१.४ वनसम्पदा : अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरु

वन सम्पदाः

कुनै ठाउँको भूधरातल, हावापानी, माटो आदिले त्यस स्थानको वनस्पतिलाई प्रभावित गर्दछन् । हावापानीले वनस्पतिलाई प्रभावित गर्ने हुँदा यी दुईबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । नेपालको वातावरणीय संरक्षण र सन्तुलनमा वन सम्पदाको महत्वपूर्ण स्थान छ । सन् २०१४ को वन सर्वेक्षणले वनक्षेत्र ४४.७४ प्रतिशत पुगेको तथ्य देखाएको छ । विगतमा आवास तथा पुनर्वासका लागि धेर ठाउँहरूमा वन फँडानी गरियो भने कतिपय क्षेत्रहरूमा वनको अतिक्रमण भयो । 

नेपालको भूधरातल तथा वनजङ्गलको विविधताको आधारमा नेपालको वनस्पति जगतलाई निम्नलिखित पाँच समूहमा वर्गीकरण गर्न सकिन्छः   

(क) ऊष्णप्रदेशीय सदाबहार जङ्गल ( Sub Tropical Evergreen Forest ) 

  • तराई, भाबर, दुन, चुरे पर्वतको १,२०० मिटरसम्मको उचाइमा पाइने 
  • गर्मी र वर्षा यथेष्ट मात्रामा हुनेहुँदा यहाँका रूखहरू अग्ला, मोटा, बलिया र सँधै हरिया हुन्छन् । 
  • पूर्वदेखि पश्चिमसम्म समानान्तर रूपमा रहेको यो जङ्गल पहिले चार कोशसम्म फैलिएकाले यसलाई चारकोशे झाडी पनि भनिन्छ । 
  • यहाँ साल, सिसौ, खयर, सिमल आदि प्रमुख वनस्पतिका साथै साँवे, ढड्डी, गाँज पनि पाइन्छन् । 
  • यस जङ्गलमा हात्ती, गैँडा, बाघ, भालु, मृग आदि वन्यजन्तु पाइने हुँदा यो क्षेत्र आर्थिक तथा जैविक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ ।

(ख) समशीतोष्ण पतझर जङ्गल ( Temperate Deciduous Forest )

  • नेपालमा १,२०० मिटरदेखि २,१०० मिटरसम्मको उचाइसम्म चुरे पहाडकोे माथिल्लो भाग, मध्यभाग र महाभारत पवर्तको तल्लो भागमा 
  • तल्लो भाग सघन छायाँदार भए पनि माथिल्लो भाग चिसो हुनुका साथै तुसारो पर्ने भएकाले अधिकांश पातपतिङ्गर झर्ने हुँदा यो वन शृङ्खलालाई पतझर भनिएको हो । उच्च भागमा केही मात्रामा पतझर र कोणधारी रूखहरूको मिश्रित जङ्गल पाइन्छ । 
  • यहाँ पाइने कडा र नरम जातका सदाबहार, पतझर र कोणधारी रूखमध्ये साल, सल्ला, देवदारु, चाँप, कटुस, ओखर, गुराँस, पिपल, चिलाउने, वर, बाँस, सिमल, उत्तिस, पलाँस, लाकुरी प्रमुख हुन् ।

(ग) समशीतोष्ण सदाबहार कोणधारी (Coniferous Forest)

  • महाभारत पर्वतको माथिल्लो भाग तथा हिमालय पर्वतको तल्लो भागमा २,१०१ मिटरदेखि ३,३५० मिटरसम्मको उचाइमा कोणधारी जङ्गल पाइन्छ । 
  • वर्षैभरी चिसो र हिमपातले रूख र रूखका पातहरू कोणजस्तै चुच्चो परेका हुन्छन् । 
  • यहाँको माटो सेपिलो हुनेहुँदा सदाबहार जङ्गल हुन्छ । 
  • यहाँ मझौला नरम जातका रूख पाइने र यसमा पनि चाँप, सल्ला, देवदारु, कटुस, धुपी, सीमल, चिलाउने, बेतबाँस, उत्तिस, बाँस, गुँरास, भोजपत्र आदि उल्लेख्य मात्रामा रहेका छन् । 

