प्रश्न र समाधान

 १. सापेक्ष शब्दले सकारात्मक र निरपेक्षले नकारात्मक अर्थ बुझाउछ ?

सापेक्ष शब्दले स्वतन्त्र रुपले रहेको नभएर अर्कोसंग सम्बद्ध भएको वा अर्कोसंगको तुलनायोग्य भन्ने अर्थ दिन्छ भने निरपेक्ष शब्दले अर्कोसंग सम्बद्ध नभएको वा कसै वा केहीसंग तुलना गर्न नमिल्ने स्वतन्त्र र अलग भन्ने अर्थ दिन्छ । तपाईले भने जस्तो सापेक्षको अर्थ सकारात्मक र निरपेक्षको अर्थ नकारात्मक होइन ।

२. सामाजिक सुरक्षाका सबै कार्यक्रमहरु सकारात्मक विभेदका कार्यक्रम भित्र पर्दछन ?

सामाजिक सुरक्षा र सकारात्मक विभेद फरक विषय हुन । सामाजिक सुरक्षा नीतिले समाजद्धारा स्वीकार गरिएका जोखिम र संकटावस्थाका व्यक्ति तथा समुहको जीवनको  अस्तित्वलाइ सुरक्षित तुल्याउने ध्येयले न्यूनतम आवश्यकताको सम्बोधन गर्न आवश्यक वित्तीय तथा अन्य सहायता एवं सुविधाको सुनिश्चित गर्दछ भने सकारात्मक विभेदले समाजमा पछि परेका वा पारिएका वर्ग, समूहलाई उनीहरुको पछौटे अवस्थाबाट बाहिर ल्याई मूल प्रवाहमा आवद्ध गर्न वा मूल प्रवाहका वर्ग, समूह सरह समान तुल्याउन गरिने फरक वा विशेष व्यवहारलाई बुझाउँछ ।

त्यसैले सामाजिक सुरक्षा र सकारात्मक विभेद सामाजिक न्याय तथा सामाजिक समानताका औजार हुन । यी दुबै सामाजिक पुनर्वितरण र सामाजिक समताका विधि हुन । तर सामाजिक सुरक्षा सकारात्मक विभेदको वा सकारात्मक विभेद सामाजिक सुरक्षाको अंग वा परिपुरक चाहीं होइनन ।

३. वातावरण ह्रास र वातावरण प्रदुषणमा के फरक छ ?

वाततावरण प्रदुषणले वातावरणको गुणस्तर र स्वच्छतामा ह्रास ल्याउँछ जसलाई नै वातावरण विनास वा वातावरण ह्रास भनिन्छ । त्यसैले वातावरण प्रदुषण वातावरण ह्रासको एउटा कारक हो । वातावरण ह्रास परिणाम हो भने प्रदुषण सो को कारण हो ।

४. तुलनात्मक लाभका क्षेत्र भन्नाले के बुझ्ननुपर्छ ?

कुनै वस्तु वा सेवाको उत्पादन लागत अन्य मुलुकका तुलनामा अाफ्नाे  मुलुकमा कम लाग्ने अवस्था छ भने त्यस्तो वस्तु वा सेवाको क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्र भनिन्छ । यस्तो अवस्थामा कुनै मुलुकले आफुले सस्तोमा उत्पादन गर्न सक्ने वस्तु वा सेवाको उत्पादनमा केन्द्रित भई अाफ्नाेमा भन्दा कम लागतमा अर्को मुलुकले उत्पादन गर्न सक्ने वस्तु वा सेवा सोही मुलुकलाई उत्पादन गर्न छोडिदिन्छ र आफ्नाे सस्तोमा उत्पादन गरेको वस्तु त्यस्तो मुलुकमा निर्यात गरी सो मुलुकले सस्तोमा उत्पादन गरेको वस्तु वा सेवा आफूले आयात गर्ने गरी व्यापारिक अन्तरसम्बन्ध कायम गर्छ । यसलाई तुलनात्मक लाभको सिद्धान्त भनिन्छ र यही सिद्धान्तका आधारमा अन्तराष्ट्रिय व्यापार सम्भव भएको हो ।

५. ऐन, नियम, गठन आदेश र अध्यादेश तर्जुमामा सैद्धान्तिक सहमतिको अवधारणा लेख्नुहोस् ।

सैद्धान्तिक सहमति भनेको कुनै कानून तर्जुमा गर्नु पूर्व सोको अवधारणापत्र निर्माण गरी मन्त्रिपरिषदमा पेश गरेर मन्त्रिपरिषदले सो अवधारणा पत्रको अध्ययन तथा विश्लेषण गरी सो बमोजिम कानून बनाउनु उचित छ भन्ने ठानेमा कानून तर्जुमा प्रकि्रया अगाडि बढाउन विषयगत मन्त्रालयलाई स्वीकृती वा सहमति प्रदान गर्ने कार्य हो । कुनै पनि नर्या कानून बनाउनु पर्दा विषयगत मन्त्रालयले सर्वप्रथम मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमतिप्राप्त गर्नु पर्दछ ।

६. शासन र सुशासनका समानता र भिन्नता प्रकाश पार्नुहोस् ।

शासन र सुशासन भिन्नता नै छुट्याउनु पर्ने गरी फरक विषय होइनन् । सुशासन शासनको पछिल्लो अवधारणा हो । यसको अर्थ शासनलाई सहभागिता, पारदर्शिता, उत्तरदायित्व र कानूनमा आधारित बनाएर खुला र पूर्वानुमानयोग्य बनाउनु भन्ने हुन्छ । त्यसैले सुशासन शासनभन्दा फरक अवधारणा नभएर शासनकै उन्नत र सुधारात्मक प्रयत्न हो ।

यद्यपि भिन्नता लेख्नु भनेरै सोधिएको अवस्थामा शासनलाई क्रियाकलाप, संरचना, प्रणाली र नियमहरुको समष्टि रुपमा समग्रतामा र सुशासनलाई शासनको सुधारात्मक उपायका रुपमा प्रस्तुत गर्न सकिन्छ ।

७. नेपालमा भ्रष्टाचार वृदि्ध हुनुको प्रमुख कारण सुचनाको हक र पारादर्सिताको प्रभावकरिता नहुनु हो, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

यस प्रश्नको उत्तर लेख्दा भ्रष्टाचार नियन्त्रणमा सूचनाको हक र पारदर्शिताको भूमिका उल्लेख गर्दै नेपालमा सूचनाको हक र पारदर्शिताको अवस्था र त्यसले भ्रष्टाचार नियन्त्रण गर्नमा खेलेको भूमिका अलग अलग शीर्षकमा बुँदागत रुपमा लेख्न सकिन्छ ।

८. नेपालको आर्थीक कार्यप्रणालीबारे चर्चा गर्नुहोस भन्ने १० नम्बरकोे प्रश्नमा कुन–कुन कुरालाई समेट्नु पर्छ ?

यस प्रश्नको उत्तर लेख्दा संविधानको भाग १० मा उल्लिखित संघीय आर्थिक कार्यप्रणाली बुँदागत रुपमा लेख्नु पर्दछ र अन्तिममा एउट अनुच्छेदमा यसैगरी संविधानले क्रमशः भाग १६ र १९ मा प्रादेश र स्थानीय आर्थिक कार्यप्रणाली समेत तोकेको छ भनी उल्लेख गर्नुपर्दछ ।

९. सरकारको आर्थीक कार्यप्रणालीको बारेमा लेख्दा – सरकारको आर्थिक कार्यप्रणालीको परिचय लेखेर संघको आर्थिक कार्यप्रणालीको १० वटा धारा उल्लेख गरे उत्तर पुग्छ ?

यो प्रश्नको उत्तर केवल संघीय आर्थिक कार्यप्रणालीका १० वटा धाराहरु मात्र उल्लेख गरेर पूर्ण हुँदैन । त्यसभित्र भएका व्यवस्था समेत संक्षेपमा लेख्नु आवश्यक हुन्छ । प्रदेश र स्थानीय तहको छुट्टा छुट्टै आर्थिक कार्य प्रणाली समेत संविधानले तोकेको छ भन्ने कुरा समेत उल्लेख गर्नु पर्छ तर तिनीहरुका व्यवस्थाहरु भने उल्लेख गरिरहनु पर्दैन ।

१०. संवैधानीक विकासक्रमको प्रश्न सामाधान गर्दा कुन–कुन कुरा समावेस गर्दा सान्दर्भिक हुन्छ ?

