१.३ हावापानी र जलसम्पदा; स्थिति र महत्व

 नेपालमा पाइने हावापानी

नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ ।

(क) ऊष्ण मनसुनी हावापानी (Sub Tropical Monsoon Climate)

  • अर्धोष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराईभावरदून र चुरे क्षेत्रको १,२०० मिटरसम्मको उचाइमा पाइन्छ।
  • ग्रिष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म पुग्दछ भने शीतकालमा १५ देखि ५ डिग्रीसम्म ओर्लिन्छ ।
  • वर्षा ऋतुमा हिन्द महासागरको बङ्गालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने गर्दछ। वर्षा सामान्यता पूर्वबाट पश्चिम घट्दै जाने र उत्तरबाट दक्षिण बढ्दै जाने भएबाट पूर्वी तराईभन्दा पश्चिमी तराईमा अधिक गर्मी हुन्छ ।

(ख) न्यानो समशीतोष्ण हावापानी (Warm Temperate Climate)

  • चुरे पहाड र महाभारत पर्वतको १,२०० देखि २,१०० मिटरसम्मको उचाइमा पाइने यस प्रकारको हावापानीमा ग्रीष्म याममा न्यानो हुन्छ भने शिशिरमा बढी ठन्डा हुन्छ।
  • ग्रीष्म ऋतुमा तापक्रम २४ देखि ३१ डिग्री सेन्टिग्रेडसम्म पुग्छ भने हिउदँमा ० डिग्री से. सम्म ओर्लिन्छ।
  • नेपालमा पानी पार्ने मनसुनी हावा दक्षिणी भागबाट बग्ने हुँदा दक्षिणको भिरालो ठाउँमा २५० सेन्टिमिटरसम्म वर्षा हुन्छ भने उत्तरतर्फको भिरालो पाखामा १०० सेन्टिमिटरसम्म वर्षा हुन्छ ।

(ग) ठन्डा समशीतोष्ण हावापानी (Cool Temperate Climate)

  • महाभारत पर्वत शृङ्खलाको २,१०० देखि ३,३५० मिटरसम्मको उचाइमा पाइने यस्तो हावापानीमा ग्रीष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ।
  • यहाँको तापक्रम ग्रीष्ममा १५० देखि २०० सेन्टिग्रेडसम्म पुग्दछ भने हिउँदमा ० डिग्री सेन्टिग्रेडसम्म ओर्लिन्छ। यहाँ वर्षमा १० सेन्टिमिटरसम्म पानी पर्दछ भने हिउँदमा हिउँ वर्षिन्छ।
  • न्यून तापक्रम र न्यून वर्षाको कारणल यहाँ खेतीपाती अत्यन्तै कम हुन्छ । यहाँको जनजीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ।

(घ) लेकाली हावापानी (Alpine Climate)

  • नेपालमा समुद्रसतहदेखि ३,३५० देखि ५,००० मिटरउचाइसम्मको हिमाली क्षेत्रको ठन्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ।
  • यहाँको तापक्रम चैतवैशाखजेठमा १० सेन्टिग्रेडसम्म पुग्दछ भने अरू समयमा (९ महिनाजति) ० डिग्री सेन्टिग्रेडभन्दा तल नै रहन्छ।
  • यहाँ वर्षामा ३० मिलिमिटरसम्म वर्षा हुन्छ । यहाँ खेतीपाती हुँदैनतर यहाँका ठुला हिमाली फाँटहरूमा पशुचरन गराइने हुँदा यो ठाउँ पशुपालन र पर्यटकीय गतिविधि सञ्चालनका लागि उपयुक्त छ।

(ङ) ध्रुवीय वा हिमाली हावापानी (Tundra Climate)

  • हिमाली क्षेत्रको अत्यन्तै चिसो र शुष्क हावापानीलाई हिमालीध्रुवीय वा टुन्ड्रा हावापानी भनिन्छ । यहाँ सँधैजसो हिमपात भइरहन्छ भने वर्षाका रूपमा हिउँ नै पर्दछ।
  • ,००० हजार मी.(१६००० फिट) भन्दा माथिको भूभागको तापक्रम शून्य डिग्री सेन्टिग्रेडभन्दा कम हुन हुँदा यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ।
  • यहाँको हावापानीलाई हिमाली मरूभूमि जलवायु पनि भन्ने गरिन्छ। 