(घ) लेकाली वनस्पति वा घाँसे मैदान ( Alpine Forest )

  • नेपालमा ३,३५१ मिटरदेखि ५,००० मिटरसम्मको उचाइमा कम तापक्रम र कम वर्षा हुने पहाडी तथा तल्लो हिमाली क्षेत्रमा पाइने वनस्पतिलाई लेकाली वनस्पति भनिन्छ । 
  • यो उचाइमा चिसो र शुष्क जलवायु पाइने हुँदा यहाँ अग्ला, मोटा र कडा जातका रूखहरू सप्रिन सक्दैनन् ।
  • लेकाली वनस्पतिमध्ये कम उचाइका गुराँस, निगाले र केही झाडीजस्ता रूखहरू ३,६०० मिटरसम्मको उचाइमा पाइन्छन् भने त्योभन्दामाथि ठुलाठुला  घाँसे मैदानहरू पाइन्छन् । 
  • माथिल्लो भागमा रङ्गीबिरङ्गीका बुकीफूल, जडीबुटीहरू पाइन्छन् । 

(ङ) शीत मरुभूमिको वनस्पति (Tundra Vegetation)

  • नेपालमा ५,००० मिटरको उचाइभन्दामाथि हिँउ पनेहुँदा यहाँ वनस्पतिहरू उम्रिन नसक्ने भएकाले हिउँ नअडिने भिरालो ठाउँमा काई र लेउमात्र पाइन्छन् । 
  • उम्रिन र हुर्कन नसक्ने यस्तो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा वनस्पति वा शीत मरुभूमिको वनस्पति भनिन्छ । 
राष्ट्रिय निकुञ्जः १२
शिकार आरक्षः १
वन्यजन्तु आरक्षः १
संरक्षित क्षेत्रः ६
मध्यवर्ती क्षेत्रः १३
संरक्षित क्षेत्रको क्षेत्रफलः नेपालको कुल क्षेत्रफलको २३.३९%
संरक्षित वन्यजन्तुः २६‌‌+९+३‍=३८

१. चितवन राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०३०
  • अवस्थितिः चितवन, मकवानपुर, पर्सा र नवलपरासी (पूर्व)
  • क्षेत्रफलः ९५२.६३ वर्ग  कि.मि.
  • वन्यजन्तुः एकसिँगे गैंडा, पाटे बाघ, चितुवा, रतुवा, चित्तल, घडियाल गोही, मगर गोही, सोंस, अजिङ्गर, गौरी गाइ, काठे भालु, लगुना, चौसिँगा तथा विविध जातका चराहरू 
  • मुख्य विशेषताः नेपालको घोषित पहिलो राष्ट्रिय निकुञ्ज
  • २०३०।०६।०४ गतेको राजपत्र अनुसार ९३२ वर्ग  कि.मि. क्षेत्रफल कायम भएकोमा मिति २०७३।०७।०१ गतेको राजपत्रको सूचना अनुसार चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल ९५२.६३ वर्ग  कि.मि. कायम भएको । 

२. लाङटाङ राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०३२
  • अवस्थितिः रसुवा, नुवाकोट र सिन्धुपाञ्चोक
  • क्षेत्रफलः १७१० व.कि.मी.
  • वन्यजन्तुः चितुवा, हाब्रे (रातो पण्डा), कस्तुरी मृग, रतुवा, झारल, घोरल, थार, जङ्गली  भेडा, भालु, लङ्गुर बाँदर
  • मुख्य विशेषताः जैविक विविधताका दृिष्टकोणल विश्वकै अग्रणी स्थान 
  • २०३२।१२।०९ गतेको राजपत्रमा सूचना प्रकाशित भएको

