सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापन

- डा. नारायण प्रसाद रेग्मी, सहसचिव नेपाल सरकार (प्रशासन अङ्क १३३)

आलेख सार

ज्ञान व्यवस्थापनलाई आधुनिक र वैज्ञानिक व्यवस्थापकीय विधिका रूपमा लिने गरिन्छ । वर्तमान प्रतिस्पर्धी समाजमा हरेक सङ्गठनले आफूलाई समयानुकूल बनाई आफ्नो उपस्थिति र प्रभाव कायम राख्न ज्ञान व्यवस्थापनलाई सङ्गठनात्मक रणनीतिको रूपमा लिने गरेका छन्‌। व्यवस्थापनमा ज्ञानको प्रयोगमार्फत सङ्गठनलाई निरन्तर सिकाइको केन्द्र बनाउन र पारस्परिक योगदानमा आधारित बाह्य सम्बन्धको बिकास गर्न ज्ञान व्यवस्थापनलाई अङ्गीकार गर्नु अपरिहार्य बनेको छ। यस आलेखमा विभिन्न अध्ययन, अनुसन्धानमूलक लेख र प्रतिवेदनहरूको पुनरावलोकन गरी सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापनको सैद्धान्तिक मान्यता र व्यावहारिक अभ्यासबारे चर्चा गरिएको छ।

१. ज्ञान के हो?

व्यवस्थापनको क्षेत्रमा ज्ञानलाई साङ्गठनिक लक्ष्य प्राप्तिको आधारभूत र महत्त्वपूर्ण रणनीतिका रूपमा लिने गरिन्छ। ज्ञानको उपलब्धता र त्यसको उपयुक्त उपयोगबाट सङ्गठनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि हुनुका साथै सङ्गठनको आन्तरिक प्रणाली जीवन्त बनाउन सकिन्छ । सार्वजनिक क्षेत्रका सङ्गठनहरूले ज्ञानको सिर्जना, आदानप्रदान र प्रदर्शनमार्फत बाह्य वातावरण नियन्त्रण गर्न सक्छन्‌ । यसर्थ सङ्गठनको उत्पादन र सेवाको गुणस्तर वृद्धि गर्न तथा नव प्रवर्तनमार्फत सङ्गठनलाई समयानुकूल बनाई प्रतिस्पर्धी क्षमतालाई कायमै राखसमेत सहयोग पुग्ने भएकाले सङ्गठनहरूले ज्ञानको व्यवस्थापनलाई केन्द्रमा राख्ने गरेका छन्‌। ज्ञानलाई सर्वस्वीकार्य रूपमा परिभाषित गर्न र व्याख्या गर्न सहज छैन। ज्ञान के हो भन्ने विषयमा विभिन्न दर्शन र विद्वानहरूका आआफ्ना अभिमत रहेका छन्‌ । शाब्दिक अर्थमा “ज्ञान” भनेको व्यक्ति वा व्यक्तिको समूहले आफ्नो अनुभव बा सिकाइमार्फत कुनै बिषयका बारेमा प्राप्त गरेको सूचना वा बुझाइ हो। ज्ञानेन्द्रियद्वारा प्राप्त अनुभव, बोध वा शास्त्रको अनुशीलनबाट हुने आत्मतत्त्वको बोध, तत्त्वज्ञान तथा आत्मसाक्षात्कार नै ज्ञान हो। ज्ञानले व्यक्तिको परिचित हुने, जानकारी राख्ने, सूचना प्राप्त गर्ने, गहिरो बुझाइ हुने जस्ता सिप र क्षमतालाई जनाउँछ। कुनै पनि बिषयको सैद्धान्तिक र व्यावहारिक पक्षको बारेमा जानकारी हुनु र त्यसको व्याख्या र प्रयोग गर्ने सिप तथा कौशल नै ज्ञान हो। प्रत्यक्षीकरण, तर्क, स्मृति, वैज्ञानिक खोज तथा अनुसन्धान, औपचारिक शिक्षा र अभ्यास जस्ता माध्यमबाट ज्ञान आर्जन गर्न सकिन्छ।


पूर्वीय दर्शनले ज्ञानलाई सत्यसँग जोडेर आध्यात्मिक दृष्टिकोणबाट व्याख्या गरेको पाइन्छ। पूर्वीय दर्शनअनुसार ज्ञान भनेको निरपेक्ष सत्यको स्वानुभूति हो। मानिसको भौतिक र बौद्धिक क्रियाकलापको उपज नै ज्ञान हो र यसले जगतको वस्तुनिष्ठ गुण र सम्बन्धका साथै प्राकृतिक र मानवीय तत्त्वका बारेमा धारणा र बिचार निर्माण गर्न मदत गर्दछ। हिन्दु दर्शनले वेदलाई ज्ञानको महत्त्वपूर्ण स्रोत मान्दछ र मोक्ष प्राप्तिको आधारभूत पक्षका रूपमा लिएको छ। वेदान्त दर्शनमा ज्ञानलाई चैतन्य र आत्मिक जागरणका माध्यमका रूपमा व्याख्या गरिएको छ र साधनामार्फत पनि ज्ञान प्राप्त गर्न सकिने उल्लेख छ। बुद्ध दर्शनले ज्ञानलाई दुःख निवारणको माध्यमका रूपमा लिने गरेको पाइन्छ । यसरी पूर्वीय दर्शनले ज्ञानलाई जागरण र चैतन्य प्राप्तिको महत्त्वपूर्ण माध्यमका रूपमा लिन्छ र मानिसको शारीरिक, मानसिक, बौद्धिक र आध्यात्मिक क्षमताको विकास गर्ने साधनको रूपमा व्याख्या गरेको छ । यस अर्थमा ज्ञानलाई मानिसको पूर्ण विकासमा योगदान गर्ने सर्वोच्च चैतन्यका रूपमा लिन सकिन्छ।

तर पाश्चात्य दर्शनमा ज्ञानलाई मानिसको मानसिंक वा बौद्धिक क्रियाकलापसँग जोडेर व्याख्या गरिएको छ। यस दर्शनका अनुसार कुनै विषयको बारेमा जान्नु ज्ञान हो। ज्ञानको अध्ययन ज्ञानमिमांसाले गर्दछ जसले हामी के जान्दछौं, हामीले त्यो कसरी जान्यौँ? हामीले जानेर के भयो? जस्ता ब्रिषयमा जोड दिन्छ। प्लेटोका अनुसार सत्यलाई पर्गेल्न सक्ने दक्षता नै ज्ञान हो। प्लेटोले ज्ञान हुनका लागि तीन ओटा आधारभूत पक्ष हुनुपर्ने बताएका छन्‌। उनका अनुसार जानेको कुरा न्यायिक, सत्य र सबैले विश्वास गर्ने भएको अवस्थामा मात्र त्यो ज्ञान हुन जान्छ। अरस्तु पनि ज्ञानलाई परिभाषित गर्ने सन्दर्भमा प्लेटोसँग सहमत देखिन्छन्‌। उनले भनेका छन्‌ "अस्तित्वमा रहेको बिषयको अध्ययनबाटै ज्ञान प्राप्ति हुने गर्दछ । " उनले ज्ञानलाई यथार्थसँग जोडेका छन्‌ । यस अर्थमा यथार्थको बोध हुनु नै ज्ञान हो। डिबेका अनुसार सत्यको अनुमान गर्न सक्ने क्षमता नै ज्ञान हो। यसरी हेर्दा पाश्चात्य दर्शनले ज्ञानलाई यथार्थवादसँग जोडेर वास्तब्रिकताको बोध गराउने साधनका रूपमा व्याख्या गरेको देखिन्छ ।