संवैधानिक विकासक्रम लेख्दा हरेक संविधानलाई तिनको विषयवस्तु, सन्दर्भ र प्रक्रिया को दृष्टिकोणबाट सबल र दुर्वल पक्षलाई अत्यन्तै संक्षेपमा अनुच्छेदमा  (एउटाको बढीमा ३-४ लाइनमा) लेख्नु राम्रो हुन्छ ।

११. नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको संविधान बिच तुलना गर्नुहोस् भन्ने प्रश्नको कसरी समाधान गर्न सकिन्छ ?

कुनै पनि दुई संविधानलाई तुलना गर्नु पर्यो भने दुबै संविधानका समान विशेषताहरु र भिन्न विशेषताहरुलाई अलग अलग शीर्षक दिएर लेख्नु पर्ने हुन्छ । त्यसपछि नेपाल अधिराज्यको संविधान, २०४७ भन्दा नेपालको संविधान के कति कारणले उन्नत र अग्रगामी छ भनी संक्षेपमा व्याख्या गर्नु राम्रो हुन्छ ।

१२. बस्तुगत प्रश्नमा एउटा प्रश्न छोड्दा पास हुने सम्भावना रहन्छ ? नराम्रो अक्षरले बस्तुगत प्रश्नमा के कति फरक पार्दछ ?

विषयगत प्रश्नमा १० नम्बरको एउटा प्रश्न छोडेर पास हुने सम्भावना ज्यादै न्यून हुन्छ । बाँकी ९ वटा प्रश्नको उत्तर अति उत्कृष्ठ हुँदा मात्र पास हुन सक्ने सम्भावना रहन्छ जुन कठिन कुरा हो । विषयगत उत्तर लेख्दा राम्रो नम्बर पाउन अक्षरको भूमिका महत्वपूर्ण हुन्छ । अक्षर राम्रो भन्दा पनि स्पष्ट बुझिने, मोटो, गाढा र अलि ठूलो हुनु पर्छ ।

१३. लामो प्रश्नमा कति ठुलो उत्तर लेख्दा ठिक हुन्छ ?

उत्तरको भोल्यूम भन्दा पनि कन्टेन्ट ज्यादा महत्वपूर्ण हुन्छ । त्यसैले कति अंकको प्रश्नमा कति पेज लेख्ने भन्ने कुनै नियम हुँदैन । सम्भव भए सम्म कम भोल्युममा मागेजती कुरा दिन सके समय व्यवस्थापन र परीक्षकको सहजता दुबैका हिसाबले राम्रो हुन्छ । तर पनि सामान्यतया ५ अंकको उत्तर एक देखि डेढ पेजसम्म र १० अंकको उत्तर दुई देखी ३ पेज सम्म लेख्न सकिन्छ । लेखाइको स्पिड, पेपर फोलि्डङ् गर्दा छोडिने मार्जिन र अक्षरको साइजले पनि भोल्यूम फरक पर्छ ।

१४. पाँच नम्बरको प्रश्नमा निष्कर्ष दिनु वा नदिनुले केही फरक पार्छ ?

पाँच नम्बरको प्रश्नमा निष्कर्ष लेखिरहनु पर्छ भन्ने छैन । मागेको कुरा बुँदागत रुपमा प्रस्तुत गर्दा हुन्छ । निष्कर्षमा खर्चने समय बरु थप कन्टेन्ट दिनमै प्रयोग गर्दा फाइदा हुन्छ ।

१५. सरकारका तीन तहबिच राजनैतिक,आर्थिक र प्रशासनिक अन्तरसम्बन्धबारे प्रष्ट पार्नुहोस् ? – १०

सरकारका तीन तह बीचको अन्तर सम्बन्ध संविधानले गरेको व्यवस्थाका आधारमा लेख्नु पर्छ । नेपालमा संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध पारस्परिक सहयोग, सहअसि्तत्व, सहकारिता र समन्वयमा आधारित छ । नेपालको संविधानको धारा ५१, ५६, ५७, ५८, २३२ र २३५ ले राजनीतिक अन्तर सम्बन्धलाई परिभाषित गरेका छन् । धारा ५९ र ६० ले आर्थिक अन्तरसम्बन्धको आधार तय गरेका छन् । त्यसैगरी धारा ५६, ५७, २३२, २३५, २२७ र २८५ ले प्रशासनिक अन्तरसम्बन्धलाई परिभाषित गरेका छन् । यो प्रश्नको उत्तर संविधानका यिनै व्यवस्थाहरुका आधार लेख्नु पर्ने हुन्छ ।

१६. सामाजिक समस्या र बिकृति सुधारका उपायहरु उल्लेख गर्नुहोस् ? – १०

यो प्रश्नको उत्तर लेख्दा समाजमा विद्यमान रहेका समस्या तथा विकृतिहरु संक्षेपमा उल्लेख गरी तिनको सुधारका उपाएलाई नीतिगत, संस्थागत, प्रशासनिक र आचरणगत सुधारमा समुहिकृत गरी बुँदागत रुपमा लेख्नु राम्रो हुन्छ ।

१७. सामाजिक द्धन्द्ध कारण, असर र द्धन्द्ध व्यवस्थापनका उपायहरु उल्लेख गर्नुहोस् ? – १०

यस प्रश्नको हकमा सर्बप्रथम सामाजिक द्धन्द्धको संकि्षप्त परिभाषा लेखी फरक फरक शीर्षकमा सामाजिक द्धन्द्धका कारण र असरहरुलाई बुँदागत रुपमा लेख्नु पर्छ । अर्को खण्डमा द्धन्द्ध व्यवस्थापनका उपाएहरु बुँदागत रुपमै लेख्नु पर्छ । कारणहरु लेख्दा राजनीतिक, सामाजिक, आर्थिक र जानसांखि्यक पक्षलाई छुटाउनु हुन्न । असर लेख्दा यस्ता कारणहरुले शानि्त, विकास, सामाजिक सहिष्णुता, स्थायित्व र राषि्टय एकता जस्ता विषयमा केनि्द्रत भएर लेख्नु पर्छ । द्धन्द्ध व्यवस्थापनका उपाएहरु लेख्दा माथि उल्लेख गरिएका कारणका पक्षहरुमै आधारित भएर ती कारणको समाधान गर्न निरोधात्मक र उपचारात्मक दुबै उपाएहरु लेख्नु पर्छ ।

१८. नेपालको विकासका पुर्वाधारहरुको विकासको अवस्थाबारे प्रष्ट पार्नुहोस् ? – १०

यो प्रश्नको उत्तर लेख्दा तथ्यांकहरुमा आधारित भएर लेख्नु पर्छ । पूर्वाधार अन्तर्गत सडक यातायात, सिंचाई, खानेपानी, सहरी विकास, ऊर्जा जस्ता क्षेत्रहरुलाई छुटाउनु हुन्न । यी क्षेत्रहरुको सि्थतिलाई तथ्यांकमा प्रस्तुत गरे पछि संक्षेपमा पूर्वाधार विकासमा रहेका समस्या तथा कम्जोरीहरुको समेत चर्चा गर्नु पर्दछ।

१९. पाठ्यक्रमको अन्त्यतिर विभिन्न ऐन छन्, जस्तै– स्थानीय सरकार ऐन– ०७४ । यस ऐनमा धेरै लामो र सबै कुरा उल्लेख गरेको छ, के यो सबै अनिवार्य पढ्नुपर्छ ? यसलाई कसरी पढ्दा उपयुक्त र सहज होला ? 

ऐनहरू पढ्दा त्यसका उद्देश्य, विशेषता र प्रमुख व्यवस्था बनाएर पढ्नुपर्छ । यसका लागि एकपटक ऐन राम्रोसँग पढ्नुपर्छ र सोका आधारमा उद्देश्य, सिद्धान्त, विशेषता र प्रमुख व्यवस्था बनाउनुपर्छ । उद्देश्य र सिद्धान्त प्रस्तावनाका आधारमा बनाउन सकिन्छ भने विशेषताहरू प्रस्तावना र ऐनका व्यवस्थाका आधारमा बनाउन सकिन्छ । ऐनका प्रमुख व्यवस्था ऐनमा उल्लिखित दफाका टाइटलका आधारमा थाहा पाउन सकिन्छ ।

२०. स्थानीय तहको राजस्व परिचालन भन्नाले संकलित राजस्वको सदुपयोग तथा खर्चका क्षेत्रहरू हुन् भन्ने बुझाइ भेटियो । के यो ठिक हो ?