. सगरमाथा राष्ट्रिय निकुञ्ज

  • स्थापनाः  २०३२
  • अवस्थितिः  सोलुखुम्बु
  • क्षेत्रफलः ११४८ व.कि.मी.
  • वन्यजन्तुः कस्तुरी मृग, हिमाली भालु, डाफेँ, चिलिमे, कालिज, लालचुच्चे, हिउँ चितुवा, थार
  • मुख्य विशेषताः सर्वािधक उचाइमा रहेको राष्ट्रिय निकुञ्ज) । 
  • २०३३।०४।०४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको । 

. रारा राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०३२
  • अवस्थितिः मुगु, जुम्ला 
  • क्षेत्रफलः १०६ व.कि.मी.
  • वन्यजन्तुः हिमाली भालु, थार, घोरल, बँदेल र विविध जातका चराचुरुङ्गी 
  • मुख्य विशेषताः सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज। 
  • २०३४।०२/०४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको । 

. बर्दिया राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०३२
  • अवस्थितिः बर्दिया
  • क्षेत्रफलः ९६८ व.कि.मी.
  • वन्यजन्तुः  बाघ, भालु चितुवा, कृष्णसार, बाह्र सिङ्गे, घोड गदाह, जरायो, जङ्गली हात्ती, गैंडा, गोही, सोँस तथा विविध जातका चराहरू रहने। 
  • मुख्य विशेषताः तराई क्षेत्रको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज। 
  • २०३२।११।२५ गतेको राजपत्रको सूचना अनुसार शाही कर्णाली शिकार आरक्षको रूपमा घोषणा गरिएको । २०४१।०५।११ गतेको राजपत्रको सूचना अनुसार शाही बर्दिया राष्ट्रिय निकुञ्जको रूपमा नामाकरण भई  क्षेत्रफल ९६८ वर्ग  कि.मि. कायम भएको । 

. से फोक्सुन्डो राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०४०
  • अवस्थितिः डोल्पा, मुगु
  • क्षेत्रफलः ३५५५ व.कि.मी.
  • वन्यजन्तुः  हिउँ चितुवा, तिब्बती खरायो, नाउर, निलो भेडा, कस्तुरी, मृग, जङ्गली याक, ब्वाँसो, तिब्बती गधा, चिरु । 
  • मुख्य विशेषताः नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज। शे–फोक्सुन्डो ताल अवस्थित
  • २०४१।०४।२२ गतेको राजपत्रमा सूचना प्रकाशित भएको । 

. खप्तड राष्ट्रिय निकुञ्ज

  • स्थापनाः  २०४२
  • अवस्थितिः बझाङ, बाजुरा, डोटी, अछाम
  • क्षेत्रफलः  २२५ व.कि.मी. 
  • वन्यजन्तुः रतुवा, कस्तुरी मृग, घारे ल, चरीबाघ, चितुवा, जङ्गली कुकुर, वन बिरालो, साथै डाँफे, मुनाल जस्ता चराहरू पाइने । 
  • २०४३।०३।०९ गतेको राजपत्रमा सूचना प्रकाशित भएको । 

. मकालु बरुण राष्ट्रिय निकुञ्ज

  • स्थापनाः  २०४९
  • अवस्थितिः सङ्खुवासभा र सोलुखुम्बु
  • क्षेत्रफलः  १५०० व.कि.मी.
  • वन्यजन्तुः विश्वका दुर्लभ वनस्पति र हिमाली कालो भालुजस्ता प्राणीहरू
  • मुख्य विशेषताः  पहिले नदेखिएको छिकेमिर्के रेन बेब्लर, ओलिफ ग्राउन्ड, वार्वलभर भेटिएको
  • २०४८।०८।०२ गतेको राजपत्रमा सूचना प्रकाशित भएको । 

. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०५८
  • अवस्थितिः  काठमाडौँ,  नुवाकोट, सिन्धुपाञ्चोक र धादिङ
  • क्षेत्रफलः  १५९ व.कि.मी.
  • वन्यजन्तुः ध्वाँसे चितुवा, आसामी बाँदर, सालक तथा अन्य विविध जातका जीवजन्तु पाइने,
  • मुख्य विशेषताः काठमाडौँमा दैनिक १० लाख क्युविक लिटर पानी उपलब्ध हुने
  • २०५८।११।०६ गतेको राजपत्रको सूचना अनुसार यस निकुञ्जको क्षेत्रफल १४५ वर्ग  कि.मि. रहेकोमा २०६५।११।१२ गतेको राजपत्रको सूचना अनुसार यस निकुञ्जको क्षेत्रफल १५९ वर्ग  कि.मि. कायम भएको । 