ज्ञानको आदर्श र एकीकृत परिभाषा नभए तापनि न्यायोचित र सबैले बिश्वास गरेको सूचनायुक्त अनुभव वा तथ्य नै ज्ञान हो भन्ने कुरामा अधिकांशको मतैक्यता रहेको छ। ज्ञान त्यस्तो तथ्य र बिश्वास हो जसलाई अभ्यास र अनुभवबाट वैधानिकता प्राप्त हुन्छ। ज्ञान साझा बुझाइको उपज हो। ज्ञानको प्रकृति सामाजिक हुने गर्दछ र यसको बिकास प्रक्रिया निरन्तर हुने गर्दछ। ज्ञान सँधै परीक्षणमा हुन्छ, यसले मानिसका दैनिक आवश्यकताहरूको सम्बोधन गर्दछ र सत्यको नजिक पुग्याउने साधनको रूपमा समेत कार्य गर्दछ।

२. ज्ञान व्यवस्थापन: अर्थ र अवधारणा

ज्ञान व्यवस्थापनले सामान्यतः व्यवस्थापनमा ज्ञानको प्रयोग र ज्ञानमा आधारित व्यवस्थापकीय विधिलाई जनाउँछ। ज्ञानको उपयुक्त र प्रभावकारी प्रयोगको सुनिश्चितता गरी लक्ष्य प्राप्तिमा क्रियाशील हुने वातावरण तयार गर्नु नै ज्ञानको व्यवस्थापन हो । ज्ञानको व्यवस्थापनले ज्ञानको व्यवस्थित र प्रणालीबद्ध प्रयोगलाई जनाउँदछ। यो ज्ञानको प्रभावकारी उपयोगका लागि आवश्यक सामाजिक र प्राविधिक ढाँचा तथा प्रक्रियाको सुधार गर्नमा केन्द्रित हुने गर्दछ। यसलाई ज्ञानमा आधारित व्यवस्थापन पद्धति पनि भन्न सकिन्छ जसले सङ्गठनको प्रतिस्पर्धात्मक लाभ बृद्धि गर्न मानिस र मानिस तथा मानिस र सूचनालाई जोड्ने काम गर्दछ।

ज्ञान व्यवस्थापन एउटा प्रक्रिया पनि हो। यसले ज्ञानको सङ्ग्रह, भण्डारण र प्रसार जस्ता प्रक्रियाहरू समेट्छ। ज्ञान व्यवस्थापनको प्रक्रियाअन्तर्गत ज्ञानको सिर्जना, ज्ञानको प्राप्ति, ज्ञानको प्रसार र ज्ञानको प्रयोग जस्ता क्रियाकलापहरू पर्दछन्‌। यो बहुबिधायुक्त उपागम हो जसले ज्ञानको अभिलेखीकरण र स्थानान्तरणमार्फत साङ्गठनिक लक्ष्य र उद्देश्य प्राप्तिमा महत्त्वपूर्ण योगदान पुन्याउँदछ ।

आधुनिक व्यवस्थापनमा ज्ञान व्यवस्थापनलाई व्यवस्थापकीय औजारका रूपमा पनि लिने गरिन्छ। यो प्रणालीबद्ध ज्ञानको निर्माण, नवीकरण र प्रयोगको विधि हो जसले सङ्गठनको प्रभावकारिता वृद्धि गर्दछ। यसले त्यस्ता व्यवस्थापकीय कार्यहरूमा जोड दिन्छ जुन ज्ञानको छनौट, नियमन, कार्यान्वयन र मूल्याड्गनसँग सम्बन्धित हुन्छन्‌। सङ्गठनको उपलब्धि बिस्तारका लागि आवश्यक आन्तरिक र बाह्य ज्ञानको सहज उपलब्धता र प्रयोगको अवस्था निर्माण गर्नु नै ज्ञान व्यवस्थापन हो।

कतिपयले ज्ञान व्यवस्थापनलाई व्यवस्थापकीय क्रियाकलापको श्रङ्खला पनि भन्ने गरेका छन्‌। यस दृष्टिकोणबाट हेर्दा यो व्यवस्थापकीय क्रियाकलापको समूह हो जसअन्तर्गत सङ्गठनलाई तुलनात्मक लाभका लागि ज्ञानको दक्षतापूर्वक व्यवस्थापन र ज्ञानको प्रबाह गर्ने क्रियाकलापहरू पर्दछन्‌। ज्ञान व्यवस्थापन बिभिन्न व्यवस्थापकीय क्रियाकलापको श्रङ्खला हो जसको उद्देश्य सङ्गठनमा रहेका सबै प्रकारका ज्ञानको बिकास र नियन्त्रण गरी साङ्ठनिक लक्ष्य प्राप्तिमा प्रयोग गर्नु हो। यसले सङ्गठनमा उपलब्ध प्रविधि, प्रणाली र जनशक्तिको स्वेच्छिक र प्रणालीबद्ध समन्वयमा जोड दिनुका साथै ज्ञानको सिर्जना, आदानप्रदान र प्रयोगमार्फत ज्ञानको उन्नयन र पुनःप्रयोगको माध्यमबाट साङ्गठनिक मूल्य निर्माणमा योगदान गर्दछ ।

ज्ञान व्यवस्थापनलाई बौद्धिक सम्पत्तिको व्यवस्थापनका रूपमा पनि व्याख्या गरिएको पाइन्छ। यसले मानव स्रोतलाई केन्द्रमा राख्ने गर्दछ । मानिसको बौद्धिक क्षमताको बिकास र त्यसको प्रभावकारी प्रयोगमार्फत सङ्गठनात्मक लाभ सुनिश्चित गर्दछ। यो मानवकेन्द्रित हुन्छ र व्यक्तिले आर्जन गरेको ज्ञानको प्रयोगबाट सङ्गठनलाई प्रभाव पार्न सक्ने दक्षताको विकास गर्नुपर्दछ भन्ने आधारभूत मान्यता राख्दछ। ज्ञान व्यवस्थापन एउटा संस्कृति पनि हो। सङ्गठनले अपनाएको संस्कृति र सङ्गठनमा आबद्ध २. ज्ञान व्यवस्थापन: अर्थ र अवधारणा ज्ञान व्यवस्थापनले सामान्यतः व्यवस्थापनमा ज्ञानको प्रयोग र ज्ञानमा आधारित व्यवस्थापकीय विधिलाई जनाउँछ। ज्ञानको उपयुक्त र प्रभावकारी प्रयोगको सुनिश्चितता गरी लक्ष्य प्राप्तिमा क्रियाशील हुने वातावरण तयार गर्नु नै ज्ञानको व्यवस्थापन हो । ज्ञानको व्यवस्थापनले ज्ञानको व्यवस्थित र प्रणालीबद्ध प्रयोगलाई जनाउँदछ। यो ज्ञानको प्रभावकारी उपयोगका लागि आवश्यक सामाजिक र प्राविधिक ढाँचा तथा प्रक्रियाको सुधार गर्नमा केन्द्रित हुने गर्दछ। यसलाई ज्ञानमा आधारित व्यवस्थापन पद्धति पनि भन्न सकिन्छ जसले सङ्गठनको प्रतिस्पर्धात्मक लाभ बृद्धि गर्न मानिस र मानिस तथा मानिस र सूचनालाई जोड्ने काम गर्दछ।