राजस्व परिचालन भनेको विभिन्न स्रोतहरूबाट राजस्व संकलन गर्ने कार्य हो । स्थानीय तहको राजस्व परिचालनमा स्थानीय तहले कुन–कुन क्षेत्रमा कर लगाउने र राजस्व संकलन गर्ने भन्ने विषयहरू पर्छन् । स्थानीय तहको राजस्व परिचालनका मूलतः आन्तरिक स्रोत र बाह्य स्रोत गरी दुई स्रोत हुन्छन् । आन्तरिक स्रोतमा कर राजस्व र गैरकर राजस्व पर्छन् भने बाह्य स्रोतमा अन्तर–सरकारी वित्तीय हस्तान्तरण र स्थानीय ऋण पर्छन् । अन्तरसरकारी वित्तीय हस्तान्तरणमा संघ र प्रदेशले हस्तान्तरण गर्ने समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान पर्छन् । स्थानीय तहको राजस्व परिचालनमा यिनै विषयको अध्ययन गरिन्छ । 

२१. राजस्व र करमा के फरक छ ? प्रस्ट पार्नुहोस् । 

सरकारलाई प्राप्त हुने सबैखाले आम्दानी राजस्व हो भने कर भन्नाले व्यक्तिको आम्दानी वा व्यवसायको मुनाफा वा कुनै वस्तु, सेवा वा कारोबारमा भएको मूल्य अभिवृद्धिबापत राज्यलाई अनिवार्य रूपमा तिर्नुपर्ने तिरो हो । त्यसैले राजस्व सरकारको समग्र आय हो भने कर राजस्वको प्रमुख स्रोत हो । 

२२. कानुन–निर्मित निकायहरू भन्‍नाले कुन–कुन निकायलाई जनाउँछ ?

कानुन निर्मित निकायहरू भनेका कुनै खास एवं विशिष्ट प्रकृतिको कार्य व्यावसायिक एवं स्वायत्त तवरले सम्पादन गर्न कानुनद्वारा स्थापित स्वायत्त निकाय हुन् । यिनीहरूको गठन, काम, कर्तव्य र अधिकार एवं कार्यविधि कानुनले नै तोकेको हुन्छ । प्राधिकरणहरू, विकास समितिहरू, सार्वजनिक संस्थानहरू, बोर्डहरू आदि यस्ता कानुन निर्मित निकायका उदाहरण हुन् । 

२३. जनताको कर्तव्य र जिम्मेवारीबीच के फरक छ ?

कर्तव्य र जिम्मेवारी फरक–फरक कुरा होइनन् । त्यसैले जनताका कर्तव्य र जिम्मेवारीको एउटै अर्थ लाग्छ । 

२४. आन्तरिक नियन्त्रण र आन्तरिक लेख‍ापरीक्षण एकै हुन् वा यी दुईबीच केही भिन्नता छ ?

आन्तरिक नियन्त्रण भन्नाले कुनै संगठन वा व्यवसायमा प्रक्रिया, स्रोत–साधन, नतिजा र गुणस्तरको सुनिश्चितताका लागि व्यवस्थापनले संगठनभित्रैबाट विभिन्न विधिको प्रयोग गरी गर्ने नियन्त्रणलाई बुझिन्छ । आन्तरिक लेखापरीक्षण यस्तो आन्तरिक नियन्त्रणअन्तर्गत वित्तीय नियन्त्रण कायम गर्ने विधि हो ।  

२५. नेपालमा कानुन निर्माणको प्रक्रियाबारे उल्लेख गर्नुहोस् । यस प्रश्नको उत्तर लेख्दा विधायिकाबाहेकका निकायको सक्रियतामा कानुन निर्माण गर्ने प्रक्रिया लेख्ने वा विधायिकाको आफ्नै सक्रियतामा कानुन निर्माण प्रक्रिया उल्लेख गर्ने ?

कानुन निर्माण प्रक्रिया लेख्दा विषयगत मन्त्रालय हुँदै मन्त्रिपरिषद्बाट स्वीकृत भएको विधेयकलाई संसद्मा दर्ता गरेपछि संसदीय प्रक्रियाबाट विधेयकमा छलफल, संशोधन र स्वीकृतिसम्मका सम्पूर्ण प्रक्रिया लेख्नुपर्छ । यदि सांसदले निजी विधेयक संसद्मा दर्ता गर्छन् भने त्यस्ता विधेयकको हकमा कानुन निर्माण प्रक्रियामा संसद्भित्र हुने क्रियाकलाप मात्र समेटिन्छन् ।

२६. समावेशी आर्थिक वृद्धि भन्नाले के बुझिन्छ ?

समावेशी आर्थिक वृद्धि भन्नाले आर्थिक वृद्धिका प्रक्रियामा सबै वर्ग, समुदाय, लिंग, जाति, क्षेत्र र उमेरका मानिसको संलग्नता हुने गरी र वृद्धिका लाभहरूको यस्ता सबै समूहबीच समान वितरण हुने गरी गरिने आर्थिक वृद्धिलाई बुझिन्छ ।  

२७. वर्तमान संरचनामा प्रदेश र स्थानीय राजस्व अधिकार परिचालन भनिएको छ । बजारमा उपलब्ध सबै किताबमा एकरूपता पाइँदैन । कसैमा संविधानको धारा नै उल्लेख गरिएका छन् त कसैमा टेबल बनाएर प्रस्तुत गरिएको छ । यसलाई कसरी लेख्दा परीक्षामा प्रभावकारी होला ?

विषयवस्तुलाई प्रस्तुत गर्ने आ–आफ्नै शैली हुन सक्छन् । प्रदेश र स्थानीय तहको राजस्व अधिकार संविधानको धारा उल्लेख गरेर बुँदागत रूपमा लेख्दा वा तुलनात्मक रूपमा टेबलमा लेख्दा दुवै सही नै हुन्छ । मुख्य कुरा जुन शैलीमा लेखे पनि संविधानका व्यवस्थामा आधारित भएर नै लेख्नुपर्छ । टेबलमा लेख्ने हो भने पृष्ठभूमिमा संविधानका भाग र धारा उद्धृत गरी विषयवस्तुलाई भने टेबलभित्र राख्न सकिन्छ वा तेस्रो विकल्प पृष्ठभूमिमै भाग र धारा उद्धृत गरी व्यवस्थाहरूलाई प्रदेश र स्थानीय तहमा छुट्याई बुँदागत रूपमा मात्र लेख्न पनि सकिन्छ ।

२८. नेपालको भौगोलिक वातावरणले जनजीवनमा पारेको प्रभाव र हावापानीले पारेको  प्रभावको उत्तर एउटै ढाँचाबाट लेख्दा हुन्छ वा फरक–फरक ढाँचाबाट उत्तर लेख्दा राम्रो होला ? जस्तै– कसैमा सकारात्मक र नकारात्मक छुट्याएको छ त कसैमा प्रत्येक तत्वहरू लेखी प्रभाव लेखिएको पाइन्छ । यसमा कुन तरिका राम्रो हो ?

नेपालको भौगोलिक वातावरण र हावापानी भौगोलिक स्थानअनुसार फरक–फरक रहेको र प्रत्येक स्थानको भिन्न वातावरण वा हावापानीको सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव हुने हुँदा भौगोलिक वातावरण र हावापानीको वर्गीकरणअनुसार प्रत्येकको सकारात्मक र नकारात्मक प्रभाव लेख्नुपर्छ । तर, सामान्य व्यवस्थापनलाई ध्यान दिई सीधै बुँदागत रूपमा र प्रत्येकको सकारात्मक प्रभाव तीन–चारवटा र नकारात्मक प्रभाव तीन–चारवटा बुँदामा मात्र लेख्नुपर्छ ।

२९. द्वन्द्व व्यवस्थापन गर्ने तरिका र प्रक्रिया एउटै हो ? किताबमा समग्रमा लेखेको भेटिन्छ  र कुनैमा छुट्टाछुट्टै लेखेको हुन्छ । वास्तविक कुन राम्रो हो ?

द्वन्द्व व्यवस्थापनको तरिका भन्नाले यसका विधि, ढाँचा, उपाय वा रणनीतिलाई बुझिन्छ भने यसको प्रक्रिया भन्नाले द्वन्द्व व्यवस्थापनका क्रमबद्ध क्रियाकलाप, विधि वा चरणलाई बुझिन्छ । त्यसैले द्वन्द्व व्यवस्थापनका तरिका र प्रक्रिया फरक–फरक कुरा हुन् । 

३०. कुनै पनि प्रश्नको अवधारणा प्रस्ट पार्नुहोस् भन्ने प्रश्नमा सबै किताबमा एउटै भेटिँदैन कुनैमा परम्परागत, आधुनिक लेखेको भेटिन्छ भने कसैमा विकासक्रम रूपमा लेखेको हुन्छ । यसको उत्तर कसरी लेख्ने ?