नेपालको जलसम्पदा

  • नेपाल समुद्रि सुविधाबाट वञ्चित भए पनि जलसम्पदाको दृष्टिले ब्राजिलपछि विश्वको दोस्रो सबैभन्दा समृद्ध र एसियाको पहिलो राष्ट्र मानिन्छ । 
  • नेपालमा ६ हजारभन्दा बढी नदीनाला छन् । 
  • नेपालका तीन ठलुा नदीहरू कोसी, गण्डकी र कर्णालीको जलभण्डार क्षमता १ लाख ४८ हजार क्युविक मिटर अर्थात कुल जलभण्डार क्षमताको ७४ % रहेको छ । 
  • कुल जलविद्युत उत्पादन क्षमता करिब ८३ हजार मेगावाट रहेको छ । 

नदीहरूको वर्गीकरण

नेपालका साना ठूला नदीहरूको उत्पत्ति, प्रवाह, जलभण्डार र उपयोगिताका दृष्टिले नदीहरूला‌ई निम्नानुसार तीन श्रेणीमा वर्गीकरण गर्न  सकिन्छः
(क) पहिलो स्तरका नदी
  • हिमालको हिउँ पग्लेर वा हिमालयबाट उत्पत्ति भई निरन्तर रूपमा ठुला जलराशिका साथ प्रवाहित हुने नदिहरू
  • सप्तकोसी, सप्तगण्डकी, कर्णाली र महाकाली पहिलो स्तरका नदी हुन् । 
  • यी नदीहरू ठुला जलविद्युत र सिँचाइ आयोजनाहरूका लागि उपयोगी मानिन्छन् ।
(ख) दोस्रोे स्तरका नदी
  • हिमालय पर्वतभन्दा तलको महाभारत पर्वत श्रेणीबाट उत्पत्ति भई कहिल्यै नसुक्ने निरन्तर रूपमा जलप्रवाहित हुने भएता पनि वर्षातमा बढी पानी हुने तर हिउँदमा पानीको मात्रा निक्कै घट्ने नदीहरू
  • मेची, कनकाई, त्रियुगा, कमला, बाग्मती, वाणगङ्गा, तिनाउ, राप्ती, बबई, मोहना आदि दोस्रो स्तरका नदीहरू हुन्।
(ग) तेश्रो स्तरका नदी
  • शिवालिक पवर्तमाला चुरे पहाडबाट उत्पति भई मनसनुमा निकै ठूलो रूप लिने र हिउँदमा निकै कम हुने वा सुक्ने अस्थायी प्रकृतिका नदीहरू  हुन्,
  • सिर्सिया, तिलाबे, जमुनी, हर्दिनाथ, डंडुवुा, अर्जुन खोला पदर्छन्। 

ताल, कुण्ड र पोखरीहरू

तिलिचो ताल 

  • तिलिचो ताल समुद्रसतहदेखि ४,९१९ मिटरको उचाइमा फाक्चे हिमालको काखमा रहेको छ। 
  • यो मनोरम ताल मुस्ताङको साँधमा अन्नपूर्ण हिमालको उत्तरी भेक मनाङ जिल्लामा पर्दछ। 
  • यो तालको लम्बाइ करिब ४ कि.मि. तथा चौडाइ १.२ कि.मि. र गहिराइ करिब २०० मिटर रहेको छ। 
  • यस ताललाई तिरि–चो वा तिलिजो पनि भनिन्छ। 
  • यस तालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालय पर्दछ। 
  • हिउँ, जल तथा ढुङ्गाको सौन्दर्यमा खुलेको हुनाले यो ताल अत्यन्तै मनमोहक छ। 

रारा ताल 

  • मुगु जिल्लामा अवस्थित यो ताल नेपालको सबैभन्दा ठूलो तालको रूपमा प्रसिद्ध छ। 
  • यसको लम्बाइ ५.२ कि.मि., चौडाइ २.४ कि.मि. र गहिराइ १६७ मिटर छ । 
  • यो समुद्र सतहदेखि २,९९० मिटर उचाइमा रहेको छ र यसलाई महेन्द्र ताल पनि भनिन्छ। 