ज्ञान व्यवस्थापन एउटा प्रक्रिया पनि हो। यसले ज्ञानको सङ्ग्रह, भण्डारण र प्रसार जस्ता प्रक्रियाहरू समेट्छ। ज्ञान व्यवस्थापनको प्रक्रियाअन्तर्गत ज्ञानको सिर्जना, ज्ञानको प्राप्ति, ज्ञानको प्रसार र ज्ञानको प्रयोग जस्ता क्रियाकलापहरू पर्दछन्‌। यो बहुबिधायुक्त उपागम हो जसले ज्ञानको अभिलेखीकरण र स्थानान्तरणमार्फत साङ्गठनिक लक्ष्य र उद्देश्य प्राप्तिमा महत्त्वपूर्ण योगदान पुन्याउँदछ ।

आधुनिक व्यवस्थापनमा ज्ञान व्यवस्थापनलाई व्यवस्थापकीय औजारका रूपमा पनि लिने गरिन्छ। यो प्रणालीबद्ध ज्ञानको निर्माण, नवीकरण र प्रयोगको विधि हो जसले सङ्गठनको प्रभावकारिता वृद्धि गर्दछ। यसले त्यस्ता व्यवस्थापकीय कार्यहरूमा जोड दिन्छ जुन ज्ञानको छनौट, नियमन, कार्यान्वयन र मूल्याड्गनसँग सम्बन्धित हुन्छन्‌। सङ्गठनको उपलब्धि बिस्तारका लागि आवश्यक आन्तरिक र बाह्य ज्ञानको सहज उपलब्धता र प्रयोगको अवस्था निर्माण गर्नु नै ज्ञान व्यवस्थापन हो।

कतिपयले ज्ञान व्यवस्थापनलाई व्यवस्थापकीय क्रियाकलापको श्रङ्खला पनि भन्ने गरेका छन्‌। यस दृष्टिकोणबाट हेर्दा यो व्यवस्थापकीय क्रियाकलापको समूह हो जसअन्तर्गत सङ्गठनलाई तुलनात्मक लाभका लागि ज्ञानको दक्षतापूर्वक व्यवस्थापन र ज्ञानको प्रबाह गर्ने क्रियाकलापहरू पर्दछन्‌। ज्ञान व्यवस्थापन बिभिन्न व्यवस्थापकीय क्रियाकलापको श्रङ्खला हो जसको उद्देश्य सङ्गठनमा रहेका सबै प्रकारका ज्ञानको बिकास र नियन्त्रण गरी साङ्ठनिक लक्ष्य प्राप्तिमा प्रयोग गर्नु हो। यसले सङ्गठनमा उपलब्ध प्रविधि, प्रणाली र जनशक्तिको स्वेच्छिक र प्रणालीबद्ध समन्वयमा जोड दिनुका साथै ज्ञानको सिर्जना, आदानप्रदान र प्रयोगमार्फत ज्ञानको उन्नयन र पुनःप्रयोगको माध्यमबाट साङ्गठनिक मूल्य निर्माणमा योगदान गर्दछ ।

ज्ञान व्यवस्थापनलाई बौद्धिक सम्पत्तिको व्यवस्थापनका रूपमा पनि व्याख्या गरिएको पाइन्छ। यसले मानव स्रोतलाई केन्द्रमा राख्ने गर्दछ । मानिसको बौद्धिक क्षमताको बिकास र त्यसको प्रभावकारी प्रयोगमार्फत सङ्गठनात्मक लाभ सुनिश्चित गर्दछ। यो मानवकेन्द्रित हुन्छ र व्यक्तिले आर्जन गरेको ज्ञानको प्रयोगबाट सङ्गठनलाई प्रभाव पार्न सक्ने दक्षताको विकास गर्नुपर्दछ भन्ने आधारभूत मान्यता राख्दछ। ज्ञान व्यवस्थापन एउटा संस्कृति पनि हो। सङ्गठनले अपनाएको संस्कृति र सङ्गठनमा आबद्ध मानिसको सांस्कृतिक व्यवहारले ज्ञान व्यवस्थापनलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ। सङ्गठनको संरचनाले ज्ञानको व्यवस्थापनमा प्रभाव पार्ने भएकाले सङ्गठनको संरचनात्मक सुधार गर्नु पर्ने कुरामा जोड दिन्छ।
ज्ञान व्यवस्थापनले समकालीन अनुसन्धानकर्ताहरूको ध्यान आकर्षण गरेको छ। पछिल्लो समयमा धेरै जसो सङ्गठनहरूले यसलाई तुलनात्मक लाभको व्यवस्थापकीय विधिको रूपमा लिन थालेका छन्‌। ज्ञानको उच्चतम प्रयोगद्वारा सङ्गठनात्मक लक्ष्य हासिंल गर्नु नै ज्ञान व्यवस्थापनको मुख्य लक्ष्य हो। उपयुक्त व्यक्तिलाई उपयुक्त समयमा उपयुक्त सूचना प्रदान गरेर विवेकपूर्ण र प्रभावकारी निर्णय निर्माणमा सघाउ पुच्याउनु ज्ञान व्यवस्थापनको उद्देश्य हो। यसबाट सेवा प्रदायकलाई दक्ष बनाउँदै सेवा प्रवाहमा गुणस्तर बढाउन सहयोग पुग्दछ। यसले ज्ञानको प्राप्ति, सिर्जना, आदानप्रदानको प्रक्रिया र यस्तो प्रक्रियाको सांस्कृतिक र प्राविधिक आधारमा जोड दिन्छ।

ज्ञान व्यवस्थापन सङ्गठनको निरन्तर प्रक्रिया हो। हरेक सङ्गठनले आफ्नो लक्ष्य प्राप्तिका लागि ज्ञानको सिर्जना गर्ने र उपयोग गर्ने आफ्नै रणनीतिको विकास गर्ने गरेको पाइन्छ। ज्ञानको व्यवस्थापनबाट व्यवस्थापकीय लागत घट्छ, उत्पादकत्व अभिवृद्धि हुन्छ, नव प्रवर्तनको गति द्वृततर हुन्छ र सङ्गठनको नयाँ कामको बिकास हुन्छ। यसका साथै जोखिम न्यूनीकरण गर्न, सङ्गठनलाई परिवर्तनप्रति जवाफदेही बनाउन, नागरिक सन्तुष्टि बढाउन, सेवाको गुणस्तर बढाउन र सङ्गठनात्मक बिकासमा सकारात्मक योगदान बढाउनसमेत मदत पुच्याउँदछ।