१०. बाँके राष्ट्रिय निकुञ्ज

  • स्थापनाः २०६७ 
  • अवस्थितिः बाँके, सल्यान, दाङ
  • क्षेत्रफलः  ५५० व.कि.मी. 
  • वन्यजन्तुः बाघ, हुँडार, सालक, चौसिङ्गा तथा विविध जातका पक्षीहरू
  • २०६७।०३।२८ गतेको राजपत्र अनुसार घोषणा गरिएको । 

११. शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज

  • स्थापनाः  २०३१
  • अवस्थितिः कञ्चनपुर
  • क्षेत्रफलः  ३०५ व.कि.मी. 
  • वन्यजन्तुः   बाह्रसिङ्गा, एक सिङ्गे  गैँडा, हात्ती, पाटेबाघ, भालु, चितुवा, लघुना, गोही, एवम चराचुरुङ्गी । 
  • २०३३/०४/०४ गतेको राजपत्रको सूचना अनुसार शुक्लाफाटाँ वन्यजन्तु आरक्षको रूपमा घोषणा भएकोमा २०७३/११/१९ गतेको सचूनाअनसुार राष्ट्रिय निकुञ्जको रूपमा स्थापित । 

१२. पर्सा राष्ट्रिय निकुञ्ज

  • स्थापनाः  २०४०
  • अवस्थितिः चितवन, मकवानपुर र पर्साका केही भागहरू
  • क्षेत्रफलः   ६२७.३९ व.कि.मी.
  • वन्यजन्तुः  सालक, हुँडार, चौसिंगा, पाटेबाघ, एकसिंगे गैँडा, गौरी गाई, अजिङ्गर, सुन गोहोरो । 
  • २०४१।०२।०८ गतेको राजपत्रको सूचना अनुसार पर्सा वन्यजन्तु आरक्षको रूपमा घोषणा भएकोमा नेपाल सरकार मन्त्री परिषदको मिति २०७४/०२/१९ गतेको निर्णय अनुसार राष्ट्रिय निकुञ्जको रूपमा स्थापित

शिकार आरक्षः १

. ढोर पाटन शिकार आरक्ष

  • स्थापनाः   २०४४
  • क्षेत्रफलः १३२५ व.कि.मी.
  • अवस्थितिः रुकुम, बाग्लुङ तथा म्याग्दीको केही भाग 
  • वन्यजन्तुः नाउर, झारल, थार, हिमाली भालु निलो भेडा आदि 
  • २०४४।०१।१४ गतेको राजपत्रमा सूचना प्रकाशित भएको । 

संरक्षण क्षेत्रः ६

. अन्नपूर्ण संरक्षण क्षेत्रः

  • स्थापनाः २०४९
  • क्षेत्रफलः ७६२९ व.कि.मी.
  • अवस्थितिः लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, कास्की
  • संरक्षणः हिमाली दुर्लभ जीवजन्तु, वनस्पति तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण । 
  • २०४९।०४।०५ गतेको राजपत्र अनुसार घोषणा गरिएको । 

. कञ्चनजङ्घा संरक्षण क्षेत्रः

  • स्थापनाः २०५४
  • क्षेत्रफलः  २०३५ व.कि.मी. 
  • अवस्थितिः  ताप्लेजुङ
  • संरक्षणः हिउँ चितुवा, कस्तुरी मृग, हिमाली खैरो भालु, ब्वाँसो नाउर घारेल, हाब्रे, चरीबाघ आदि । 
  • २०५४।०४।०६ गतेको राजपत्र अनुसार घोषणा गरिएको । 