फोक्सुन्डो ताल

  • फोक्सुन्डो ताल डोेल्पा जिल्लामा अवस्थित छ। 
  • कान्जिरोवा हिमालको दक्षिण फेद तथा भेरीको मुख्य शाखा जगदुल्ला खोलाको सिरान कागमारा लेकको काखमा अवस्थित फोक्सण्डो ताल समुद्र  सहतदेखि करिब ३,६१३ मिटरको उचाइमा अवस्थित छ। 
  • यो ताल उत्तर दक्षिणतर्फ लामो एवम् पूर्वपश्चिमतर्फ चौडा देखिन्छ। 
  • यो तालको लम्बाइ करिब ४.८२ कि.मि. तथा चौडाइ १.६१ कि.मि. रहेको छ।
  • यस तालको स्थानीय नाम ‘रिग्मो’ हो । 
  • यो ताल तीनकनु लाम्चोे आकारको छ। 
  • यो ताल रारा तालपछिको दोस्रो ठूलो र मलुकुको सबैभन्दा गहिरो ताल हो। 
  • यो तालको पानी अत्यन्तै चिसो भएको कारणले गर्दा यस तालमा कुनै किसिमका जीव पाइदैनन्। 
  • यस तालको निकासको रूपमा रहेको सुलिगाड खोलामा करिब १७६ मिटरको झरना पनि छ। 

च्छो रोल्पा ताल

  • यो ताल दोलखा जिल्लामा पर्दछ। 
  • यो समुद्र सतहदेखि ४,५८० मिटरको उचाइमा अवस्थित छ। 
  • यस तालको लम्बाइ ३ कि.मि., चौडाइ ०.५ कि.मि.र गहिराइ १०० मिटर रहेको छ। 
  • यो तालमा करिब ८ करोड घनमिटर पानी रहेको अनुमान छ। 
  • विस्फोटन हुने खतरामा रहेको यस ताललाई विस्फोटनबाट बचाउन पानी बाहिर निकाल्न साइफन जडान गरिएको छ। 

फेवा ताल

  • कास्की जिल्लाको पोखरामा रहेको फेवातालको लम्बाइ ४.८ कि.मि.,चौडाइ १.५ कि.मि.र गहिराइ २४ मी. रहेको छ। 
  • यो तालमा माछापुच्छ्रेको छाया देखिने हुनाले बडो मनमोहक हुनाको साथै पर्यटकीय दृष्टिकोणल महेत्वपूर्ण छ।

रानी पोखरी, काठमाडौँ

  • राजा प्रताप मल्लले पुत्र शोकले पीडित आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिलाउनका लागि रानी पोखरीको निर्माण गरेका थिए। 
  • यो पोखरीको लम्बाइ १८० मिटर, चौडाइ १४० मिटर र क्षेत्रफल झन्डै ३२ रोपनी छ। 
  • यस पोखरीको उत्तरपूर्व र उत्तरपश्चिम कुनामा भैरव, दक्षिणपूर्व कुनामा महालक्ष्मी र दक्षिणपश्चिम कुनामा सोह्र हाते गणेश स्थापना गरिएको छ।

टौदह

  • काठमाडौँ उपत्यका जलमय भएको अवस्थामा मन्जुश्रीले खड्गले काटेर वा भगवान श्रीकृष्णल चक्र प्रहारे गरी चोभारको गल्छी काटेर पानी बाहिर पठाएपछि यहाँका नागहरू पनि बाहिर जानुपर्ने अवस्था सिर्जना भएकोले चोभार भूतखेल भन्ने ठाउँमा पोखरी बनाई सोही ठाउँमा नागहरूका राजा कर्कोटकलाई बस्ने ठाउँ दिइएकोले टौदहलाई कर्कोटक नागका वासस्थान पनि भनिन्छ । 
  • यो ८४ रोपनी जलक्षेत्रसहित ९६ रोपनी जग्गामा फैलिएको छ । 
  • दर्जनौँ प्रकारका पक्षीहरू यहाँ पाइने हुँदा चराहरूको अध्ययन र अनुसन्धानका लागि यो ठाउँ आर्कषक छ ।