३. सैद्धान्तिक ज्ञान व्यवस्थापनको दृष्टिकोण

व्यवस्थापनविद्हरूले सन्‌ १९७० देखि ज्ञान व्यस्थापनको अवधारणा प्रकाशमा ल्याएको पाइन्छ। सन्‌ सत्तरीको दशकमा पिटर ड्रकरले सूचना र ज्ञानलाई सङ्गठनको महत्त्वपूर्ण स्रोतको रूपमा व्याख्या गरे | पेटर सेनेजले सिकारु सङ्गठनको अवधारणा प्रकाशमा ल्याए। चापरल स्टिलले कम्पनीको व्यावसायिक बिकासका लागि ज्ञान व्यवस्थापनको रणनीति बिकास गर्नुपर्ने अभिमत व्यक्त गरे। ज्ञान व्यवस्थापनका क्षेत्रमा गरिएका यस प्रकारका व्याख्याले सन्‌ असीको दशकमा ज्ञानलाई प्रतिस्पर्धात्मक क्षमता बढाउने स्रोतका रूपमा लिन थालियो र हरेक सङ्गठनले यसलाई व्यवस्थापनको मुख्य औजारको रूपमा प्रयोग गर्न थाले।

ज्ञानको निर्माण र प्रयोगका सम्बन्धमा केही सैद्धान्तिक दृष्टिकोणहरू छन्‌। ज्ञान व्यवस्थापनको सम्बन्धवादी दृष्टिकोणले ज्ञान र ज्ञानको सर्जकबिच प्रत्यक्ष सम्बन्ध हुने मान्यता राख्दछ। यस दृष्टिकोणका अनुसार ज्ञान निर्माणका लागि आवश्यक सूचना आन्तरिक र बाह्य वातावरण दुवैबाट प्राप्त हुने गर्दछ। सङ्गठनमा उपलब्ध सूचनाको सामाजिक अन्तरक्रियाबाट ज्ञानको निर्माण हुने गर्दछ।
अभ्यास, दोहोरो विश्वास, पारस्परिक आदर र सूचनाप्रति परिचित सम्बन्धले ज्ञान निर्माणमा सहजता गर्दछ। ज्ञान निर्माण र प्रयोगका लागि व्यक्तिको मानसिक अवस्थिति, सङ्गठनको संरचना र सञ्चार प्रणाली र सङ्गठनको आन्तरिक र बाह्य सम्बन्धले प्रत्यक्ष प्रभाव पार्दछन्‌।
ज्ञान व्यवस्थापनको रूपान्तरणको दृष्टिकोणले अन्तरनिहित ज्ञानलाई बाह्य ज्ञानमा र बाह्य ज्ञानलाई निंहित ज्ञानमा परिवर्तन गर्न सकिने मान्यता राख्दछ। यस दृष्टिकोणका अनुसार ज्ञानको सिर्जना, समाजिकीकरण र आन्तरिकीकरणमा व्यक्तिको भूमिका महत्त्वपूर्ण हुने गर्दछ। ज्ञानको बाह्य प्रसार र प्रयोगमा सामाजिक समूहले योगदान गर्दछन्‌। मस्तिष्क मन्थन र ज्ञानको पत्रकारिताबाट अन्तरनिहित ज्ञानको विकास गर्न सकिन्छ।

ज्ञानको बोधको दृष्टिकोणले ज्ञानको निर्माण हुनु अघि ज्ञानको बोध हुनु पर्दछ भन्ने मान्यता राख्दछ। ज्ञान निर्माणको निर्णय हुनुअघि भएको विषयको बोध हुनु जर्री छ। यस्तो बोधको प्रक्रियामा व्यक्तिले गर्ने छनौट र व्यक्तिगत धारणा निर्माणले महत्त्वपूर्ण प्रभाव पार्दछन्‌। धारणा निर्माण हुनुअघि सूचनाको वास्तबिक चित्राड्डन हुनु अनिवार्य मानिन्छ जसबाट उपयुक्त ज्ञानको निर्माण गर्न सकिन्छ। त्यसै गरी ज्ञानको निर्माण र प्रयोगका सम्बन्धमा बिगतको दृष्टिकोण ज्ञानको आन्तरिकीकरणमा (१९९३) केन्द्रित छ । उनका अनुसार ज्ञानको आन्तरिकीकरणको स्तर व्यक्तिगत ज्ञान र सार्वजनिक ज्ञान दुवैबाट प्रभावित हुने गर्दछ। ज्ञानको निर्माण र्‌ आन्तरिकीकरणमा सञ्जालको पनि अर्थपूर्ण भूमिका रहने गर्दछ। ज्ञानको उपयुक्त चित्राङ्ढन नभएको अवस्थामा र आदानप्रदानको प्रवृत्ति नभएको अवस्थामा ज्ञानको
प्रभावकारी व्यस्थापन हुन सक्दैन |

त्यसैगरी ज्ञान व्यवस्थापनको बौद्धिक समायोजनको दृष्टिकोणले ज्ञान निर्माणमा जैबिक प्रक्रियालाई जोड दिइन्छ। यस दृष्टिकोणका अनुसार व्यक्ति निर्णयको निर्माणकर्ता र कार्य सञ्चालनकर्ता दुवै भएकाले ज्ञान निर्माणमा व्यक्तिको भूमिका प्रधान हुने गर्दछ। ज्ञान निर्माणमा समाजले सहयोगी र साझेदारको भूमिका निर्वाह गर्दछ। एकता र उद्देश्यप्रतिको बोधले ज्ञान निर्माणमा प्रत्यक्ष प्रभाव पार्दछन्‌। तर व्यवस्थापकीय आदेशले पनि ज्ञान निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ।

४. सार्वजनिक प्रशासन र ज्ञान व्यवस्थापन अभ्यास

सार्वजनिक प्रशासन त्यस्तो संरचना हो जसले स्थापित कानुन प्रक्रिया र मूल्यको अनुपालना गरी नागरिकलाई गुणस्तरीय सेवा प्रबाहको जिम्मेवारी पाएको हुन्छ। यो हरेक समाजको लागि उत्तिकै महत्त्वपूर्ण छ तर जटिल, तहगत र प्रक्रियामुखी हुने भएकाले आफ्नो जिम्मेवारी निर्वाहमा आलोचित पनि छ। आफ्नो जटिल संरचना र गहन जिम्मेवारीबिच सन्तुलन गर्दै स्रोतको परिचालनमार्फत प्रभावकारी रूपमा गुणस्तरीय सेवा प्रवाह गर्नु सार्वजनिक प्रशासनको आजको दायित्त्र हो। यो दायित्व निर्वाह गर्न सार्वजनिक प्रशासनले आफ्नो बौद्धिक पुँजीको परिचालन गर्नु अनिवार्य र अपरिहार्य छ जुन ज्ञान व्यवस्थापनको अभ्यासले सम्भव हुने देखिन्छ।