अवधारणा भनेको बुझाइ, धारणा, अर्थ वा विचार हो । त्यसैले कुनै पनि विषयको अवधारणा लेख्दा त्यो भनेको के हो भनी सोको अर्थ, परिचय वा परिभाषा, विशेषता, क्षेत्र, मान्यताजस्ता कुरा समेटिनुपर्ने हुन्छ । अन्तिममा एक–दुई वाक्यमा सो अवधारणाको उत्पत्ति र विकासक्रमसमेत लेख्नु राम्रो हुन्छ । 

३१. उत्तर लेख्दा शीर्षक राखेर लेख्दा राम्रो भन्छन् । कुनै आफूलाई आउने प्रश्नको मात्र शीर्षक राख्दा अंकमा फरक पर्छ कि सबैमा अनिवार्य हो ?

उत्तर लेख्दा प्रश्नले मागेका विषयवस्तुको अलग–अलग शीर्षक दिएर लेख्नाले उत्तरमा सबै पक्ष सन्तुलित रूपमा समेटिने र कुनै पनि कुरा नछुट्ने हुन्छ । त्यसैले सम्भव भएसम्म सबै प्रश्नको उत्तर शीर्षक छुट्याई लेख्नु राम्रो हुन्छ । तर, कुनै प्रश्नको शीर्षक छुट्याउन सकिएन भने कुनै उत्तर शीर्षक छुट्याएर र कुनै नछुट्याएर लेख्दा पनि फरक पर्दैन । 

३२. शीर्षक अंग्रेजीमा लेख्दा केही फरक पर्छ ? त्यसैगरी उत्तरको बीचमा अंग्रेजी शब्द लेख्दा कुनै फरक पर्छ ?

उत्तर लेख्दा माध्यम भाषा नेपाली बनाउनुहुन्छ भने बीच–बीचमा आवश्यक भएको अवस्थामा अंग्रेजी शब्द लेख्न सकिन्छ । त्यसैगरी बढी उपयुक्त लागेको अवस्थामा शीर्षक–उपशीर्षकसमेत अंग्रेजीमा लेख्न सकिन्छ । यद्यपि अनावश्यक र भद्दा लाग्ने ढंगले अंग्रेजी शब्दको प्रयोग गर्नाले भने उत्तर अनाकर्षक बन्छ । 

३३. रोगको परिचय दिई यसको मानसिक, शारीरिक, सामाजिक आयामको चर्चा गर्नुहोस् ? आयाम भन्नाले के बुझिन्छ ?

यो प्रश्नमा आयाम भनेर पक्षलाई भनिएको हो । त्यसैले यस प्रश्नमा रोगले व्यक्तिको मानसिक, शारीरिक र सामाजिक पक्षमा कस्तो असर पार्छ लेख्नुहोस् भन्न खोजेको हो ।

३४. सार्वजनिक खरिद ऐनका विशेषता लेख्नुहोस् भन्ने प्रश्नमा कस्ता कुरा लेख्नुपर्छ ?

कुनै पनि ऐनको विशेषता लेख्दा त्यस ऐनले प्रस्तावनामा उल्लेख गरेका विषय र ऐनका प्रमुख व्यवस्थाकै आधारमा लेख्नुपर्ने हुन्छ । यसभित्र उद्देश्य, सिद्धान्त, मान्यता, विशिष्ट व्यवस्था, क्षेत्र, लक्षित वर्ग वा समुदाय, कार्यान्वयन संयन्त्र, विगतका यस्तै ऐनका तुलनामा वर्तमान ऐनमा भएका नयाँ र महŒवपूर्ण व्यवस्था आदि कुरा समेट्न सकिन्छ । 

३५. सामाजिक सुरक्षाका अंगअन्तर्गत के–के पर्छन् ?

सामाजिक सुरक्षाका अंगमा सामाजिक सहायता, सामाजिक बिमा र श्रमबजार कार्यक्रम गरी तीनवटा विषय पर्छन् । सामाजिक सहायतामा सरकारले विनायोगदान निश्चित मापदण्ड पूरा गरेका व्यक्तिलाई तोकिएअनुसारको सहायता प्रदान गर्छ । सामाजिक बिमामा व्यक्तिको समेत योगदानका आधारमा वा सरकारले व्यक्तिको योगदानविना नै अग्रिम रूपमा कोषको व्यवस्था गरेर परेको अवस्थामा त्यस्तो कोषबाट सुरक्षा उपलब्ध गराउँछ । त्यसैगरी श्रमबजार कार्यक्रमअन्तर्गत सरकारले सामाजिक सुरक्षाको सुनिश्चितता गर्न व्यक्तिलाई श्रम गर्न लगाई नगद हस्तान्तरण गर्ने व्यवस्था मिलाउने गर्छ ।

३६. प्रश्नको शीर्षकमाथि समीक्षा गर्नुहोस् भनेमा कसरी उत्तर लेख्न सकिन्छ ?

समीक्षा गर्नुहोस् भन्ने प्रश्नको उत्तर लेख्दा सम्बन्धित विषयका सम्बन्धमा विद्यमान व्यवस्थाको संक्षेपमा चर्चा गरी त्यसबाट प्राप्त उपलब्धि र त्यसमा रहेका कमजोरी वा समस्यालाई बुँदागत रूपमा लेख्नुपर्छ । समीक्षा गर्दा अलग्गै मागेको अवस्थामा बाहेक सुझाब दिइरहनु भने पर्दैन ।

३७. वातावरण र विकासबीचको अन्तरसम्बन्ध प्रस्ट पार्नुहोस् ? यस प्रश्नको उत्तर लेख्दा कुनै कुरा नछुटाई कसरी लेख्न सकिन्छ ?

यो प्रश्नको उत्तर लेख्दा वातावरण र विकासलाई अलग–अलग एक–एक वाक्यमा परिभाषित गरी यी दुवै विषय अन्तरसम्बन्धित छन् भन्ने देखाउन अर्को एक वाक्य लेखेर त्यस्ता अन्तरसम्बन्धलाई वातावरणले कसरी विकासमा प्रभाव पार्छ र विकासले वातावरणमा कसरी प्रभाव पार्छ भन्ने कुरालाई बुँदामा लेख्नु राम्रो हुन्छ । प्रभाव लेख्दा सकारात्मक र नकारात्मक दुवैखाले प्रभाव लेख्नुपर्ने हुन्छ । 

३८. पारदर्शिता र सूचनाको हकबीच कुनचाहिँ बृहत् अवधारणा हो ? यी दुईबीचको समानता र भिन्नता कसरी लेख्न सकिन्छ ?

पारदर्शिता र सूचनाको हक कुनै एक ठूलो र अर्को सानो विषय होइनन् । तर, यिनीहरू एकअर्कामा अन्योन्याश्रित वा अन्तरसम्बन्धित विषय भने पक्कै हुन् । अर्को तरिकाले भन्नुपर्दा पारदर्शिता परिणाम हो भने सूचनाको हक पारदर्शिता कायम गर्ने औजार हो । सूचनाको हकले पारदर्शिता प्रवद्र्धन गर्न मद्दत गर्छ भने पारदर्शिता कायम गर्न सके सूचनाको हक कार्यान्वयन गर्न सजिलो हुन्छ । यही अर्थमा आधारित भएर यी दुई बीचको भिन्नतालाई टेबलमा तुलनात्मक ढंगले प्रस्तुत गर्नु राम्रो हुन्छ । 

३९. "अबको शासन भनेको नेै सुशासन हो ।" यस कथनलाई कसरी पुष्टि गर्न सकिन्छ ?

यस्तो कथनलाई पुष्टि गर्न सुशासनको परिभाषा, विशेषता, विधि र महत्वलाई संक्षिप्त रूपमा लेखी वर्तमान विश्वमा शासन प्रणालीबाट अपेक्षा गरिएका उपलब्धिको पहिचान गरेर सुशासनले त्यस्ता अपेक्षित उपलब्धि हासिल गर्न कसरी योगदान पु-याउँछ भनी लेख्नुपर्ने हुन्छ ।  

४०. व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले के बुझिन्छ ?