३. मनास्लु संरक्षण क्षेत्रः

  • स्थापनाः २०५५
  • क्षेत्रफलः १६६३ व.कि.मी.
  • अवस्थितिः गोरखा
  • संरक्षणः हिउँ चितुवा, कस्तुरी, मृग, नाउर, झारललगायत विभिन्न चराहरू र सर्प जातिहरू । 
  • २०५५।०९।१३ गतेको राजपत्र अनुसार घोषणा भएको । 

. कृष्णसार संरक्षण क्षेत्रः 

  • स्थापनाः २०६५
  • क्षेत्रफलः  १६.९५ व.कि.मी.
  • अवस्थितिः बर्दिया
  • संरक्षणः कृष्णसार, हुँडार, अजिङ्गर
  • २०६५।१२।०३ गतेको राजपत्र अनुसार घोषणा गरिएको । 

. गौरीशङ्कर संरक्षण क्षेत्रः 

  • स्थापनाः २०६६
  • क्षेत्रफलः २१७९ व.कि.मी.
  • अवस्थितिः रामेछाप, दोलखा र सिन्धुपाल्चोक
  • संरक्षणः हिँउ चितुवा, कस्तुरी मृग, चरीबाघ, डाँफे, मुनाल आदि । 
  • २०६६।०९।२७ गतेको राजपत्र अनुसार घोषणा गरिएको ।

. अपि–नाम्पा संरक्षण क्षेत्रः 

  • स्थापनाः २०६७
  • क्षेत्रफलः १९०३ व.कि.मी.
  • अवस्थितिः  दार्चुला
  • संरक्षणः  हिँउ चितुवा, घोरल, कालो भालू, थार, जटामसी, यार्सा गुम्बा, पाँच औँले आदि । 
  • २०६७।०३।२८ गतेको राजपत्र अनुसार घोषणा गरिएको । 

मध्यवर्ती क्षेत्रः १३

. चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०५३
  • क्षेत्रफलः  ७२९.३७ व.कि.मी.
  • २०५३।०८।१७ गतेको राजपत्रअनुसार  चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको क्षेत्रफल ७५० वर्ग कि.मि. घोषणा गरिएकोमा २०७२।०७।०१ गतेको राजपत्र अनुसार सो क्षेत्रफल ७२९.३७ वर्ग कि.मि. कायम गरिएको

. लामटाङ्ग राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०५५
  • क्षेत्रफलः ४२० व.कि.मी.  
  • २०५५।०१।१४ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

. सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०५८
  • क्षेत्रफलः  २७५ व.कि.मी.
  • २०५८।०९।१७ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

. रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०६३
  • क्षेत्रफलः   १९८ व.कि.मी.
  • २०६३।०६।०९ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

. बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०५३
  • क्षेत्रफलः ५०७ व.कि.मी.
  • २०५३।०८।१७ गतेको राजपत्र अनसार बर्दिया राष्ट्रिय निकुञ्जको वरिपरीको ३२७ वर्ग  कि.मि. क्षेत्रफल भएको क्षेत्रलाई बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र घोषणा गरिएकोमा २०६७।०४।३१ गतेको राजपत्र अनुसार सो मध्यवर्ती क्षेत्र विस्तार गरी ५०७ वर्ग कि.मि. कायम गरिएको ।

. शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

स्थापनाः २०५५
क्षेत्रफलः १३४९ व.कि.मी.
२०५५।०७।०२ गतेको राजपत्रअनुसार घो षणा गरिएको । 

. खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०६३
  • क्षेत्रफलः  २२५ व.कि.मी.
  • २०६३।०७।१३ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

. शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०७२
  • क्षेत्रफलः  ११८.६१ व.कि.मी.
  • २०७२।१२।१५ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

९. बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०६७
  • क्षेत्रफलः ३४३ व.कि.मी.
  • २०६७।०३।२८ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

१०. मकालु वरुण राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०५५
  • क्षेत्रफलः  ८३० व.कि.मी.
  • २०५५।१०।२५ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

११. शुक्लाफाँट राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०६१
  • क्षेत्रफलः २४३.५ व.कि.मी.
  • २०६१।०२।०९ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 