सूचना प्रविधिको व्यापक प्रभावका कारण वर्तमान समय प्रतिस्पर्धीका लागि मात्र उपयुक्त बनेको छ। विश्व समुदायमा प्रतिस्पर्धा गर्नसक्ने सङ्गठनहरू मात्रै क्रियाशील हुनसक्ने अवस्था सिर्जना भएको छ। यस सन्दर्भमा सार्वजनिक प्रशासनले ज्ञान व्यवस्थापनको अभ्यासबाट आफूलाई प्रतिस्पर्धी बनाउन सक्दछ। सङ्गठनलाई आवश्यक र उपयुक्त अनि वास्तविक सूचनाको पहिचान गर्न, त्यस्तो सूचनाबाट सान्दर्भिक ज्ञान सिर्जना गर्न र ज्ञानको परिचालन गर्न सक्ने दक्षताको विकास गर्न सार्वजनिक प्रशासनको लागि ज्ञान व्यवस्थापन जरूरी छ। वर्तमान अवस्थामा ज्ञान व्यवस्थापन सङ्गठनात्मक बिकासको अभिन्न अङ्ग बनेको छ र यसले सङ्गठनका लागि नयाँ अवसरको सिर्जना गर्न, विद्यमान चुनौती र जोखिमको सम्बोधन गर्न र सकारात्मक संस्कृति बिकास गर्न सघाउ पुन्याएको छ।

सार्वजनिक प्रशासनलाई आफ्नो प्रभावकारिता बढाउन आन्तरिक र बाह्य दबाब छ। निजी क्षेत्रको बढ्दो दक्षताको दबाबमा रहेको सार्वजनिक प्रशासनलाई परिणामबाटै आफ्नो औचित्य देखाउनु पर्ने अवस्था विद्यमान छ। आन्तरिक दक्षता र्‌ नब प्रवर्तनमार्फत आफ्नो कार्यप्रणालीमा सुधार गरी अनिवार्य  उत्तरदायित्वलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी छ। जोखिमप्रतिको बढ्दो संवेदनशीलतालाई आन्तरिकीकरण गर्न, तर्कमा आधारित नीति निर्माण प्रक्रियालाई संस्थागत गर्न, कर्मचारीको बदलिँदो जनसाङ्खिकीलाई सम्बोधन गर्न र प्रतिभा व्यवस्थापन गर्नसमेत सार्वजनिक प्रशासनले आफ्नो व्यवस्थापकीय बिधिमा ज्ञान व्यवस्थापनलाई अनिवार्य अवलम्बन गर्नुपर्ने अवस्था छ।

त्यसैगरी सार्वजनिक प्रशासनको क्षेत्रमा देखिएका निरन्तर र बदलिँदा राष्ट्रिय र अन्तराष्ट्रिय चुनौती सम्बोधन गर्न, सार्वजनिक प्रशासनलाई नवीकरण गर्न, सार्वजनिक प्रशासनलाई निरन्तर सिंकाइको सङ्गठन बनाउन ज्ञान व्यवस्थापन आवश्यक छ। यसका साथै सार्वजनिक प्रशासनलाई सामाजिक बिकासको केन्द्र बनाउन र व्यावसायिक, दक्ष र प्रतिभावान्‌ कर्मचारीको टिकाउपना सुनिश्चित गर्न ज्ञान व्यवस्थापन व्यवस्थापकीय औजारका रूपमा प्रयोग गर्नु पर्ने स्थिति छ। सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापनको महत्त्व बढ्नुका केही खास दबाब रहेका छन्‌ जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ:-

१. संरचनात्मक सुधारमार्फत सार्वजनिक प्रशासनको दक्षता अभिवृद्धि गरी यसले अपनाउने प्रक्रियामा प्रभावकारिता ल्याउनु पर्नेछ ।

२. सेवा प्रवाहका असल अभ्यासको अनुसरण गरी तिनलाई संस्थागत गर्नु पर्नेछ।

३. ज्ञानको क्षयीकरणलाई न्यूनीकरण गरी ज्ञानको उन्नयन, अभिलेख र स्थानान्तरण गर्ने विशेषज्ञता भएको संस्थाका रूपमा स्थापित गराउनु पर्नेछ।

४. ज्ञानको प्रयोग गर्ने विशिष्ट क्षमता भएका मानव स्रोतको उपलब्धता र तिनीहरूमा सहकार्य तथा साझेदारी भावनाको विकासमार्फत आधुनिक व्यवस्थापकीय सिपको बिकास गर्नुपर्नेछ ।

५. नागरिकले अपेक्षा गरेको तुरुन्त जवाफदेही र समस्या समाधानमा आधारित सार्वजनिक प्रशासनको विकास गरी प्रक्रियामा जवाफदेही र्‌ परिणाममा केन्द्रित क्रियाशील संस्कृतिको बिकास गर्नु पर्नेछ।

सार्वजनिक प्रशासनमा ज्ञान उन्नयनको आकर्षण घट्दो छ। यसको प्रभाव क्षेत्र साँघुरिँदै गएको छ र सामाजिक सम्बन्ध पनि अपेक्षितरूपमा विकास हुन सकेको छैन। प्रतिस्पर्धी क्षमताको कमीले आफ्नो उपस्थितिको सार्थकता प्रमाणित गर्न कठिन बनेको छ। व्यवस्थापकीय कौशल र नवीन प्रबिधिको प्रयोग गर्नसक्ने र कम लागतमा गुणस्तरीय सेवा प्रवाह गर्ने प्रणाली स्थापित गर्न सकिएको छैन। यी सबै समस्याको समाधान गरी सार्वजनिक प्रशासनको गरिमालाई थप उँचो बनाउन ज्ञान व्यवस्थापन अपरिहार्य बनेको छ। सार्वजनिक प्रशासनमा ज्ञानको व्यवस्थापनले सार्वजनिक सङ्गठनको आन्तरिक क्षमता अभिवृद्धि हुन्छ जसका कारण परिणामको गुणस्तरीयता बढ्न गई नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्दछन्‌।

ज्ञान व्यवस्थापनले सार्वजनिक प्रशासकमा समायोजन हुनसक्ने खुबीको विकास गर्दछ। व्यवस्थापनको आधुनिकिकरण गर्न सक्ने दक्षता, र सामाजिक आवश्यकताको गुणस्तरीय सम्बोधन गर्नसक्ने सिपको बिकास हुन्छ। सार्वजनिक स्रोतको पारदर्शी प्रयोग गर्ने, आधुनिक प्रविधिको प्रयोग गरी सामाजिक प्रभावकारिता बढाउने, अवैयक्तिक र नैतिक जिम्मेवारी केन्द्रमा राखे तथा एकीकृत व्रिधिको उपयोग गरी ज्ञानको सिर्जना, आदानप्रदान र उपयोगमार्फत सङ्गठनात्मक विकासमा सकारात्मक योगदान दिनसक्ने बौद्धिक क्षमतासमेत बिकास गर्न सकिन्छ। तसर्थ सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापनको अनिवार्य अभ्यासमा जोड दिन थालिएको छ।

सैद्धान्तिक रूपमा सार्वजनिक क्षेत्रले साङ्गठनिक विकासको लागि ज्ञान व्यवस्थापनलाई केन्द्रमा राख्ने गरिए तापनि यसको अभ्यास भने त्यति सहज देखिँदैन। ज्ञानको व्यवस्थापनमा आन्तरिक र बाह्य पक्षहरूले प्रभाव पार्ने गर्दछन्‌। ज्ञानको पर्याप्तता, सही र वस्तुपरक सूचना, सङ्गठनात्मक संस्कृति र प्रोत्साहन, व्यक्तिगत उत्प्रेरणा, आन्तरिक नीति र प्रणालीका साथै सहयोगी संरचनाले ज्ञान व्यवस्थापनको अभ्यासमा प्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्दछन्‌। सङ्गठनात्मक सिंकाइको व्रिकास, कर्मचारीको पहिचान र योगदानको कदर अनि प्रविधिको सक्षमता ज्ञान व्यवस्थापनका आधारभूत तत्त्व हुन्‌।

