नेपालको जनगणनाको इतिहास र जनगणना २०७८ को प्रारम्भिक नतिजा सम्बन्धी जानकारी

नेपालमा जनगणनाको संक्षिप्त इतिहास

  • नेपालमा वि.सं. १९६८ (सन्‌ १९११) सालदेखि जनगणना गर्ने काम शुरु भएको 
  • लगभग प्रत्येक १०/१० वर्षको अन्तरमा जनगणना सञ्चालन हुँदै आएको 
  • वि.सं. १९९८ सालसम्म सञ्चालन भएका जनगणना सामान्य मुड गन्ति/ व्यक्ती गणना (Head Count) का रूपमा मात्र सीमित थिए 
  • वि.सं. २००९/११ (सन्‌ १९५२/५४) सालदेखि सञ्चालन भएका जनगणनाहरू जनसंख्याका विशेषता समेत संकलन गरिएका कारण आधुनिक (वैज्ञानिक) जनगणना मानिन्छन्‌ । अन्तराष्ट्रिय रुपमा तुलनायोग्य
  • वि.सं. २०१५ सालमा केन्द्रीय तथ्याङ्क विभागको स्थापना भए पछिका सबै जनगणना सञ्चालन गर्दै आएको (सुरुवाती चरणमा सेन्सस गोश्वाराले जनगणना लिने गरेको)
  • बि. सं. २०१८ को जनगणना गर्न Facit नामक Calculating Device को प्रयोग गर्ने गरिएको थियो ।
  • वि.सं. २०२८ सालको सातौँ जनगणनाको लगत प्रशोधनका लागि पहिलोपटक कम्प्युटर प्रयोग गरिएको IBM (International Business Machine)-1401
  • २०६८ को जनगणना ‍११ औं र एक शताब्दीको जनगणना हो।

नेपालको जनसङ्ख्या र लैङ्गिक अनुपात 

  • वि.सं. २०७८ सालको राष्ट्रिय जनगणना नेपालको बाह्रौं र वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधान बमोजिमको संघीय प्रणाली पश्चातको पहिलो जनगणना हो।
  • मेरो गणना, मेरो सहभागिता राष्ट्रिय जनगणना २०७८ (नारा)
  • असार ८ गतेलाई जनगणना दिवस (Census Day) को रुपमा मनाइदै आइएको
  • राष्ट्रिय जनगणना २०७८ नेपालको नयाँ नक्सा अनुसारको सम्पूर्ण भूभाग समेटिएको 
  • नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको
  • २०६८ को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ (१०.१८ %) ले बढेको
  • दश वर्षको सरदर वार्षिक वृद्धिदर (Exponential Growth) ०.९३% (२०६८ मा १.३५%)
  • कुल जनसंख्यामा १,४२,९१,३११ पुरुष (४८.९६%) र १,४९,०१,१६९ महिला (५१.०४%)
  • २०६८ मा कुल जनसंख्या २,६४,९४,५०४ पुरुष ४८.५% र महिला ५१.५%  
  • लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ (२०६८ मा ९४.१६ रहेको)

जनगणना घर र परिवार संख्या

  • नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७,६१,०५९ रहेको र ती परिवारहरु जम्मा ५६,४३,९४५ वटा घरमा बसेका देखिएको
  • १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेका अर्थात घर र परिवारको अनुपात १:१.२० (२०६८ मा १:१.१८) 
  • यो अवधिमा जम्मा १३,३३,७५७ (२४.५७ प्रतिशत थप) वटा परिवार थप भएको देखिन्छ।
  • परिवारको आकार
  • प्रति परिवार ४.३२ जना सदस्य (जुन २०६८ मा ४.८८ जना थियो)
  • शहरी क्षेत्रको परिवारमा ४.२५ जना ग्रामीण क्षेत्रमा ४.५५ जना (२०६८ मा ४.३२ जना र ५.०२ जना थियो)
  • भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा ४.२७ जना, पहाडमा ३.९५ जना र तराईमा ४.६५ जना प्रति परिवार
  • प्रदेशगत आधारमा गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.६६ जना)
  • जिल्ला अनुसार सबैभन्दा सानो दोलखामा (३.४१ जना) भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना देखिएको छ ।

भौगोलिक क्षेत्र अनुसार जनसंख्या, लैङ्गिक अनुपात र वृद्धिदर


प्रदेश अनुसारको जनसंख्या, वद्धिदर र परिवर्तन

  • सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा २०.९९% र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१% (क्रमश: ६१,२६,२८८ र १६,९४,८८९ जना)
  • लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा (क्रमशः १०१ र ९० प्रति १०० महिलामा पुरुषको संख्या)
  • वार्षिक जनसंख्या वृद्धिदर सबैभन्दा बढी लुम्बिनी प्रदेशमा र सबै भन्दा कम गण्डकी प्रदेशमा (१.२५% र ०.३०% प्रतिवर्ष)
  • दोश्रो बढि वृद्धिदर मधेश प्रदेश (१.२०% प्रतिवर्ष)
  • अन्य प्रदेशको वृद्धिदर १.०% भन्दा कम रहेको