१२. पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०६२
  • क्षेत्रफलः  २८५.३ व.कि.मी.
  • २०६२।०३।१३ गतेको राजपत्र अनसुार घोषणा भएको र २०७२।०५।०७ गतेको राजपत्र अनुसार मध्यवर्ती क्षेत्रको सीमाना हेरफेर भई पर्सा  वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रको क्षेत्रफल २८५.३ वर्ग  कि.मि. कायम भएको । 

१३. कोसीटप्पु वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र

  • स्थापनाः २०६१
  • क्षेत्रफलः १७३
  • २०६१।०५।१४ गतेको राजपत्रअनुसार घोषणा गरिएको । 
जम्मा: ५६८७.७८
कुल जम्मा क्षेत्रफल (वर्ग  कि.मि.): ३४,४१९.७५

वन्यजन्तु आरक्षः १

. कोशीटप्पु वन्यजन्तु आरक्ष

स्थापना: २०३२
क्षेत्रफल: १७५ व.कि.मी.
भौगोलिक क्षेत्र: सुनसरी
वन्यजन्तुः दुर्लभ अर्ना, घडियाल तथा मगरगोही, सोस तथा विभिन्न माछा तथा चराचुरुङ्गी ।

सीमसार क्षेत्रः १०

क्र.सं.

नाम

क्षेत्रफल (व.कि.मी.)

सूचीकृत मिति

व्यवस्थापन निकाय

कोसीटप्पु

१७५००

१९८७१२१७

कोसीटप्पु वन्यजन्तु आरक्ष

बीस हजारी ताल 

३२००

२००३०८१३

चितवन राष्ट्रिय निकुञ्ज

घोडाघोडी ताल क्षेत्र

२५६३ 

२००३०८१३

जिल्ला वन कार्यालय, कैलाली

जगदीशपुर जलाशय 

२२५

२००३०८१३

जिल्ला वन कार्यालय, कपिलवस्तु

रारा ताल 

१५८३ 

२००७०९२३

रारा राष्ट्रिय निकुञ्ज 

शे-फोक्सुण्डो ताल

४९४

२००७०९२३

शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज 

गोसाईकुण्ड तथा 

आसपासका तालहरू

१०३०

२००७०९२३

लाङ्टाङ्ग राष्ट्रिय निकुञ्ज 

गोक्यो तथा आसपासका तालहरू 

७७७०

२००७०९२३

सगरमाथा राष्ट्रिय निकुञ्ज

माई पोखरी

९०

२००८१०२८

जिल्ला वन कार्यालय, इलाम

१०

पोखरा उपत्यकाका तालहरू (Pokhara Valley Lake Cluster)

२६१०६

२०१६०२०२

जिल्ला वन कार्यालय, कास्की

 

कोशीटप्पुः १९८७
विजघोः २००३
शेरागोगोः २००७
माईपोखरीः २००८
कास्कीका ९ तालः २०१६

संरक्षित वन्यजन्तुः ३८

संरक्षित स्तनधारी वन्यजन्तुः २६

१. आसामी बाँदर (Macaca Assamensis)
२. सालक (Manis pentadactyla/ Manis crassicaudata )
३. हिस्पिड खरायो (Caprolagus hispidus)
४. सोंस (Platanista gangetica)
५. ब्वाँसो (Canis lupus)
६. हिमाली खैरो भालु (Ursus arctos)
७. हाब्रे (Ailurus fulgens)
८. लिङसाङ/सिलु (Prionodon pradicolor)
९. चरी बाघ (Prionailurus bengalensis)
१०. लिङ्कस (Felis lynx)
११. ध्वाँसे चितुवा (Pardofelis nebulosa)
१२. बाघ (Panthera tigris tigris)
१३. हिउँ चितुवा ( Panthera uncia )
१४. जङ्गली हात्ती ( Elephas maximus )
१५. एक सिङ्गे गैँडा ( Rhinoceros unicornis )
१६. पुड्के बँदेल ( Sus salvanius )
१७. कस्तुरी मृग ( Moschus chrysogaster )
१८. बाह्रसिङ्गा ( Cervus duvauceli )
१९. गौरीगाई ( Bos gaurus )
२०. जङ्गली याक ( Bos mutus )
२१. अर्ना ( Bubalus arnee )
२२. नायन ( Ovis ammon )
२३. चिरु ( Pantholops hodgsoni )
२४. कृष्णसार ( Antilope cervicapra )
२५. चौका ( Tetracerus quadricornis )
२६. हुँडार ( Hyaena hyaena )