व्यवस्थापनको आधुनिक दृष्टिकोण भन्नाले सन् १९८० पछि विकास भएका व्यवस्थापनका नवीन अवधारणाले अघि सारेका मान्यता र सिद्धान्त बुझिन्छ । अर्थात् नयाँ सार्वजनिक व्यवस्थापन, सरकारको पुनः आविष्कार, नयाँ सार्वजनिक सेवा, नयाँ सार्वजनिक शासनजस्ता अवधारणाले अघि सारेका मान्यताको प्रयोग नै व्यवस्थापनको आधुनिक दृष्टिकोण हो ।

४१. मौलिक अधिकार र संवैधानिक अधिकार एउटै विषय हुन् वा फरक हुन् ?

मौलिक अधिकार भनेको संविधानले संवैधानिक उपचारको व्यवस्थासमेत गरी तोकेको जनताको राजनीतिक, नागरिक, सामाजिक तथा सांस्कृतिक एवं आर्थिक अधिकार हुन् । राज्यविरुद्धका नागरिक अधिकार मानिने मौलिक अधिकारको उल्लंघनविरुद्ध नागरिकले न्यायालयसमक्ष सीधै रिट निवेदन दिन सक्छन् भने न्यायालयले यस्ता रिट निवेदनको तत्काल सुनुवाइ गरी उपचार प्रदान गर्छ । संवैधानिक अधिकार भनेकोचाहिँ मौलिक अधिकारका अतिरिक्त संविधानले जनताका लागि व्यवस्था गरेका सबै अधिकार हुन् । मौलिक हकबाहेकका अन्य संवैधानिक अधिकारको संवैधानिक उपचारको व्यवस्था भने गरिएको हुँदैन ।

४२. किन आरक्षणलाई नकारात्मक धारणा र सकारात्मक विभेदलाई सकारात्मक धारणामा अधारित मानिन्छ ?

आरक्षणलाई नकारात्मक र सकारात्मक विभेदलाई सकारात्मक धारणा मान्नुपर्छ भन्ने छैन । आरक्षण र सकारात्मक विभेद दुवै समाजमा विगतदेखि पछाडि परेका वा पारिएका व्यक्ति वा समुदायलाई विशेष व्यवस्थाद्वारा राज्य संरचनामा मूल प्रवाहीकरण गर्ने प्रक्रिया हुन् । सामान्यतया आरक्षणले योग्यता प्रणालीमा असर गर्ने तर सकारात्मक विभेदले योग्यता प्रणालीको प्रवद्र्धन गर्नमा जोड दिने भएकाले आरक्षणलाई नकारात्मक र सकारात्मक विभेदलाई नकारात्मक धारणामा आधारित भनिएको हुन सक्छ । 

४३. राज्य पुनर्संरचना र संघीयता भनेको एउटै विषय हो ?

राज्य पुनर्संरचना भन्नाले राज्यको विद्यमान स्वरूप, शासकीय प्रणाली, संरचना र संस्थाहरूमा फेरबदल, पुनरावलोकन एवं समायोजन गर्ने प्रक्रिया हो । संविधान निर्माण वा भइरहेकै संविधानको परिमार्जन वा पुनर्लेखनमार्फत राज्य पुनर्संरचना गर्ने गरिन्छ । संघीयता राज्यशक्तिको दुई वा दुईभन्दा बढी तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राज्यको स्वरूप हो । त्यसैले एकात्मक व्यवस्थामा परिवर्तन गरी संघीय व्यवस्थामा राज्यको स्वरूपलाई रूपान्तरण गर्ने प्रक्रिया पनि राज्य पुनर्संरचना नै हो । तर, राज्य पुनर्संरचना राज्यको संघीयकरणभन्दा थप कुरा पनि हो । राज्यको संघीयकरणचाहिँ राज्यको राजनीतिक पुनर्संरचना हो भने यसबाहेक राज्य पुनर्संरचनाका आर्थिक पुनर्संरचना, सामाजिक सांस्कृतिक पुनर्संरचना र प्रशासनिक पुनर्संरचनाजस्ता पक्षसमेत हुन्छन् ।

४४. अदालतबाट लागू नै हुन नसक्ने राज्यका नीति निर्देशक सिद्धान्तहरू संविधानमा राख्नुको आवश्यकता र औचित्यबारे उल्लेख गर्नुहोस् ।

राज्यको निर्देशक सिद्धान्तहरू मुलुकलाई बृहत् स्तरबाट दिशानिर्देश गर्ने मार्गदर्शन हुन् । यिनीहरूले मूलतः राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र परराष्ट्र मामिला सम्बन्धमा समष्टिगत मार्गदर्शन तय गरेका हुन्छन् । राज्यले विभिन्न ऐन, नियम, नीति, योजना, कार्यक्रम आदि तर्जुमा गर्दा यस्ता सिद्धान्तको अध्ययन गरी तिनीहरूअनुकूल हुने गरी गर्नुपर्ने हुन्छ । यद्यपि निर्देशक सिद्धान्तमा उल्लेख भएका विषयहरूको कार्यान्वयन नभएको विषय अदालती अनुसन्धानको विषय बन्दैन । यिनीहरूलाई राज्यले आफ्नो क्षमताका अधारमा क्रमशः कार्यान्वयन गर्दै लानुपर्ने हुन्छ ।

४५. कर्मचारीतन्त्रमा Red Tap is भनेको के हो ?

लाल फिलाशाही भनेको कर्मचारीतन्त्रमा रहेको विद्यमान ढिलासुस्ती वा समयमै काम सम्पन्न नगर्ने प्रवृत्ति हो । रातो फित्ताले फाइल बाँधेर थन्क्याउने र कहिले त्यसलाई नखोल्ने विकृति लाल फित्ताशाही हो । 

४६. स्रोत–साधन वितरणमा सीमान्तीकरण भन्नाले के बुझिन्छ ? वितरणमा यसले कस्तो प्रभाव पार्न सक्छ ?

स्रोत–साधनको वितरण गर्दा न्यायोचित, समान र सन्तुलित एवं समन्यायिक ढंगले नगर्दा यसको लाभबाट वञ्चित हुने वर्ग–समूह क्रमशः किनारा लाग्दै जाने प्रक्रियालाई स्रोत–साधनको वितरणका कारण हुने सीमान्तीकरण भनिन्छ । यसले समाजमा धनी र गरिबबीचको खाडल बढाउने, कमजोर वर्ग समूहलाई मूल प्रवाहभन्दा बहिर सीमित गर्ने, गरिबीलाई प्रश्रय दिने, स्रोतको वितरणमा सन्तुलन र विवेकशीलता र न्याय कायम नहुने, राज्यको कल्याणकारी दायित्व र संरक्षकारी भूमिका कमजोर हुनेजस्ता प्रभाव पर्छन् ।

४७. गाउँसभा र कार्यपालिका अथवा नगरसभा र कार्यपालिकाको गठन प्रक्रियाबारे लेख्नुहोस् । यस प्रश्नको उत्तर कसरी लेख्न सकिन्छ ?

स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले गाउँ–कार्यपालिका तथा गाउँसभा र नगर कार्यपालिका तथा नगरसभाको गठन, काम, कर्तव्य र अधिकार समावेश गरेको छ । त्यसैका आधारमा यो प्रश्नको उत्तर लेख्नुपर्ने हुन्छ ।

४८. प्रदेश र स्थानीय तहको राजस्व क्षेत्रबारे चर्चा गर्नुहोस् ?

प्रदेश र स्थानीय तहको राजस्वको क्षेत्र लेख्दा संविधानको धारा ५९ र ६० तथा अनुसूचीमा रहेका प्रदेश एवं स्थानीय तहका अधिकारका सूचीहरूका आधारमा लेख्नुपर्छ । धारा ५९ मा आर्थिक अधिकारको प्रयोगका सम्बन्धमा संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकारको क्षेत्रका विषयमा कानुन बनाउन सक्ने तथा धारा ६० ले तिनीहरूका आर्थिक अधिकारका क्षेत्रभित्रका विषयमा कर लगाउन एवं राजस्व उठाउन सक्ने व्यवस्था गरेको छ । संविधानको अनुसूची ६ को खण्ड (४) मा प्रदेशको र अनुसूची ८ को खण्ड (४) मा स्थानीय तहको राजस्वका क्षेत्रहरू तोकिएको छ । अनुसूची ९ को खण्ड (६) मा संघ, प्रदेश र स्थानीय तहको राजस्वका साझा क्षेत्रसमेत तोकिएको छ ।

४९. स्थानीय तहको अनुदान भनेको के हो ? यसमा कस्ता–कस्ता अनुदान पर्छन् ?