सङ्घठनभित्र ज्ञान व्यवस्थापनको प्रक्रियामा मुख्यत: तथ्याङ्क, सूचना र ज्ञान गरी तीन ओटा पक्ष समेटिने गर्दछन्‌। तथ्याङ्कहरूको सङ्ग्रह र त्यसको सङ्गठित स्वरूपको निर्माणबाट सूचना बन्दछ। सूचनाको सङ्क्षेपीकरण र विश्लेषणबाट ज्ञान बन्दछ। ज्ञानको संश्वेषणबाट उपयुक्त निर्णय निर्माण गरिन्छ जसले गर्दा सङ्गठनको लक्ष्य प्राप्तिमा सघाउ पुग्दछ। यसर्थ ज्ञानको व्यवस्थापन गर्दा उल्लिखित पक्षहरूलाई ध्यान दिनु पर्दछ।

ज्ञान व्यवस्थापनको प्रक्रिया चरणबद्ध रूपमा हुने गर्दछ। पहिलो चरणमा ज्ञानको सिर्जना हुने गर्दछ। ज्ञान प्राप्तिका विभिन्न माध्यमद्वारा ज्ञानको सिर्जना हुन्छ। त्यो सिर्जित ज्ञानलाई दोस्रो चरणमा पहिचान दिने काम हुन्छ। तेस्रो चरणमा पहिचानयुक्त ज्ञानलाई समयानुकूल र परिवेशजन्य बनाउने कार्य हुन्छ। चौथो चरणमा ज्ञानको अभिलेखीकरण र भण्डारण गरिन्छ। पाँचौं चरणमा भण्डारण गरिएको ज्ञानको सान्दर्भिकता र एकरूपताको बारेमा पुनरावलोकन गर्ने कार्य हुन्छ। छैटौं चरणमा ज्ञानको आदानप्रदान हुन्छ, सबैका लागि उपलब्ध गराइन्छ र सङ्गठनात्मक समस्या समाधानका लागि प्रयोग गरिन्छ। यसरी ज्ञान व्यवस्थापनको चक्र पूर्ण हुन्छ र सङ्गठनात्मक लक्ष्य हासिलमा सहयोगी हुन्छ। कुनै पनि सङ्गठनलाई ज्ञान व्यवस्थापनको प्रभावकारी अभ्यासले सूचनाको पहिचान, छनौट, सङ्गठन, प्रदर्शन र स्थानान्तरण गर्ने कार्यमा दक्षता बिकास गर्दछ। समस्या समाधान, गतिशील सिकाइ, रणनैतिक योजना  निर्माण र निर्णय प्रक्रिया, बौद्धिक क्षमताको पुनर्योगबाट मूल्यको सिर्जना हुन जान्छ। ज्ञान व्यवस्थापनले सङ्गठनात्मक व्यवहार र अभ्यासमार्फत अवसरको व्यापकता, जोखिमको न्यूनीकरण र सङ्गठनात्मक कार्यवातावरणको सुधारमा योगदान गर्दछ। ज्ञानको व्यवस्थापनबाट सङ्गठनको दक्षता बढ्छ, कार्य
प्रणाली बिज्ञान र नव प्रवर्तनमा आधारित हुन्छ, नागरिक सेवा प्रवाह प्रणालीमा सुधार हुन्छ, सेवाको गुणस्तर वृद्धि हुन्छ र नागरिक सन्तुष्टिसमेत प्राप्त हुन्छ। ज्ञान व्यवस्थापनबाट साङ्गठनिक समस्याको तत्काल समाधान हुन्छ, लागत न्यूनीकरण हुन्छ, परिवर्तनसँग समायोजन हुने सिपको विकास हुन्छ र परिवर्तित मागप्रति संवेदनशील तथा जवाफदेही सङ्गठनात्मक व्यवहारको बिकास हुने गर्दछ ।

सार्वजनिक प्रशासनमा प्रभावकारी ज्ञान व्यवस्थापन गर्दा निम्न कुरामा ध्यान दिनु पर्दछः-

१. सङ्गठनात्मक रणनीति: ज्ञान सङ्गठनको शक्तिको महत्त्वपूर्ण स्रोतमा पर्दछ। ज्ञानको सिर्जना मान्ने मूल्यको बिकास गर्नु, आदानप्रदान र व्यवस्थापन गर्ने सङ्गठनात्मक रणनीति अङ्गीकार गर्नु प्रभावकारी ज्ञान व्यवस्थापनको पहिलो सर्त हो।

२. सङ्गठनात्मक संस्कृतिः सङ्गठनको संस्कृति ज्ञानमैत्री हुनुपर्दछ । सङ्गठनमा आबद्ध मानिसहरू परस्पर कसरी अन्तरक्रिया गर्दछन्‌? कस्तो सन्दर्भ र्‌ अवस्थामा ज्ञानको सिर्जना गरिन्छ? परिवर्तनप्रतिको सङ्गठनात्मक धारणा र दृष्टिकोण कस्तो छ? र बुझाइको आदानप्रदान कसरी गर्दछन्‌? भन्ने कुराले ज्ञान व्यवस्थापनमा ठुलो अर्थ राख्दछ। तसर्थ सङ्गठनात्मक संस्कृति उन्नयनमुखी, साझेदारी र सहकार्यमा आधारित र पारस्परिक अन्तरक्रियामा जोड दिने हुनुपर्दछ ।

३. सङ्गठनात्मक प्रक्रिया: सङ्गठनले अपनाउने कार्यप्रणाली, कार्यवातावरण र पद्धतिले समेत ज्ञान व्यवस्थापनलाई प्रभाव पार्दछ। सङ्गठनले अपनाउने व्यवस्थापकीय विधि र प्रणालीहरूले ज्ञानलाई केन्द्रमा राख्नुका साथै ज्ञानको अभ्यासका लागि प्रवर्द्धनात्मक वातावरणको सुनिश्चितता गरिनु पर्दछ।

४. व्यवस्थापन र नेतृत्व प्रभावकारी ज्ञान: व्यवस्थापनका लागि निपूर्ण र अनुभवी नेतृत्त्रको जरूरी हुने गर्दछ। ज्ञानको सिर्जना र्‌ प्रयोगमा उत्प्रेरणा गर्ने र्‌ ज्ञानको आदानप्रदानमा सहजीकरण गर्ने उन्नयनमुखी नेतृत्व विकासमा ध्यान दिनुपर्दछ। नेतृत्वको सबै तहमा ज्ञान व्यवस्थापनका बारे प्रशिक्षण दिई नेतृत्व स्व्यम्‌मा ज्ञान व्यवस्थापनलाई दैनिक क्रियाकलापमा अङ्गीकार गर्नसक्ने सिपको बिकास गर्नुपर्दछ ।

