षेत्रहरू)

नेपालको राष्ट्रियता र हितको सुरक्षा

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र

स्वाभिमानको रक्षा तथा राष्ट्रिय सीमाको सुरक्षालाई सुनिश्चित गर्दै नेपालको राष्ट्रियता

र हितको सुरक्षा गर्ने ।

जनताको सुरक्षा

जनताको जिउ, धनको सुरक्षा, स्वास्थ्य तथा तिनका भावी पुस्ताको परिपोषण, संरक्षण

र समृद्धिको अवस्था सुनिश्चित गर्ने ।

नागरिक हक तथा स्वतन्त्रताको सुरक्षा

देशको प्रत्येक नागरिकले शारीरिक तथा मानसिक क्षमता प्रयोग गरेर आफ्नो,

समाजको र मुलुकको हितका लागि तथा मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय

दायित्व निर्वाह गर्न समेत सक्षम हुने गरी स्वतन्त्रतापूर्वक मोलिक अधिकारको

प्रयोग र कर्तव्यको पालना गर्न सक्ने वातावरण सुनिश्चित गर्ने ।

आर्थिक सुरक्षा

नागरिकको आधारभूत आवश्यकता परिपूर्ति तथा आर्थिक स्वतन्त्रताको रक्षा गर्दै

देशको आर्थिक अवस्थालाई क्रमिक रुपमा प्रगतितर्फ उन्मुख गराई स्रोतहरूको

समुचित र दिगो परिचालनद्वारा उच्च आर्थिक वृद्धिदर र आर्थिक उपलब्धिको

न्यायोचित वितरणलाई सुनिश्चित गर्ने ।

राज्य व्यवस्थाको सुरक्षा

नेपाल राज्यको क्रियाकलाप तथा यसको सामाजिक-आर्थिक संरचना तथा संविधान

प्रदत्त मौलिक हक, मानव अधिकार तथा स्वतन्त्रतालाई सुनिश्चित गर्ने ।

विज्ञान, प्रविधि र सूचनाको सुरक्षा

देशको वैज्ञानिक सम्भाव्यता तथा बौद्धिक प्रतिस्पर्धात्मक क्षमतालाई बढाउन प्रविधि,

सूचना तथा अनुसन्धानको उपयोग गर्ने वातावरण सुनिश्चित गर्ने । देशको

आन्तरिक र बाह्य परिस्थितिबारे वस्तुपरक रुपमा जानकारी प्राप्त गर्न, विश्लेषण गर्न,

निर्णय प्रक्रिया प्रभावकारी बनाउन र सूचनामा सहज प्रभावकारी पहुँच सुनिश्चित गर्ने ।

संस्कृति तथा जीवनपद्धतिको सुरक्षा

नेपालको अस्तित्व, स्वतन्त्र निर्णय तथा विकास, राष्ट्रभाषा, इतिहास, संस्कृति,

चालचलन तथा रीतिरिवाजको संरक्षणलाई सुनिश्चित गर्ने ।

राष्ट्रिय स्रोत तथा पर्यावरणीय सुरक्षा

पर्यावरणीय तथा जलवायु परिवर्तनको अनुकुलन र प्राकृतिक स्रोतको उचित प्रयोग

तथा संरक्षण गरी मानव परिवेश तथा अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिने

अवस्था सुनिश्चित गर्ने ।

नेपालमा राष्ट्रिय सुरक्षाका विद्यमान प्रावधानहरू:

नेपालमा राष्ट्रिय सुरक्षा सम्बन्धमा देहाय बमोजिम नीतिगत तथा कानुनी, संस्थागत र कार्यगत प्रावधानहरू छन्:

(क) संवैधानिक प्रावधान 

  • राष्ट्रिय सुरक्षा तथा एकतासम्बन्धी नीति, धारा ५१ 
  • राष्ट्रिय सुरक्षा परिषद्, धारा २६६
  • संकटकालीन अवस्थाको घोषणा वा आदेश, धारा २७३
  • शान्ति र मैत्री सुरक्षा र सामाजिक सम्बन्ध नेपाल राज्यको सिमानाको सन्धि वा सम्झौताको संघीय संसदको २ तिहाइबाट अनुमोदन, सम्मउलन, स्वीकृति वा समर्थन, ‌धारा २७९ 
  • अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी निर्देशक सिद्धान्त, धारा ५०
  • परराष्ट्र नीति, धारा ५१ 
  • मौलिक हकहरू