स्थानीय तहको अनुदान भनेको संघले वा प्रदेशले स्थानीय तहलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तय गरेको मापदण्ड र सूत्रका आधारमा हस्तान्तरण गर्ने अनुदानलाई बुझिन्छ । यस्ता अनुदानहरूमा समानीकरण अनुदान, ससर्त, विशेष र समपूरक अनुदान पर्छन् । 

५०. मौद्रिक नीति भनेको के हो ? यसले देशको अर्थतन्त्र कसरी सन्तुलित राख्न मद्दत गर्छ ?

मौद्रिक नीति भनेको बजारमा मुद्रा प्रवाहलाई सन्तुलित र नियन्त्रित तुल्याई वित्तीय स्थायित्व, आर्थिक वृद्धि तथा सामाजिक न्याय काम गर्न सरकारको मौद्रिक अधिकारी वा केन्द्रीय बैंकले जारी गर्ने नीति हो । यसले मूलतः बजारमा साख नियन्त्रण मुद्राको माग र आपूर्तिबीच सन्तुलन कायम गरी मुद्रास्फीति, ब्याजदर र विनिमयदरलाई स्थिर तुल्याएर अर्थतन्त्रलाई सन्तुलित तथा अनुशासित राख्न मद्दत गर्छ ।

५१. वैदेशिक सहायता र अन्तर्राष्ट्रिय सहयोगबीच के फरक छ ?

वैदेशिक सहायता भनेको विकासशील मुलुकको आर्थिक, सामाजिक विकासका लागि सामान्यतया विकसित मुलुकहरूले द्विपक्षीय वा बहुपक्षीय दातृ कायमार्फत अनुदान, ऋण वा प्राविधिक सहायताका रूपमा उपलब्ध गराउने वित्तीय, वस्तु तथा सामग्री एवं प्रविधिको समष्टि हो । 

अन्तर्राष्ट्रिय सहयोग भनेको दुई वा दुईभन्दा बढी मुलुकहरू साझा उद्देश्य प्राप्तिका लागि सँगसँगै मिलेर काम गर्ने प्रणाली हो । यसभित्र मुलुकहरूबीचको आर्थिक, राजनीतिक, वातावरणीय, सांस्कृतिक, भौगोलिक, रणनीतिक, व्यापारिकलगायतका कारणले हुने सबैखाले सहकार्य र साझेदारीका स्वरूपहरू पर्छन् । त्यसैले अन्तर्राष्ट्रिय सहयोग बृहत् हो भने वैदेशिक सहायता त्यसैको एउटा पक्ष हो । 

वैदेशिक सहायतालाई अन्तर्राष्ट्रिय सहयोग भन्न सकिन्छ तर अन्तर्राष्ट्रिय सहयोग वैदेशिक सहायता मात्र चाहिँ होइन ।

५२. स्थानीय सेवा भनेको निजामती सेवा हो वा होइन ?

नेपालको संविधानले गरेको व्यवस्थाका आधारमा स्थानीय सेवा भनेको निजामती सेवा होइन । यो गाउँ कार्यपालिका र नगर कार्यपालिकाले आ–आफ्नो प्रशासन सञ्चालन गर्न कानुनबमोजिम गठन गर्ने एक सरकारी सेवा हो ।

५३. गरिबी भनेको के हो ? यो कति प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका कारणहरू के–के हुन् । के गर्दा नेपालमा गरिबी निवारण हुुन सक्छ ।

गरिबी भनेको व्यक्तिको न्यूनतम जीवन निर्वाह गर्न आवश्यक पर्ने आम्दानीको अभावमा पछाडि परेको अवस्था हो । नेपालमा गरिबीलाई आम्दानीका आधारमा प्रतिदिन प्रतिव्यक्ति न्यूनतम १ दशमलव २५ अमेरिकी डलरभन्दा कम आय भएको अवस्था वा उपभोगका आधारमा प्रतिदिन प्रतिव्यक्ति २२२० क्यालोरी उपभोग गर्न सक्ने गरी आर्य आर्जन नभएको अवस्थाका रूपमा परिभाषित गर्ने गरिएको छ ।

गरिबी आय गरिबी, सामाजिक वञ्चितीकरण तथा बहिष्करणका कारण हुने गरिबी र मानवीय गरिबी गरी तीन प्रकारको हुन्छ । नेपालमा गरिबी घट्न नसक्नुका प्रमुख कारण गरिबको सही पहिचान नहुनु, गरिबीका कारणलाई नभई लक्षणलाई सम्बोधन गर्ने कार्यक्रम बन्नु, धेरै निकायमा छरिएर धेरै कार्यक्रमहरू सञ्चालन हुनु, कार्यक्रमहरू गरिबीको दिगो समाधान गर्नेभन्दा पनि अल्पकालीन समाधान गर्ने किसिमका हुनु, गरिबमुखी बजेट प्रणालीको अभाव हुनु, आर्थिक वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित कार्यक्रम न्यून हुनु, कृषिको आधुनिकीकरण र बजारीकरण गर्न नसकिनु, उद्योगधन्दाको विस्तार र उत्पादन तथा उत्पादकत्व वृद्धिका प्रभावकारी कार्यक्रम नहुनु, सामाजिक सुरक्षाको दायरामा ठूलो संख्याको जनसंख्यालाई समेट्न नसकिनुजस्ता कारणहरू जिम्मेवार छन् । गरिबी कसरी घटाउन सकिन्छ भन्ने प्रश्नको उत्तरमा भने यिनै कारणलाई सम्बोधन गर्ने गरी सुझाब दिनुपर्छ ।

५४. राज्यशक्ति भनेको के हो ?

सरकार वा राज्यसंस्था एवं संरचनाहरूले मुलुकको शासन सञ्चालन गर्न प्रयोग गर्ने शक्ति नै राज्यशक्ति हो । राज्यशक्ति कार्यकारी, विधायिकी र न्यायिक गरी तीन किसिमको हुन्छ । निरंकुशता र स्वेच्छाचारिता नियन्त्रण गरी नागरिकको स्वतन्त्रताको संरक्षण यी तीन प्रकृतिका अधिकार (कानुन बनाउने, कार्यान्वयन गर्ने र व्याख्या गर्ने)लाई तीन अलग–अलग अंगमा विभाजन गरी त्यस्ता अंगलाई एकअर्काबीच अन्तरसम्बन्धित र सन्तुलित तथा नियन्त्रित ढंगले सञ्चालन हुने व्यवस्था लोकतान्त्रिक मुलुकले मिलाएको हुन्छ ।  

५५. संघीयतालाई सहकारितामूलक बनाउन वर्तमान संविधानले व्यवस्था गरेका प्रावधान उल्लेख गर्नुहोस् ।

नेपालको संविधानले सहकारितामूलक संघीयताको मान्यतालाई देहायअनुसारका व्यवस्था गरेर आत्मसात् गरेको छः

  • पारस्परिक सहयोगमा आधारित संघीय प्रणालीको अवलम्बन गर्ने (धारा ५०)
  • संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सह–अस्तित्व, सहकारिता र समन्वयमा आधारित हुने (धारा २३२)
  • तीन तहबीचको सम्बन्धसम्बन्धी संघीय सरकारले कानुन बनाउने (धार २३५)
  • नेपाल सरकारले प्रदेश र स्थानीय तहलाई महŒवपूर्ण विषयमा निर्देशन दिन सक्ने र त्यस्तो निर्देशनका पालना गर्नु उनीहरूको कर्तव्य हुने 
  • संघीय कानुनसँग बाझिने गरी प्रदेश र स्थानीय तहले र प्रदेश कानुनसँग बाझिने गरी स्थानीय तहले कानुन बनाउन नपाउने 
  • प्रदेश लोकसेवा आयोगको कानुनसम्बन्धी मापदण्ड संघीय ऐनले तोेकेबमोजिम हुने
  • गाउँपालिका र नगरपालिकाको कार्यालय र कर्मचारीसम्बन्धी व्यवस्था प्रदेश कानुनबमोजिम हुने (धारा २२७)

५६. सापेक्ष शब्दले सकारात्मक र निरपेक्षले नकारात्मक अर्थ बुझाउँछ हो ?

सापेक्ष शब्दले स्वतन्त्र रूपले रहेको नभएर अर्कोसँग सम्बद्ध भएको वा अर्कोसँगको तुलनायोग्य भन्ने अर्थ दिन्छ भने निरपेक्ष शब्दले अर्कोसँग सम्बद्ध नभएको वा कसै वा केहीसँग तुलना गर्न नमिल्ने स्वतन्त्र र अलग भन्ने अर्थ दिन्छ । तपाईंले भनेजस्तो सापेक्षको अर्थ सकारात्मक र निरपेक्षको अर्थ नकारात्मक होइन ।

५७. सामाजिक सुरक्षाका सबै कार्यक्रमहरू सकारात्मक विभेदका कार्यक्रमभित्र पर्छन् ?

