२.५ नागरिक चेतना, जनताका कर्तव्य र जिम्मेवारीहरु

 (लोकसेवा आयोगको शाखा अधिकृत (अप्राविधिक)को पाठ्यक्रममा दोश्रो पत्र शासन प्रणाली (Governance System) को खण्ड (ख) अन्तर्गत २.५ सँग सम्बन्धित नोट)

२.५ नागरिक चेतना, जनताका कतव्य र जिम्मेवारीहरु (Civic sense, duties and responsibilities of people)

{tocify} $title={Table of Contents}

नागरिक

  • नागरिक शब्दले राजनीतिक रूपमा व्यवस्थित समाजको सदस्यलाई जनाउँछ।
  • सामान्य बुझाईमा, लोकतान्त्रिक समाजमा नागरिक हुनुको अर्थ राजनैतिक क्रियाकलापमा सहभागिता जनाउन सक्ने अधिकार र सामर्थ्य पनि हो। नागरिक हुनुको (नागरिकता) कानूनी अर्थ राज्य र नागरिकबीचको सम्बन्ध हो।
  • राज्यद्वारा प्रदत्त हक तथा अधिकार को उपयोग र तोकिएको कर्तव्य बोध तथा निर्वाह गर्ने एउटा निश्चित राज्यमा कानुनद्धारा आवद्ध समुदायका हरेक सदस्यलाई नागरिक भनिन्छ ।

नेपालको संविधानः भाग २ धारा ११ (१) मा

  • नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति र
  • नेपालको नागरिकता प्राप्त गर्न योग्य व्यक्तिहरू नेपालका नागरिक हुन।

चेतना

  • चेतना भनेको कुनै पनि विषयको ज्ञान वा बोध गराउने आन्तरिक सामर्थ्य हुनु वा सामर्थ्यको विकास हुनु हो।
  • चेतनाका चार पक्ष वा कार्यहरू छन् - सोच (Thinking), भावना (Feeling), संवेदनशीलता (Sensing) र अर्न्तज्ञान (Intuiting)।
  • चेतना अर्थात विवेकले हामीमा नैतिक ज्ञान (moral knowledge) वा नैतिक विश्वासहरू (moral beliefs) ल्याउँन मद्दत गर्छ । के बेठिक हो, छुट्याउन अनि सोही अनुसार व्यवहार गर्न आफूलाई निर्देश गर्दछ ।

Rights & Duties कानूनी (Legal) विषय हुन् भने Responsibilities सामाजिक वा नैतिक (Social/Ethical) विषय हुन्। दुवै मिश्रित पनि हुन सक्छन् ।

व्यक्ति र नागरिक

  • राज्यका व्यक्तिहरुले सबै किसिमका हक अधिकारहरु उपयोग गर्न नपाउने र सामाजिक तथा आर्थिक लाभ/छुट (Privilege) पनि नपाउने अवस्था हुन्छ । जस्तै कुनै व्यक्तिले निशुल्क स्वास्थ्य सेवा नपाउने तर स्वास्थ्य कर अनिवार्य रुपमा तिर्नु पर्ने । (धारा ३५ )
  • राज्यका कतिपय नागरिकहरुले सबै किसिमका हक अधिकारहरु उपयोग गर्न पाउने र सामाजिक तथा आर्थिक लाभ/छुट (Privilege) समेत पाउने अवस्था हुन्छ। जस्तैः कुनै नागरिकले एकातिर निःशुल्क स्वास्थ्य सेवा पनि पाउने र अर्कोतिर स्वास्थ्य कर अनिवार्य रुपमा तिर्नु पनि नपर्ने । (धारा ४२)
  • नेपालको संविधानको भाग ३: मौलिक हक र कर्तव्यमा कतिपय हकहरू व्यक्तिका लागि र कतिपय हकहरू नागरिकका लागि मात्र व्यवस्था गरिएको छ।

नागरिक चेतना

  • राज्यको सामाजिक र आर्थिक अवस्थाको यथार्थ चित्रण गरी व्यवहारमा सकारात्मक परिवर्तन गर्न सक्ने क्षमता र दक्षतालाई नागरिक चेतना भनिन्छ।
  • नागरिक सचेतना नागरिकलाई विधिको शासनमा सहभागी गराउने माध्यम हो।

नागरिक चेतना कसरी हुन्छ ?