(ख) नीतिगत प्रावधानहरू

  • संघीय राज्य व्यवस्थाको माध्यमबाट प्रादेशिक तथा स्थानीय तहसम्म शक्तिको विकेन्द्रीकरण गर्ने,
  • नेपालको सामरिक क्षमता वृद्धि गर्ने र राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्ने,
  • शान्ति सुरक्षाको प्रत्याभूति गर्दै न्यायमा सरल र शीघ्र पहुँच स्थापित गर्ने,
  • राष्ट्रिय सद्भाव र सहिष्णुता अभिवृद्धि गर्ने,
  • सुदृढ अर्थतन्त्रको विकास र लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने,
  • कुनै पनि प्रकारको हिंसात्मक तथा सशस्त्र गतिविधि र आतङ्कवादलाई निस्तेज गर्ने,
  • पृथकतावादको बीजारोपण हुन नदिने,
  • लागू पदार्थ ओसारपसार, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी, सङ्गठित अपराध, मानव बेचबिखन तथा अवैध आप्रवासनलाई नियन्त्रण गर्ने,
  • राष्ट्रिय सम्पदा र प्राकृतिक स्रोतहरूको संरक्षण गर्दै राष्ट्रिय हितमा उपयोग गर्ने,
  • गरिबी न्यूनीकरणका उपायहरूको अवलम्बनमा टेवा पुस्याउने,
  • भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूतिका लागि जवाफदेहीता अभिवृद्धि गर्ने,
  • अवैध हातहतियार नियन्त्रण गर्ने,
  • धार्मिक, सांस्कृतिक, भाषिक, जातीय र साम्प्रदायिक सद्भाव कायम राखी उपयुक्त वातावरण निर्माण गर्द राष्ट्रिय पहिचानलाई बलियो बनाउने,
  • कानूनी शासन र कानून कार्यान्वयनलाई सुदृढ गर्ने,
  • सुरक्षा व्यवस्थापनमा जनताको साझेदारी अभिवृद्धि गर्ने,
  • विपद्‌ व्यवस्थापन कार्यलाई समन्वयात्मक रुपमा प्रभावकारी र सुदृढ बनाउने,
  • राष्ट्रिय सुरक्षा संस्कारको विकास गर्न,
  • सामाजिक पद्धति र राज्य व्यवस्थाको रक्षा गर्ने,
  • नागरिक हक तथा स्वतन्त्रताको रक्षा गर्ने,
  • उद्योग व्यवसायको सुरक्षामा टेवा पुर्‍याउने,
  • विज्ञान तथा प्रविधिको रक्षा र विकास गर्ने,
  • राष्ट्रिय सुरक्षा नीतिको अवधारणा अनुसार वैदेशिक मामिला सम्बन्धी कार्यहरू गर्ने,
  • अन्तर्राष्ट्रिय कानून, सन्धिसम्झौता र कानूनी प्रावधानहरूका माध्यमबाट राष्ट्रिय हितको संरक्षण र संवर्द्धन गर्ने,
  • विश्वशान्ति कायम राखे प्रयासका लागि साझेदारीमा अभिवृद्धि गर्ने ।

(ग) कानुनी प्रावधान

  • नेपाल सररकार कार्य विभाजन नियमावली, २०७४
  • सुशासन ऐन, २०६४ नियमावली, २०६५
  • मानवअधिकार आयोग ऐन, २०६८
  • निर्वाचनसम्बन्धी कानुनहरू
सुरक्षा निकायसम्वद्ध कानुनहरू
  • नेपाल प्रहरी ऐन, २०१२ र नियमावली, २०७१ 
  • हातहतियार तथा खरखजानासम्बन्धी ऐन, २०१९
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • नेपाल सशस्त्र प्रहरी ऐन, २०५८
  • सैनिक ऐन, २०६३
  • संगठित अपराध निवारण ऐन, २०७०
आर्थिक कानुनहरू
  • आर्थिक कार्यसम्बन्धी ऐन, २०५५ र नियमावली, २०५६
  • सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ 
  • लेखापरीक्षण ऐन, २०७५
सामाजिक कानुनहरू
  • योगदानमा आाधारित सामाजिक सुरक्षा ऐन, २०७४
  • जेष्ठ नागरिक ऐन, २०६३
  • छुवाछुत तथा जातीय भेदभावविरुद्धको कसुर र सजायसम्बन्धी ऐन, २०६८
पर्यावरणीय कानुनहरू
  • वातावरण संरक्षण ऐन, २०७६
  • उपभोक्ता संरक्षण ऐन, २०७५
  • जलस्रोत ऐन, २०४९
  • खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२