सामाजिक सुरक्षा र सकारात्मक विभेद फरक विषय हुन् । सामाजिक सुरक्षा नीतिले समाजद्वारा स्वीकार गरिएका जोखिम र संकटावस्थाका व्यक्ति तथा समूहको जीवनको अस्तित्वलाई सुरक्षित तुल्याउने ध्येयले न्यूनतम आवश्यकताको सम्बोधन गर्न आवश्यक वित्तीय तथा अन्य सहायता एवं सुविधाको सुनिश्चित गर्छ भने सकारात्मक विभेदले समाजमा पछि परेका वा पारिएका वर्ग, समूहलाई उनीहरूको पछौटे अवस्थाबाट बाहिर ल्याई मूल प्रवाहमा आबद्ध गर्न वा मूल प्रवाहका वर्ग, समूहसरह समान तुल्याउन गरिने फरक वा विशेष व्यवहारलाई बुझाउँछ । त्यसैले सामाजिक सुरक्षा र सकारात्मक विभेद सामाजिक न्याय तथा सामाजिक समानताका औजार हुन् । यी दुवै सामाजिक पुनर्वितरण र सामाजिक समताका विधि हुन् । तर, सामाजिक सुरक्षा सकारात्मक विभेदको वा सकारात्मक विभेद सामाजिक सुरक्षाको अंग वा परिपूरकचाहिँ होइनन् ।

५८. वातावरण ह्रास र वातावरण प्रदूषणमा के फरक छ ?

वातावरण प्रदूषणले वातावरणको गुणस्तर र स्वच्छतामा ह्रास ल्याउँछ, जसलाई नै वातावरण विनाश वा वातावरण ह्रास भनिन्छ । त्यसैले वातावरण प्रदूषण वातावरण ह्रासको एउटा कारक हो । वातावरण ह्रास परिणाम हो भने प्रदूषण सोको कारण हो ।

५९. तुलनात्मक लाभका क्षेत्र भन्नाले के बुझ्नुपर्छ ?

कुनै वस्तु वा सेवाको उत्पादन लागत अन्य मुलुकका तुलनामा आफ्नो मुलुकमा कम लाग्ने अवस्था छ भने त्यस्तो वस्तु वा सेवाको क्षेत्रलाई तुलनात्मक लाभको क्षेत्र भनिन्छ । यस्तो अवस्थामा कुनै मुलुकले आफूले सस्तोमा उत्पादन गर्न सक्ने वस्तु वा सेवाको उत्पादनमा केन्द्रित भई आफ्नोमा भन्दा कम लागतमा अर्को मुलुकले उत्पादन गर्न सक्ने वस्तु वा सेवा सोही मुलुकलाई उत्पादन गर्न छाडिदिन्छ र आफूले सस्तोमा उत्पादन गरेको वस्तु त्यस्तो मुलुकमा निर्यात गरी सो मुलुकले सस्तोमा उत्पादन गरेको वस्तु वा सेवा आफूले आयात गर्ने गरी व्यापारिक अन्तरसम्बन्ध कायम गर्छ । यसलाई तुलनात्मक लाभको सिद्धान्त भनिन्छ र यही सिद्धान्तका आधारमा अन्तर्राष्ट्रिय व्यापार सम्भव भएको हो ।

६०. ऐन, नियम, गठन आदेश र अध्यादेश तर्जुमामा सैद्धान्तिक सहमतिको अवधारणा लेख्नुहोस् ।

सैद्धान्तिक सहमति भनेको कुनै कानुन तर्जुमा गर्नुपूर्व सोको अवधारणा पत्र निर्माण गरी मन्त्रिपरिषद्मा पेस गरेर मन्त्रिपरिषद्ले सो अवधारणा पत्रको अध्ययन तथा विश्लेषण गरी सोबमोजिम कानुन बनाउनु उचित छ भन्ने ठानेमा कानुन तर्जुमा प्रक्रिया अगाडि बढाउन विषयगत मन्त्रालयलाई स्वीकृति वा सहमति प्रदान गर्ने कार्य हो । कुनै पनि नयाँ कानुन बनाउनुपर्दा विषयगत मन्त्रालयले सर्वप्रथम मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति प्राप्त गर्नुपर्छ ।

६१. शासन र सुशासनका समानता र भिन्नता प्रकाश पार्नुहोस् ।

शासन र सुशासन भिन्नता नै छुट्याउनुपर्ने गरी फरक विषय होइनन् । सुशासन शासनको पछिल्लो अवधारणा हो । यसको अर्थ शासनलाई सहभागिता, पारदर्शिता, उत्तरदायित्व र कानुनमा आधारित बनाएर खुला र पूर्वानुमानयोग्य बनाउनु भन्ने हुन्छ । त्यसैले सुशासन शासनभन्दा फरक अवधारणा नभएर शासनकै उन्नत र सुधारात्मक प्रयत्न हो । यद्यपि भिन्नता लेख्नु भनेरै सोधिएको अवस्थामा शासनलाई क्रियाकलाप, संरचना, प्रणाली र नियमहरूको समष्टिका रूपमा समग्रतामा र सुशासनलाई शासनको सुधारात्मक उपायका रूपमा प्रस्तुत गर्न सकिन्छ ।

६२. नेपालमा भ्रष्टाचार वृद्धि हुनुको प्रमुख कारण सूचनाको हक र पारदर्शिताको प्रभावकारिता नहुनु हो, यस भनाइलाई पुष्टि गर्नुहोस् ।

यस प्रश्नको उत्तर लेख्दा भ्रष्टाचार नियन्त्रणमा सूचनाको हक र पारदर्शिताको भूमिका उल्लेख गर्दै नेपालमा सूचनाको हक र पारदर्शिताको अवस्था र त्यसले भ्रष्टाचार नियन्त्रण गर्नमा खेलेको भूमिका अलग–अलग शीर्षकमा बुँदागत रूपमा लेख्न सकिन्छ ।

६३. नेपालको आर्थिक कार्यप्रणालीबारे चर्चा गर्नुहोस् भन्ने १० नम्बरको प्रश्नमा कुन–कुन कुरालाई समेट्नुपर्छ ?

यस प्रश्नको उत्तर लेख्दा संविधानको भाग १० मा उल्लिखित संघीय आर्थिक कार्यप्रणाली बुँदागत रूपमा लेख्नुपर्छ र अन्तिममा एउट अनुच्छेदमा यसैगरी संविधानले क्रमशः भाग १६ र १९ मा प्रदेश र स्थानीय आर्थिक कार्यप्रणालीसमेत तोकेको छ भनी उल्लेख गर्नुपर्छ ।

६४. सरकारको आर्थिक कार्यप्रणालीबारे लेख्दा सरकारको आर्थिक कार्यप्रणालीको परिचय लेखेर संघको आर्थिक कार्यप्रणालीको १० वटा धारा उल्लेख गरे उत्तर पुग्छ ?

यो प्रश्नको उत्तर केवल संघीय आर्थिक कार्यप्रणालीका १० वटा धारा मात्र उल्लेख गरेर पूर्ण हुँदैन । त्यसभित्र भएका व्यवस्थासमेत संक्षेपमा लेख्नु आवश्यक हुन्छ । प्रदेश र स्थानीय तहको छुट्टाछुट्टै आर्थिक कार्यप्रणालीसमेत संविधानले तोकेको छ भन्ने कुरासमेत उल्लेख गर्नुपर्छ, तर तिनीहरूका व्यवस्थाहरू भने उल्लेख गरिरहनुपर्दैन ।

६५. संवैधानिक विकासक्रमको प्रश्न सामाधान गर्दा कुन–कुन कुरा समावेश गर्दा सान्दर्भिक हुन्छ ?

संवैधानिक विकासक्रम लेख्दा हरेक संविधानलाई तिनको विषयवस्तु (Content), सन्दर्भ (Context) र प्रक्रिया (Process)को दृष्टिकोणबाट सबल र दुर्बल पक्षलाई अत्यन्तै संक्षेपमा अनुच्छेदमा (एउटाको बढीमा ३/४ लाइनमा) लेख्नु राम्रो हुन्छ ।

६६. नेपाल अधिराज्यको संविधान ०४७ र नेपालको संविधानबीच तुलना गर्नुहोस् भन्ने प्रश्नको कसरी समाधान गर्न सकिन्छ?