संरक्षित पंक्षीः ९

१. कालो गरुड ( Ciconia nigra )
२. सेतो गरुड ( Ciconia ciconia )
३.  सारस ( Grus antigone )
४. चीर कालिज ( Catreus wallichii )
५. डाँफे ( Lophophorus impejanus )
६. मोनाल ( Tragop-an satyra )
७. खर मुजुर (Houbarpsis bengalensis)
८. सानो खर मुजूर ( Sypheotides indica )
९. राज धनेश ( Buceros bicornis )

संरक्षित घस्रने वन्यजन्तुः ३

१. अजिङ्गर ( Python molurus )
२. घडियाल गोही (Vavialis gangeticus)
३. सुन गोहोरो ( Varanus flavescens )

यार्सागुम्बा

नेपालको बहुउपयोगी एवम् बहुमुल्य जडीबुटीहरूमध्ये यार्सागुम्बा पनि एक हो । लामा भाषामा यासार्को अर्थ आधाजीव र गुम्बाको अर्थ आधा विरुवा वा बुटी (Herbs) भन्ने हुन्छ । यसको वैज्ञानिक नाम Cordyceps वा Cordyceps sinensis  हो, जसमा Cord ले Club र Ceps ले Head को अर्थ दिन्छ । यसलाई क्याटरपिलर फङ्गस (Caterpiller Fungus) पनि भनिन्छ । साथै, औषधिमलूक च्याउ, फङ्गल बुटी, हिडने बुटी (Walking Herb) जस्ता नामले पनि यार्सागुम्बालाई चिनाउने गरिन्छ । वास्तवमा यार्सागुम्बा आधा किरा र आधा फङ्गस (Half Insect and Half Fungus) हो। 
यार्सागुम्बा नेपालको ३००० देखि ५००० मिटरसम्मको उचाइमा पाइन्छ । हिमाली भूभागबाट हिँउ पग्लने क्रमसँगै यार्सागुम्बा जमिनमाथि देखापर्न थाल्छ । सुरुमा लार्भाको रूपमा देखापर्ने यार्सागुम्बा पछि फङ्गसमा रूपान्तरण हुन्छ । यार्सागुम्बा एक शक्तिवर्धक जडीबुटी हो । यो औषधिको रूपमा प्रयोग हुन्छ । यार्सागुम्बा ढाडदुखाइ, रक्तअल्पता, थकान, दम, क्यान्सर, अनिन्द्रा, रक्तचाप, एलर्जीजस्ता रोगका लागि उपयोगी मानिन्छ । यसले फोक्सो, मृगौला, मुटु, कलेजोजस्ता शरीरका अंगहरूलाई स्वस्थकर राखी रोगप्रतिरोधात्मक क्षमतालाई समेत बढाउँछ भन्ने विश्वास गरिन्छ।  
नेपालको पुर्वदेखि पश्चिम उत्तरी भेकमा पाइने यार्सागुम्बा अत्यन्त गुणस्तरीय मानिन्छ । अत्यन्त महँगो मूल्यमा व्यापार हुनाले यसलाई नेपालको Yellow living Gold को रूपमा समेत पहिचान दिन थालिएको छ । यार्सागुम्बा सङ्कलन अहिले अत्यन्त प्रतिस्पर्धी बनेको छ । यार्सागुम्बा नेपालको उच्च हिमाली भेकमा बसोबास गर्नेहरूका लागि जीवन निर्वाहको स्रोत त बनेको छ नै साथसाथै यो नेपालको महत्वपूर्ण आयस्रोत बन्न सक्ने उच्च सम्भावना छ।  

Loksewa Diary

Loksewa Diary is an informative blog where you can find updated premium notes of all level of PSC Exams at a nominal cost.

Post a Comment

Previous Post Next Post