(घ) संस्थागत  प्रावधान 

  • नेपाल सरकारका मन्त्रालयहरू, गृह मन्त्रालय, रक्षा मन्त्रालय, शान्ति मन्त्रालय आदि
  • राष्ट्रिय सुरक्षा परिषद् , प्रधानमन्त्रीको अध्यक्षतामा संविधानको धारा २६६ अनुसार
  • केन्द्रीय सुरक्षा समिति, गृहमन्त्रीको अध्यक्षतामा 
  • क्षेत्रीय सुरक्षा समिति, क्षेत्रीय प्रशासकको अध्यक्षतामा 
  • जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा

आन्तरिक र बाह्य सुरक्षालाई प्रभावकारी र सुदृढ गर्ने उपायहरू

नेपालको आन्तरिक र बाह्य सुरक्षालाई थप प्रभावकारी र सुदृढ गर्न निम्न उपायहरू अवलम्बन गर्नु उपयुक्त हुन्छ । 
  • इमान्दार र देशभक्तिपूर्ण सोचका आधारमा सरकारमा रहेका राजनीतिक दल र अन्य राजनीतिक दलले राष्ट्रिय सुरक्षामा एउटै मत तयार पार्ने
  • सुरक्षामा प्रत्यक्ष रूपमा क्रियाशील प्रशासनिक र सुरक्षा अधिकृतलाई बिना कुनै राजनीतिक हस्तक्षेप व्यावसायिक उत्कृष्टताका आधारमा परिचालन गर्ने
  • अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण रोकेर कानुनको सर्वोच्चतालाई मन, वचन र कर्मले लागू गर्ने
  • अर्थतन्त्र सबलीकरण
  • सबै मित्र राष्ट्रसँग उच्च स्तरको बौद्धिक, विवेकपूर्ण र राष्ट्रिय हितअनुकूल परराष्ट्र नीति संचालन गर्ने
  • राजनीतिक र प्रशासनिक क्षमताको विकास ।

अन्तमाः

व्यक्ति, समाज र सिंगो राष्ट्रमा सुरक्षित प्रणालीको सुनिश्चित्ताले समग्र पक्षमा सकारात्मकता सिर्जना गर्दछ। राष्ट्रिय सुरक्षाले आन्तरिक र वाह्य सुरक्षा व्यवस्थाको प्रत्याभूतिमा जोड दिन्छ। नेपालमा यस सम्बन्धमा गरिएका प्रावधानहरू प्रशंसनीय छन्। बढ्दो सुरक्षा संकटको चुनौती तथा दण्डहीनताको अन्त्य गरी शान्ति र अमन चयन कायम गर्नु आजको आवश्यकता हो।

अन्त्यमा शान्ति सुरक्षा र सुव्यवस्थाको अभावमा मुलुकको समृद्धिको कल्पना गर्न नसकिने भएकोले चौधौं योजनाको अवधारणाले अघि सारेको उद्देश्य प्राप्तीकालागि नागरिक सुरक्षा र स्वतन्त्रता, विधिको शासनको निर्वाध उपयोग, मानवअधिकारको संरक्षण र संबर्धन गर्दै सबै नेपाली नागरिकलाई भय र अभावबाट मुक्त बातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्न र आफ्नो क्षमता अनुसार राष्ट्र निर्माणमा योगदान दिन सक्ने वातावरणको निर्माण सुरक्षा व्यवस्थापनका सकारात्मक परिणाम हो सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, अखण्ड र शान्तिपूर्ण नेपाल नेपाली मात्रको जन्म र कार्यभूमि हो भन्ने विषयको ग्यारेन्टी भावी पुस्तासम्मका लागि गर्न सक्ने देशभक्तिपूर्ण राजनीतिक नेतृत्वको समर्पण, सुरक्षा भगको क्रियाशिलता र नागरिकहरुको जागरुकता मात्र राष्ट्रिय सुरक्षाको अवधारणालाई वस्तुपरक रूपमा रूपान्तरण गर्न सकिन्छ ।

Loksewa Diary

Loksewa Diary is an informative blog where you can find updated premium notes of all level of PSC Exams at a nominal cost.

Post a Comment

Previous Post Next Post