कुनै पनि दुई संविधानलाई तुलना गर्नुप-यो भने दुवै संविधानका समान विशेषता र भिन्न विशेषतालाई अलग–अलग शीर्षक दिएर लेख्नुपर्ने हुन्छ । त्यसपछि नेपाल अधिराज्यको संविधान, ०४७ भन्दा नेपालको संविधान के–कति कारणले उन्नत र अग्रगामी छ भनी संक्षेपमा व्याख्या गर्नु राम्रो हुन्छ ।

६७. सार्वजनिक नीति–निर्माण कसरी गरिन्छ ?

सार्वजनिक नीति–निर्माण गर्दा नीतिको विषय तय गर्ने, तय भएको विषयको विद्यमान अवस्थाको अध्ययन गर्ने, सोही विषयका सम्बन्धमा विगतमा भएका नीतिको पुनरावलोकन गर्ने, नीति अवधारणाको तर्जुमा, विश्लेषण र स्वीकृति गर्ने, नीति मस्यौदा तर्जुमा र छलफल एवं परामर्श गर्ने, नीतिको स्वीकृति र घोषणा गर्ने, नीति कार्यान्वयन कार्ययोजना बनाउने जस्ता चरणबद्ध क्रियाकलाप पूरा गरिन्छ । 

६८. सार्वजनिक नीति विश्लेषण भनेको के हो र यसको कार्य कसरी गरिन्छ ?

सार्वजनिक नीतिको विश्लेषण भनेको स्वतन्त्र, व्यावसायिक र प्राज्ञिक निकाय वा व्यक्ति वा व्यक्तिहरूको समूहद्वारा सार्वजनिक नीतिको वैज्ञानिक एवं वस्तुगत आधारबमोजिम निष्पक्ष रूपमा लेखाजोखा गर्ने, समस्याको पहिचान र व्याख्या गर्ने र सुधारका विकल्पको विकास र विश्लेषण गर्ने र लाभ–हानिको पूर्वानुमानसहितका सुझाबका विकल्प दिने कार्य हो । 

६९. सुपरीवेक्षण, अनुगमन र मूल्यांकनबीच के फरक छ ?

सुपरीवेक्षण प्रशासनिक संरचना र पदसोपानमा माथिल्लो तहको अधिकारी वा सुपरीवेक्षकले आफूमातहतको कर्मचारीको कामकारबाहीको रेखदेख गर्ने, कमजोरीहरूको पहिचान र सुधार गर्ने र सम्पादित कामको मूल्यांकन गरी दण्ड र पुरस्कारसँग आबद्ध गर्ने कार्य हो । 

अनुगमन भनेको खासगरी विकास आयोजना एवं कार्यक्रम वा सेवा प्रवाह प्रणालीको कार्यान्वयन अवस्थाको माथिल्लो तहको अधिकारी वा निकाय वा तोकिएको संयन्त्र वा समूहद्वारा नियमित रेखदेख गर्ने, अपेक्षित र प्राप्त उपलब्धिको तुलना गरी अन्तर पहिचान गर्ने र सुधारात्मक कदम चाली लक्ष्य प्राप्तिको दिशामा दिशानिर्देश गर्ने कार्य हो ।

मूल्यांकनचाहिँ कुनै पनि नीति, कार्यक्रम वा आयोजना निर्धारित लक्ष्य तथा उद्देश्य प्राप्त गर्नमा के–कति मात्रामा सफल होला वा भयो भनी तर्जुमाकै क्रममा र कार्यान्वयनपश्चात गरिने विस्तृत लेखाजोखा गरी नयाँ नीति, कार्यक्रम वा आयोजना निर्माणका लागि पृष्ठपोषण प्रदान गर्ने प्रक्रिया हो । यिनै परिभाषाहरूका आधारमा यी तीन विषयबीच भिन्नता देखाउनुपर्ने हुन्छ ।

७०. कानुनको शासन र सुशासनमा केही फरक छ वा उस्तै हो ?

सुशासन समग्र शासन प्रक्रियालाई सहभागितामूलक, पारदर्शी, उत्तरदायी र विधिमा आधारित तुल्याई सरकारलाई खुला र पूर्वानुमानयोग्य बनाउने अवधारणा हो । कानुनको शासन शक्तिको प्रयोग कानुनमुताबिक मात्र गर्न सकिने, कानुनको नजरमा सबै समान हुने वा कानुनभन्दा माथि कोही पनि नहुने, स्वविवेकीय र स्वेच्छाचारी शक्तिको प्रयोग गर्न नसकिने तथा मुलुकभित्रका सामान्य कानुनको उपजका रूपमा संविधान रहने पद्धति हो । कानुनको शासन सुशासनको एउटा पक्ष हो वा पूर्वसर्त हो । सुशासन बृहत् हो भने कानुनको शासन सुशासनकै एउट खम्बा हो । त्यसैले यी दुई विषय एकअर्कामा अन्तरसम्बन्धित र परिपूरक हुँदाहुँदै पनि एकै भने होइनन् । 

७१. विश्वव्यापीकरण र स्थानीयकरणमा के फरक छ ?

विश्वव्यापीकरण स्थानीय बजार, संस्कृति, विचार, वस्तु, प्रविधि, सूचना, पुँजी आदिको विश्वव्यापी प्रवाह, विस्तार र एकीकरणको प्रक्रिया हो भने स्थानीयकरण भनेको बाह्य विचार, संस्कृति, वस्तु, प्रविधि आदिलाई स्थानीय आवश्यकता, छनोट, सामाजिक, सांस्कृतिक, भौगोलिक एवं पर्यावरणीय विशेषताअनुकूल समायोजन, तिनीहरूबाट स्थानीय मानिस, संस्था वा राज्यले अधिकतम लाभ लिने वातावरणको विकास गर्ने प्रक्रिया हो । यी दुई परस्परविरोधी मान्यताजस्ता देखिए पनि एकअर्काका परिपूरक हुन् र एउटाबाट अर्कोले लाभ लिन सक्ने हुन्छ ।   

७२. परियोजना बैंक कस्तो अवधारणा हो ?

विकासका परियोजनाहरूको पहिचान, पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन तथा सम्भावित उपलब्धि र जोखिमको विश्लेषणसमेत गरी आयोजना चक्रको पहिचान र तयारी तथा विश्लेषणका सबै चरण पूरा गरेर विस्तृत आयोजना दस्ताबेज तयार गरी कार्यान्वयन गर्न ठिक्क अवस्थामा रहेका परियोजनाहरूको प्राथमिकताक्रमसहितको संग्रह तयार गरी राख्ने र वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सोही संग्रहबाट प्राथमिकताका आधारमा परियोजना लिई कार्यान्वयन गर्ने प्रयोजनका लागि बनाइएको परियोजनाहरूको संग्रह हो । 

७३. आयोजनाको प्राविधिक र वित्तीय जवाफदेहिता भन्नाले के  बुझिन्छ ?

आयोजनाको प्राविधिक जावफदेहिता भन्नाले आयोजना छनोटका क्रममा प्राविधिक पक्षको मूल्यांकन गरी प्राविधिक दृष्टिले आयोजना उपयुक्त छ भन्ने कुराको सुनिश्चितता गर्ने र कार्यान्वयनपछि प्राविधिक मापदण्ड र गुणस्तर तोकिएबमोजिम नै हासिल भएको छ भन्ने कुराको यकिन गरी सोको सार्वजनिकीकरण गर्ने वा सरोकारवालाले प्रश्न गर्दा सोको चित्तबुझ्दो जवाफ दिने सम्बन्धित अधिकारीको दायित्व हो । 

वित्तीय जवाफदेहिताले आयोजनाको वित्तीय कामकारबाही अनुशासित, नियम संगत, मितव्ययी, कुशल, प्रभावकारी र विवेकपूर्ण तवरले भएको छ भन्ने कुराको पुष्टि गर्न आयोजना तर्जुमाका क्रममा वित्तीय मूल्यांकन गर्ने, कार्यान्वयनका क्रममा सीमा र कानुनी प्रक्रियाभित्र रहेर खर्च गर्ने, नियमानुसार लेखा राख्ने, आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्ने–गराउने र प्रतिवेदन सार्वजनिक गर्नेजस्ता क्रियाकलापको समष्टिलाई जनाउँछ ।

स्रोतः प्रकाश दाहाल/नेपालवाच र नयाँ पत्रिका

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post