५. प्रविधि: ज्ञान व्यवस्थापनका आवश्यक प्रविधिको पर्याप्तता, सहज उपलब्धता र हस्तान्तरणको प्रक्रिया सरल हुनुपर्दछ। ज्ञानको सिर्जना र अभ्यास दुवैमा प्रबिधिको उल्लेख्य भूमिका रहने भएकाले उपयुक्त प्रविधिको बिकास, प्रवर्द्धन र उपयोग गर्ने कार्यमा सकारात्मक सङ्गठनात्मक संस्कृतिको बिकास गर्नुपर्छ । ज्ञान राजनीतिक पनि हुने भएकाले दिगो सार्वजनिक प्रशासनको नेतृत्त्र राजनीतिको ज्ञान व्यवस्थापनका लागि राजनीतिक प्रतिबद्धता जरुरी हुने गर्दछ । राजनीतिले ज्ञान व्यवस्थापनका लागि आवश्यक स्रोतको सुनिश्चितताका साथै नैतिक समर्थन र वैधता प्रदान गरेमा ज्ञान व्यवस्थापनको नियमित र प्रभावकारी अभ्यासमा सहजता हुने देखिन्छ।

५. नेपालको सन्दर्भ
नेपालको सार्वजनिक प्रशासनमा ज्ञान व्यवस्थापनको अवस्थालाई दुई ओटा पक्षबाट बिश्लेषण गर्न उपयुक्त हुन्छ। नीतिंगत पक्षबाट हेर्दा ज्ञान व्यवस्थापनलाई नेपालको सार्वजनिक प्रशासनले उपेक्षा गरेको देखिँदैन। योग्यतामा आधारित छनौट प्रणालीको अवलम्बनले नीतिगतरूपमा निजामती सेवा ज्ञानको अभ्यास गर्ने जनशक्ति प्राप्तिमा केन्द्रित रहेको स्पष्ट हुन्छ। त्यसैगरी जनशक्ति बिकासका विद्यमान नीतिगत व्यवस्था हेर्दा पनि नेपालको निजामती सेवाले ज्ञान व्यवस्थापनमा पर्याप्त ध्यान दिएको देखिन्छ।
सेवा प्रवाहमा प्रविधिको प्रयोगको नीतिले पनि ज्ञान व्यवस्थापनलाई केन्द्रमा नै राखेको पाइन्छ। यसरी नीतिगत रूपमा नेपालको सार्वजनिक प्रशासनले ज्ञान व्यवस्थापनलाई व्यवस्थापकीय औजारका रूपमा आन्तरिकीकरण गर्न खोजेको देखिन्छ। तर अभ्यासमा हेर्दा सार्वजनिक क्षेत्रमा ज्ञान व्यवस्थापनको अवस्था निकै कमजोर छ। ज्ञान
व्यवस्थापनको अवस्थाको बारे विस्तृत अध्ययन र अनुसन्धानको अभाव छ। ज्ञान सिर्जनाको लागि जरूरी तथ्याङ्क र सूचनाको सङ्कलन र भण्डारण अत्यन्त कमजोर छ। ज्ञान निर्माणमा प्रत्यक्ष संलग्न व्यक्तिमा अपेक्षित दक्षता छैन र्‌ सामाजिक योगदान पनि अपेक्षित रूपमा प्राप्त गर्न सकिएको पाइँदैन ।
सङ्गठनात्मक संस्कृति ज्ञानमैत्री छैन। ज्ञानको आदानप्रदान गर्ने संस्कृति र सङ्गठनको सिकारु प्रकृतिको बिकास हुन सकेको छैन। सैद्धान्तिक रूपमा ज्ञान व्यवस्थापनलाई व्यवस्थापकीय औजारको रूपमा लिने गरेको भए तापनि अभ्यासमा यसको प्रयोग गर्ने इच्छाशक्तिको कमी छ। राजनीतिक र व्यवस्थापकीय उच्च नेतृत्वमा यसप्रति इमान्दार प्रतिबद्धता देखिँदैन। बौद्धिक पुँजीको रूपमा जनशक्तिलाई लिएको पाइँदैन जसका कारण ज्ञानमा आधारित सेवा प्रबाह गर्नसक्ने जनशक्तिको बिकासमा संस्थागत चासो पनि पटक्कै पाइँदैन ।
यस्तो अवस्था हुनुका पछाडि केही कारणहरू छन्‌। पहिलो कारण, ज्ञान व्यवस्थापनको बुझाइसँग सम्बन्धित छ। सङ्गठनात्मक स्रोत र साधनमा ज्ञानलाई उच्च प्रार्थमिकतामा राखिँदैन। ज्ञानप्रतिको सकारात्मक धारणाको बिकास गर्न सकिएको छैन। ज्ञान व्यवस्थापनका बारेमा समान धारणाको व्रिकास नहुनु पनि समस्याका रूपमा रहेको छ। उच्च व्यवस्थापकीय नेतृत्वमा ज्ञानप्रति गहिरो र सकारात्मक धारणा भए तापनि यसको प्रभावकारी सञ्चारको कमीका कारण सङ्गठनमा आबद्ध सबै कर्मचारीहरूमा ज्ञानको महत्त्व र प्रयोगका बारेमा गहिरो बुझाइ र सिपको बिकास हुन सकेको छैन।
ज्ञान व्यवस्थापनको अभ्यासलाई संस्थागत गर्न नसक्नु अर्को महत्त्वपूर्ण कारण हो। सार्वजनिक निकायहरूमा सूचनाको पर्याप्त सङ्कलन, उपयुक्त विश्लेषण र निर्णय निर्माणमा सूचनाको प्रयोग गर्ने परम्परा स्थापित भएको छैन। कर्मचारीहरूमा ज्ञान निर्माणमा महत्त्वपूर्ण योगदान गर्ने दक्षता नहुनु, आन्तरिक समन्वय र सञ्चारको कमी हुनु, ज्ञान व्यवस्थापनका लागि आवश्यक प्रविधिको उपलब्धता र प्रयोगको सुनिश्चितता अपेक्षित रूपमा नहुनु जस्ता कारणले ज्ञान व्यवस्थापन संस्थागत हुन सकेको छैन।

त्यसै गरी बाह्य सम्बन्ध सकारात्मक नहुनु र ज्ञान व्यवस्थापनमा नागरिक योगदानको कमी हुनुले पनि प्रभावकारी रूपमा ज्ञान व्यवस्थापनको अभ्यास हुन सकेको छैन । नेपालको निजामती सेवाको सामाजिक अन्तरक्रिया र्‌ नागरिक सहकार्य कमजोर भएका कारण ज्ञानको निर्माण, त्यसको स्वीकार्यता, वैधता र प्रयोगको श्रङ्खूलामै असर परेको छ। दोहोरो जवाफदेहीताको कमीका कारण ज्ञानको आदानप्रदान र प्रयोगमा पारस्परिक योगदानको अवस्था सुनिश्चित गर्न नसक्नु पनि कमजोर ज्ञान व्यवस्थापनको कारण बन्न पुगेको छ।