  • जनचेतना भनेको कुनै विषयमा सार्वजनिक समझको स्तर हो।
  • विभिन्न घटना, अभियान, लेख रचना, वृत्तचित्र, पत्र-पत्रीका, वेवसाइट, शैक्षिक संस्था र कार्यस्थलमा उपलब्ध माध्यमबाट प्राप्त गर्न सकिन्छ। 
  • नागरिक चेतना वा जागरूकता बढाउनु भनेको जनतालाई के गर्ने हो भन्ने बताउनु मात्र होइन, बरू मानिसहरूलाई ज्ञान प्रदान गर्नु, ताकि उनीहरू आफैँले निर्णय लिन सकुन्।
  • नागरिक चेतना कुनै औपचारिक शिक्षाबाट मात्र प्राप्त हुने होइन। शिक्षित हुनु र चेतनशील हुनु एउटै विषय होइन। कुनै औपचारिक शिक्षा प्राप्त हुँदैमा चेतनाको स्तर माथि पुग्छ भन्ने सुनिश्चितता हुँदैन। 
  • नागरिक चेतना समाज विज्ञान (Social science) हो। जुन देखे भोगेर, सुनेर, अनुभव गरेर, सहभागी भएर बढी मात्रामा प्राप्त हुन सक्छ। नागरिक चेतना पुस्तक, पत्रपत्रिका, श्रव्यदृश्य, सामग्रीको अध्ययन, भ्रमण, सुनाइ र देखाईबाट प्रवर्द्धन हुन्छ। 
  • सामाजिक विकासमा सहभागिता, अन्तरक्रिया, छलफलबाट चेतनाको अभिवृद्धि हुन्छ। राजनीतिक, सामाजिक, व्यवसायिक तथा प्रशासनिक अभियानहरूबाट नागरिक चेतनाको अभिवृद्धि हुन्छ।
  • नागरिक शिक्षा (Civic education) एक शिक्षा विधि हो, जसको माध्यमबाट नागरिक चेतना फैलाउन सकिन्छ, नागरिक उत्तरदायित्व सिकाउन सकिन्छ।
  • प्रजातान्त्रिक सिद्धान्तप्रति प्रतिवद्ध नागरिकलाई जिम्मेवार बनाउने र प्रवर्द्धन गर्ने यो एउटा तरिका हो। नागरिक चेतनाको अभिवृद्धि जुनसुकै विषय वा पक्षमा जस्तैः सामाजिक राजनैतिक, धार्मिक, आर्थिक आदिमा पनि चेतनाको अभिवृद्धि हुनसक्छ।

नागरिक चेतनाको उपलब्धिहरु

(क) मानवीय मूल्य आर्जन गर्न सक्ने क्षमताको विकास गर्दछ।
(ख) हरेक नागरिकले आफ्नो भाषा, संस्कृति, चालचलन, र परम्पराको संरक्षण गर्न सक्षम हुन्छ र कालान्तरमा त्यो Nation Building को एउटा आधार बन्दछ।
(ग) नागरिकलाई Construction र Deconstruction दुबै प्रक्रियामा सामेल हुने अवसर प्रदान गर्दछ।
(घ) नागरिक चेतनाले समाजमा स्थिरता ल्याउन ( सामाजिक सहिष्णुता) मद्दत गर्दछ।
(ङ) लक्षित वर्ग तथा क्षेत्रको आर्थिक सामाजिक सशक्तिकरणमा भूमिका निर्वाह गर्दछ। 
(च) नागरिकका लागि जिवनयापनका लागि आवश्यक सामाजिक ज्ञान तथा आर्थिक सीप दिन्छ।
(छ) अधिकार र कर्तव्य (Rights and Responsibilities) को बोध गराउँछ।
(ज) आलोचनात्मक चिन्तन र प्रतिविम्ब (Critical thinking and Reflections) 
(झ) Global Citizenship

नागरिक चेतनाको महत्त्व

सुशासन कायम गर्नः राजनीतिक क्रियाकलापमा सहभागी (मतदान तथा निर्वाचन)
  • प्रजातान्त्रिक वातावरण सिर्जना गर्न,
  • सुशासन कायम गर्न,
  • मानव अधिकारको प्रत्याभूत गर्न,
  • स्वावलम्बी नागरिक तयार गर्न।
परिवर्तनलाई संस्थागत गर्नः सामाजिक ज्ञान
  • परिवर्तनकारी शक्तिका रुपमा काम गर्न,
  • समाजको पुन निर्माणमा सहयोगी हुन,
  • राजनीतिक क्रियाकलापमा सहभागी हुन,
  • नागरिकहरु बीच आपसी सम्बन्ध स्थापित गर्न।
सार्वजनिक सेवामा पहुँचः आर्थिक समृद्धि
  • नागरिकलाई राज्यशक्तिको रुपमा विकास गर्न,
  • सेवाको पहुँचमा समन्यायिकता सुनिश्चित गर्न,
  • सार्वजनिक ज्ञान, विचार र सूचनाको प्रवाह गर्न,
  • कानुनी राज्य र नागरिकलाई न्यायिक शक्तिका रुपमा स्थापित गर्न।

