विश्वको भूगोल सम्बन्धी महत्वपूर्ण जानकारी

➡ भूगोलका पिता इराटेस्थनेज (Eratosthenes) , आधुनिक भूगोलका पिता कार्ल रिटर (Carl Ritter) हुन भने वर्तमान मानव भूगोलका पिता फ्रेडरिक राटजेल (Friedrich Ratzel) हुन।

➡ भूगोल शव्दको प्रयोग गर्ने, पृथ्वीको प्रथम र बैज्ञानिक नक्सा निर्माण गर्ने, अधिक वर्षको अवधारण ल्याउने, पृथ्वीको परिधी पत्ता लगाउने, सुर्य र पृथ्वी बीचको दुरी पत्ता लगाउने काम भूगोलका पिता इराटेस्थानिजले गरेका हुन।

➡ क्षेत्रफलका हिसावले विश्वका ५ ठूला देश क्रमशः रसिया,क्यानडा,अमेरिका,चीन र ब्राजिल हुन्।

➡ एसिया महादेश सबैभन्दा ठूलो र विषमताको महादेश हो, जहाँ ४८ राष्ट,अफ्रिका महादेश अध्यारो महादेश जहाँ ५४ राष्ट्र,उत्तर अमेरिका महादेश नयाँ संसार जहाँ २३ राष्ट्र,दक्षिण अमेरिकामा १२ राष्ट्र,युरोप महादेश प्रायदीपको प्रायदीप जहाँ ५० राष्ट्र,अस्टेलिया महादेश एक देश एक महादेश जहा १४ राष्ट्र छन्।

➡ एसियामा—सर्वाधिक होचो भाग मृत सागर, विश्वकै अग्लो पठार पामिर पठार, विश्वकै सबैभन्दा अग्लो स्थानको ताल तिलिचो ताल, विश्वकै सबैभन्दा गहिरो ताल बैकाल ताल, विश्वमा सबैभन्दा बढी टापु भएको देश इन्डोनेसिया, विश्वकै सवैभन्दा अग्लो पर्खाल The great wall of China र १२ भूपरिबेष्ठित राष्ट्र पर्दछन्।

➡ अफ्रिकामा —भूमध्य रेखाले झण्डै बीचबाट काटेको,सवैभन्दा बढी भाषा बोलिने महादेश, विश्वको सर्वाधिक लामो नदी नाइल, सबैभन्दा ठूलो मरुभूमि सहारा, एटलास पर्वत, १६ भूपरिवेष्ठित राष्ट्र पर्ने।

➡ उत्तर अमेरिका— क्रीष्टोफर कोलम्बसले सन १४९२ मा पत्ता लगाएका, विश्बको सबैभन्दा ठूलो ताजा पानीको ताल सुपेरिएर ताल, एस्ट्रोडोम गुम्बज पर्ने।

➡ दक्षिण अमेरिका— विश्वकै सबैभन्दा दक्षिणमा पर्ने शहर पुन्टा एरिनास (चिली), सबैभन्दा लामो एन्डीज पर्वतमाला, पाटागोनिया मरुभूमि पर्ने।

➡ अन्टार्कटिका— सवैभन्दा पछि पत्ता लागेको महादेश, विश्वको ९० प्रतिशत हिउँ यहि पाइने।

➡ युरोप— मरुभूमि नभएको महादेश, स्क्यान्डेनेभियन क्षेत्र यहि पर्ने, १८ भूपरिबेष्ठित राष्ट्र पर्ने।

➡अष्ट्रेलिया— जेम्स कुकले नामाकरण गरेका, पुरैभाग दक्षिण गोलार्धमा रहेको, Dutch explorer Willem Janszoon ले सन् १६०६ मा पत्ता लगाएका, टापुको महादेश, कंगारुको महादेश नामले समेत चिनिने।

➡ विश्वमा ५ वटा महासागर रहेका, सबैभन्दा ठूलो र गहिरो महासागर प्रशान्त हो भने दोस्रो गहिरो महासागर हिन्द महासागर हो।

➡ दक्षिणी ध्रुव नर्वेका रोयल्ड एमन्डसेन (Roald Amundsen) ले सन् १९११ मा र उत्तरी ध्रुव अमेरिकाका रर्वट पियरी (Robert Peary)ले सन १९०९ मा पत्ता लगाएका हुन्।

➡ सबैभन्दा लामो अक्षांस रेखा भूमध्यरेखा हो, यो ० डिग्री अक्षांस रेखा हो।

➡ १८० डिग्री देशान्तर रेखा अन्तराष्ट्रिय तिथि रेखा हो।

➡ सहारा मरुभूमि अफ्रिकामा, गोबी मरुभूमि मंगोलियामा, अटाकामा चिलीमा, काराकुम तुर्कमेनिस्तानमा, पाटागोनिया मरुभूमि अर्जेन्टीना र चिलीमा, थार मरूभूमी भारत र पाकिस्तानमा, कालाहारी बोस्वानामा, भिक्टोरिया अष्टेलियमा पर्दछन्।

➡ सियुम वायु अरविय क्षेत्रमा, सिरेटो सहारा मरुभूमिमा, पम्पेरो दक्षिण अमेरिकामा, टाइफुन पश्चिम प्रशान्त क्षेत्रमा, विलीविली अष्टेलियमा बहने बायुका नाम हुन्।

पुराना नामः निप्पन जापानको, पर्सिया इरानको, गोल्डकोष्ट घानाको, बर्मा म्यानमारको, बाटामिया जाकार्ताको पुराना नाम हुन्।

नामले चिनिनेः भुकम्पको देश जापान, चट्याङको देश भूटान, हजारौ हात्तीको देश लाओस, युरोपको बिरामी टर्कि, नाइल नदीको बरदान इजिप्ट, चिनीको भाडो क्यूवा, आसुको ढोका जेरुसेलम, हराएको शहर पेरु नामले चिनिन्छ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post