ज्ञानको व्यवस्थापन गर्ने कार्य जटिल र चुनौतीपूर्ण छ र यसको लागि उच्च बौद्धिक क्षमता भएको मानव स्रोतको उपलब्धता अनिवार्य हुन्छ। नेपालको निजामती सेवामा मानिसको बौद्धिक क्षमता विकासलाई रणनैतिक महत्त्वका दृष्टिले हेरिँदैन, ज्ञानमा आधारित मानव स्रोत विकासलाई प्राथमिकता दिने गरिँदैन र ज्ञानको सिर्जना, आदानप्रदान र उपयोगका बिभिन्न चरणमा उत्प्रेरणा र प्रोत्साहनको व्यवस्था छैन। फलस्वरूप बौद्धिक पुँजीको प्रभावकारी परिचालनसमेत गर्न नसकिएको अवस्था विद्यमान छ। नेपालको निजामती सेवामा ज्ञान व्यवस्थापनको उत्कृष्ट अभ्यासमा केही चुनौती पनि छन्‌। ज्ञानमा आधारित सङ्गठनात्मक संस्कृतिको विकास गर्नु प्रमुख चुनौतीको रूपमा रहेको छ। सङ्गठनलाई निरन्तर सिकाइमा आधारित बनाउने, सूचनालाई केन्द्रमा राखी निर्णय निर्माण गर्ने परम्परालाई स्थायी बनाउने तथा सङ्गठनमा निहित ज्ञान र बाह्य ज्ञानबिच सामञ्जस्य कायम गरी ज्ञानको दायरा बृहत्तर र सामाजिक वैधता कायम गर्नु पनि चुनौतीका रूपमा रहेका छन्‌। त्यसै गरी सामाजिक प्रवृत्तिमा परिवर्तन ल्याई ज्ञान निर्माणमा नागरिकको योगदान बढाउने, ज्ञानमा आधारित सङ्गठन बनाउने र ज्ञान व्यवस्थापनको अभ्यासमा क्रियाशील जनशक्तिलाई निरन्तर प्रोत्साहन गरी उनीहरूको टिकाउपन बढाउनु पनि चुनौतीपूर्ण देखिएको छ।

माथि उल्लिखित समस्या र चुनौतीहरूको सम्बोधन गरी ज्ञान व्यवस्थापनको प्रभावकारी अभ्यासमार्फत सार्वजनिक सेवा प्रवाहलाई नागरिककेन्द्रित गर्नु अहिलेको प्रमुख व्रिषय हो । यसका लागि निजामती सेवामा निरन्तर ज्ञानको परीक्षण गरिनु पर्दछ। ज्ञानको अन्तर विश्लेषण गरी आन्तरिक र बाह्य ज्ञानबिच सामञ्जस्यता कायम गर्न सामाजिक अन्तरक्रियाको ढाँचालाई नवीनतम र फराकिलो बनाउनु पर्दछ। ज्ञान व्यवस्थापनको रणनैतिक मार्गचित्र बनाई यसको अभ्यासलाई निजामती सेवाका सबै तहहरूमा अनवार्य रूपमा लागु गरिनुपर्दछ। नव प्रवर्तन र सङ्गठनको संरचनाबिचको सन्तुलन कायम गरी ज्ञानको सिर्जना र व्यवस्थापन दुवैमा अब्बल दक्षता भएका मानव स्रोतको विकासमा ध्यान दिनु पर्दछ। यसबाट निजामती सेवाको संरचना, आन्तरिक कार्य प्रणाली, सेवा प्रवाह र बाह्य सम्बन्ध सबैमा सुधार हुनुका साथै विद्यमान समस्याको समेत सहज र सरल सम्बोधन हुन सक्दछ। 

६. निष्कर्ष

साङ्गठनिक लक्ष्य प्राप्तिका लागि व्यवस्थापकीय कौशललाई ज्ञानमा आधारित बनाउनु नै ज्ञान व्यस्थापन हो। ज्ञान व्यवस्थापन बहुपक्षीय बिषय हो, यो चरणबद्ध हुनाका साथै बौद्धिक प्रक्रिया हो र आधुनिक व्यवस्थापकीय औजार हो। सङ्गठनका लागि आवश्यक ज्ञानको निर्माण र त्यसको प्रयोगको उपयुक्त र अनुकूल बातावरण सिर्जना गर्नु ज्ञान व्यवस्थापनको उद्देश्य हो। ज्ञान व्यवस्थापनका बिभिन्न उपागमहरू छन्‌ तर तिनको प्रयोगमा सङ्गठनको रणनीति, आन्तरिक दक्षता, बाह्य सम्बन्ध, प्रबिधि र्‌ राजनीतिक तथा सामाजिक संस्कृतिले प्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्दछन्‌।

नेपालको सार्वजनिक प्रशासनको सन्दर्भमा नीतिगत रूपमा ज्ञान व्यवस्थापनलाई प्रभावकारी रूपमा सम्बोधन गरी यसको प्रयोगमा जोड दिएको देखिए तापनि सङ्गठनभित्र यसको प्रयोग भने प्रभावकारी रूपमा भएको पाइँदैन। यस्तो अवस्था हुनुमा ज्ञान व्यवस्थापनप्रतिको बुझाइको गहिराइ कम हुनु, ज्ञान व्यवस्थापनका लागि आवश्यक प्रविधिको उपलब्धतामा कमी, कमजोर आन्तरिक दक्षता, ज्ञानको आदानप्रदानको संस्कृति नहुनु, बाह्य सम्बन्ध सकारात्मक नहुनुका साथै ज्ञानको व्यवस्थापन र प्रयोगमा नागरिक योगदानको कमी मुख्य रूपमा जिम्मेवार देखिन्छन्‌। निजामती सेवामा प्रभावकारी रूपमा ज्ञान व्यवस्थापनको प्रयोगका लागि संरचनात्मक रूपान्तरण, निरन्तर ज्ञानको परीक्षण, साङ्गठनिक मूल्यमा परिवर्तन, मानव स्रोतको दक्षता विकास गर्नुका साथै सूचना व्यवस्थापन प्रविधिको प्रयोगको सुनिश्चिता हुनु पर्ने देखिन्छ।

सन्दर्भ सामग्री

Buckova, J. (2015). Knowledge Management in Public Administration Institution. Retrieved from www.sciencedirect.com.

Choo, C.W. (2002). Information Management for the Intelligent Organization: The Art of Scanning the Environment. (3 ed.). Information Today.

Dalkir, K. (2011). Knowledge Management in Theory and Practice. Cambridge. The MIT Press.

Maier, R. (2007). Knowledge Management Systems: Information and Communication Technologies
for Knowledge Management. Springer Science & Business Media

Strakos, J.K. & Huscroft, J.R. (2016). Department of Defence Energy Policy and Research: a framework to support Strategy. Energy Policy retrieved from
http://dx.doi.org/10.18361/2176-8366/rara. v6n3

Urpia, A. G. B. C., Sartori, R. & Machado, C. P (2020). The practice of Knowledge Management in Organizational Process of the town hall of the AWUSEP — Region a Research Agenda. Retrieved from _https://doi.org/10.1590/0104- 530X4669-20

Wiig, K. M. (2010). Knowledge Management in Public Administration. Journal of Knowledge Management, 6 (3) 224-239.

Young, R. (2010). Knowledge Management: Tools and Techniques Manual. Asian Productivity Organization
Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post