नागरिक अधिकार

  • आधारभूत आवश्यकताः शिक्षा, स्थास्थ्य र सुरक्षा (खाद्य, आवास र सामाजिक सुरक्षा तथा शान्ति सुरक्षा) को अधिकार,
  • कानुनबमोजिम Voice र Choice (स्वतन्त्रता र समानताको हक) को उपयोग,
  • मताधिकारको उपयोग,
  • नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक,
  • सार्वजनिक सूचना माग्न र पाउने अधिकार,
  • स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकार,
  • सामाजिक न्याय पाउने अधिकार।

नागरिक जिम्मेवारी तथा दायित्व

सामाजिक तथा सांस्कृतिक

  • कानूनको सम्मान गर्ने,
  • सार्वजनिक सम्पत्ति प्रति साझा भावना राख्ने,
  • अरूको अधिकार र विचारको सम्मान गर्ने,
  • सामाजिक उन्नयनमा सक्रिय हुने,
  • ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धन गर्ने,
  • सामाजिक, सांस्कृतिक तथा सेवामूलक कार्यमा सहभागी हुने,
  • कला, साहित्य र सङ्गीतको विकासमा सक्रिय हुने,
  • धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र
  • अन्यायको विरुद्धमा आवाज बुलन्द गर्ने,
  • सबै जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला, चलचित्र र सम्पदा प्रति सम्मान प्रकट गर्दै सांस्कृतिक विविधता, समानता एवं सहअस्तित्वको भावना राख्ने,
  • उत्पत्ति, आस्था र अवस्थाका आधारमा कसैलाई छुवाछुत वा भेदभाव नगर्ने,
  • अपांगता भएका व्यक्तिलाई मर्यादा र आत्मसम्मानपूर्वक व्यवहार गर्ने,
  • बीर सहिद, राष्ट्रिय विभूति तथा अन्य राष्ट्रिय पहिचानका विषयहरू प्रति सम्मान प्रकट गर्ने,
  • बालबालिकालाई शिक्षा, स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकूद, मनोरञ्जन तथा सर्वांगीण व्यक्तित्व विकासमा सहयोग गर्ने,
  • सार्वजनिक स्वास्थ्य, शिष्टाचार र नैतिकताको प्रतिकूल हुने कार्य नगर्ने,

आर्थिक

  • विल विजक लिने, तथा समयमा कर तिर्ने
  • कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने र सम्पत्तिको अन्य कारोबार गर्ने,
  • व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने,
  • बचत गर्ने,
  • आर्थिक क्रियाकलापमा सक्रिय हुने,
  • वित्तीय अनुशासन कायम गर्ने।

राजनीतिक

  • राज्यको संरक्षण गर्ने,
  • लोकतान्त्रिक मूल्य र मान्यताको सम्मान गर्ने,
  • राष्ट्र, समाज तथा समुदायप्रति सकरात्मक सोच बनाउने,
  • शासन प्रणालीमा सहभागी हुने,
  • मतदानमा सहभागी हुने।

पर्यावरणीय

  • नवीकरणीय उर्जाको सदुपयोग गर्ने,
  • वातावरण संरक्षण गर्ने,
  • दिगो विकासमा सहकार्य गर्ने।

नागरिक कर्तव्य

नेपालको संविधानको भाग ३ धारा ४८ मा नागरिकका कर्तव्य तोकिएको। 
(क) राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,
(ख) संविधान र कानूनको पालना गर्नु,
(ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु, र 
(घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।

चुनौतिहरु

  • विद्यालय तथा विश्व विद्यालय तहको शिक्षामा नागरिक चेतना सम्बन्धि विषयवस्तुहरु समेट्नु,
  • नागरिकहरुमा राष्ट्र प्रेमको भावना जगाउने खालका कार्यक्रम विकास गर्नु,
  • अनौपचारिक शिक्षाका माध्यमबाट नागरिक चेतनाको प्रचारप्रसार गर्नु,
  • सञ्चार जगतमा नागरिक चेतनाका विषयवस्तुहरुलाई प्राथमिकता दिनु,
  • युवा विकास तथा परिचालन कार्यक्रम सञ्चालन गर्नु,
  • समाजमा अनैतिकता र भ्रष्टाचारको वोलवाला घटाउनु
  • नागरिक चेतनालाई Peaceful Nation Building को आधार बनाउनु,
  • नागरिक चेतनालाई सीपसंग आवद्ध गर्नु,
  • राष्ट्रिय प्रतिभा पलायन रोक्नु,
  • आधुनिक प्रविधिको उपयोग गरी नागरिक चेतनाको विकास गर्नु।
Susmita Paudel

Namaste, I'm Susmita Paudel. I love to share what I have learned. I am writing on the Constitution, Management, Economics, Current Affairs niche, and More.

Post a Comment

Previous Post Next Post