घोडाघोडी ताल

  • कैलाली जिल्लाअन्तर्गत महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १.५ हेक्टर क्षेत्रफलमा फैलिएको घोडाघोडी ताल रहेको छ । 
  • यस तालको बिचबिचमा चारपाँचओटा थुम्का थुम्कीहरू बनका छन्। 
  • यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकोले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको हो। 
  • यो तालको छेउको जङ्गलमा दुर्लभ पक्षी धनेशका अतिरिक्त अनेकौँ पशुपंक्षीहरू पाइन्छन् । 
  • तालभित्र माछा, गोही, कछुवा आदि पशुपक्षीहरू पाइन्छन् ।

बेगनास ताल

  • रूपातालसँगै पचभैया डाँडाको अर्को पाखामा बेगनास ताल रहेको छ । 
  • समुद्री सतहबाट ६७७ मिटर उचाइमा अवस्थित ७.५ मि. गहिरो यो ताल २२५ हेक्टरमा फैलिएको छ । 
  • गोसाइँकुण्ड जनैपूर्णिमाको दिन मेला भर्न हजारौँ धर्मावलम्बीहरू आउने साथै धार्मिक तीर्थस्थलको रूपमा समेत परिचित रहेको गोसाइँकुण्ड बाग्मती प्रदेशको रसुवा जिल्लामा पर्दछ । 
  • हिमाली कालो कडा चट्टानमा निर्मल जलयुक्त यो ताल समुद्र सतहबाट करिब ४,३६० मिटर उचाइमा रहेको छ । 
  • सूर्यकुण्ड (पूर्व) र उत्तरी झरनाबाट गोसाईकुण्ड बन्न पुगेको हो । 

रूपा ताल 

  • कास्की जिल्ला पोखराको पूर्व उत्तरी भागमा पचभैया पर्वतको फेदमा रूपा ताल छ। 
  • समुद्री सतहबाट ७०१ मिटरको उचाइमा अवस्थित ४.५ मिटर गहिराइ भएको रूपा ताल १२० हेक्टर क्षेत्रफलमा फैलिएको छ। 
  • यो तालमा हाल मत्स्यपालन गरी आर्थिक लाभ लिन थालिएको छ। 

नेपालका केही प्रसिद्ध ताल, कुण्ड र पोखरीहरू 

क्र.सं.

ताल, कुण्ड, पोखरी

स्थान (जिल्ला)

 

१०

११

१२

१३

१४

१५

१६

१७

१८

१९

२०

२१

२२

२३

२४

२५

२६

२७

२८

२९

३०

३१

३२

      रारा ताल          

            फेवा ताल         

            रूपा ताल         

            मैदी ताल         

            बेगनास ताल     

            शेफोक्सुन्डो वा रिग्म ताल       

            बिसहजारी ताल, नन्दभाउजु ताल

            गैडहवा ताल     

            लौसा ताल        

            सग्रहवा ताल     

            जाखिरा ताल     

            घोडाघोडी ताल  

            बुलबुले ताल       

            जगदीशपुर ताल

            रानी ताल         

            झिलमिला ताल  

            तिरीछो (तिलिचो) ताल  

            खप्तड दह         

            गोसाईकुण्ड       

            इन्द्रसरोवर        

            टौदह   

            रानीपोखरी        

            नागदह 

            गङ्गासागर         

            महाराजा सुनवर्षी पोखरी

            माइदिया पोखरी

            सुर्मा सरोवर      

            पन्चासे ताल      

            गिरी दह           

            सुना दह           

            गुफा पोखरी, सभापोखरी 

            माई पोखरी       

 

मुगु

कास्की

कास्की

कास्की

कास्की

डोल्पा

चितवन

रूपन्देही

रूपन्देही

रूपन्देही

कपिलवस्तु

कैलाली

सुर्खेत

कपिलवस्तु

कञ्चनपुर

कञ्चनपुर

मनाङ

अछाम

रसुवा

मकवानपुर

काठमाडौँ

काठमाडौँ

काठमाडौँ

धनुषा

मोरङ

पर्सा

बझाङ

स्याङ्जा, पर्वत र कास्की

जुम्ला

डोल्पा र बाग्लुङको सीमा क्षेत्र

सङ्खुवासभा

इलाम


Loksewa Diary

Loksewa Diary is an informative blog where you can find updated premium notes of all level of PSC Exams at a nominal cost.

Post a Comment

Previous Post Next Post