जिल्ला अनुसारको जनसंख्या र वृद्धिदर

  • सबैभन्दा धेरै जनसंख्या काठमाडौं २०,१७,५३२ जना र सबैभन्दा कम मनाङ ५,६४५ जना
  • मोरङ, रूपन्देही, झापा र सुनसरी क्रमश: दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन्‌ 
  • कम जनसंख्या भएका मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं
  • सबैभन्दा बढी लैङ्गिक अनुपात मनाङ १३० र सबैभन्दा कम प्यूठान ८२ छ।
  • वार्षिक जनसंख्या वृद्धिदर ३२ वटा जिल्लामा ऋणात्मक देखिएको २०६८ मा २७ वटा जिल्लामा ऋणात्मक
  • सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर (३.३२%) र सबैभन्दा कम रामेछाम (-१.६५%) रहेको 
  • हिमाली जिल्लाहरूमध्ये मुगुमा सबैभन्दा बढी (१.८०%) वार्षिक जनसंख्या वृद्धिदर
  • (कामोरूझासु, ममुडोरहु)

ग्रामीण-शहरी जनसंख्या वितरण

  • नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिका क्षेत्रलाई ग्रामीण क्षेत्र मान्दा २०७८ को कुल जनसंख्यामा शहरी जनसंख्या ६६.०८% र ग्रामीण जनसंख्या ३३.९२% पुगेको छ 
  • संघीय संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा शहरी जनसंख्या ६३.१९% र ग्रामीण जनसंख्या ३६.८१% रहेको थियो। 
  • राष्ट्रिय जनगणना २०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसंख्याको १७.०७% शहरी जनसंख्या र ८२.९३% ग्रामीण जनसंख्या रहेको थियो।

स्थानीय तह अनुसारको जनसंख्या वितरण

  • सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमश: काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका
  • सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमश: ठूलीभेरी, त्रिपुरासुन्दरी, मादी, लालीगुराँस र जिरी पर्दछन्‌
  • काठमाडौं महानगरपालिकामा ८,४५,७६७ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ
  • २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ
  • गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७०,३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूमी गाउँपालिकामा ३९८ जना रहेको छ 
  • १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिका ४६ वटा रहेको छ भने ५० हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिका१५ वटा रहेको छ

जनघनत्व

  • नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग कि.मि. पुगेको छ, (२०६८ मा १८० थियो) 
  • सबैभन्दा बढि तराई क्षेत्रमा ४६१, सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ (२०६८ मा ३९२ र ३४ थियो)
  • काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५,१०८ जना प्रति वर्ग किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व
  • जनघनत्वको आधारमा काठमाण्डौं, भक्तपुर, ललितपुर, रुपन्देही र सुनसरी क्रमश: धेरै जनघनत्व
  • मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रति वर्ग कि.मि. भन्दा कम रहेको
  • तराईमा सबैभन्दा कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना)

परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसंख्या

  • २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्‌ जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८%) र ४,०६,१६३ महिला (१८.७२%) रहेका छन्‌ । (२०६८ मा १९,२१,४९४ पुरूष १६,८४,०२९ (८७.६४%) र महिला २,३७,४०० (१२.३६%) 
  • २०६८ को तुलनामा २०७८ मा विदेशमा रहेका महिलाहरु ७१.०९% ले बढेको
  • जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू (विदेश) अनुपस्थित देखिएका
  • सबैभन्दा बढी (विदेश) अनुपस्थित भएका ५ जिल्लाहरुमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ
  • सबैभन्दा कम (विदेश) अनुपस्थित हुने ५ जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका

विभिन्न जनगणना अनुसार नेपालको जनसंख्या

घरपरिवार संख्या, जनसंख्या, पुरुष/महिला

प्रदेशगत तुलना

जनसंख्याः मधेश>बागमती>लुम्बिनी>प्रदेश १>सुदुरपश्चिम>गण्डकी>कर्णाली
परिवार संख्याः बागमती>प्रदेश १>मधेश>लुम्बिनी>गण्डकी>सुदुरपश्चिम>कर्णाली
लैंङ्गिक अनुपातः मधेश>बागमती>कर्णाली>प्रदेश १>लुम्बिनी>गण्डकी>सुदुरपश्चिम
Loksewa Diary

Loksewa Diary is an informative blog where you can find updated premium notes of all level of PSC Exams at a nominal cost.

Post a Comment

Previous Post Next Post